Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
नेपाली
सामाजिक संजालमा ड्रागन फ्रुट सम्बन्धी एउटा सामग्री पोस्ट गरिएको छ । अन्यायको बिरोधी शिव नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा ड्रागन फ्रुटलाई क्यान्सर प्रतिरोधात्मक फलका रुपमा परिचित गराइएको छ ।
ड्रागन फ्रुट फुलेको दृश्य राखिएको उक्त सामग्रीमा उक्त क्याप्सन राखिएको छ । उक्त क्याप्सनमा भनिएको छ- ‘यो फलको नाम ड्रागन फ्रुट हो ! यो फलले कुनै रोगलाई असर गर्दैन क्यान्सर प्रतिरोधात्मक फल हो यो । राति मात्र फुल्छ तेसैले रात कि रानी पनि भनिन्छ !’
नेपालमा ड्रागन फ्रुटले क्यान्सर निको पार्ने चर्चा छ । यही चर्चाकै कारण हामीले ड्रागन फ्रुटले क्यान्सर निको पार्छ कि पार्दैन भन्ने विषयमा प्रस्तुत सामग्री तयार पारेका हौँ ।
ड्रागन फ्रुट मेक्सिको र मध्य अमेरिकामा पाइने क्याक्टस प्रजातिको फल हो । पछिल्लो समय यो बिरुवा उब्जाउने ट्रेन्ड संसारभर बढेको छ । किवी र नाशपातीको मिश्रित स्वादका कारणले गर्दा मानिसहरूले यो फललाई मुख्य रूपमा मन पराएको देखिन्छ ।
ड्रागन फ्रुट एक राम्रो आहार केमोप्रेभेन्टिभ पूरक हुन्छ, जसले क्यान्सर कोशिकाहरूको फैलावट कम गर्नसक्ने उपलब्ध वैज्ञानिक प्रमाणहरूले बताएका छन् । तर कुनै पनि अनुसन्धानले शरीरभित्र रहेका क्यान्सर कोशिकाको फैलावटलाई ड्रागन फ्रुटले रोक्न सक्छ भन्ने विषयमा ब्याख्या गरेका छैनन् । साथै, क्यान्सर औषधिको रूपमा यसलाई सेवन गर्नुपर्ने कुरा कुनै पनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन ।
क्यान्सरको पूर्ण उपचार भनेको क्यान्सर कोशिकाहरूलाई मार्ने, तिनीहरूको गुणन रोक्ने र नयाँ क्यान्सर कोशिकाहरूको संयोजनलाई रोक्ने हो । उपलब्ध प्रमाणहरू अनुसार ड्रागन फ्रुटको सेवनले क्यान्सर सफलतापूर्वक निको हुने देखिँदैन । धेरै ड्रागन फ्रुट खाँदा हुने सम्भावित साइड इफेक्टहरूबारे समेत हामीले खोजबिन गर्यौँ । ड्रागन फ्रुट धेरै सेवन गर्दा एलर्जी हुने, जिब्रो सुन्निने, बान्ता हुन सक्ने उपलब्ध प्रमाणले देखाएका छन् ।
अर्कोतर्फ मानिसको आहारले क्यान्सरको जोखिमलाई १०-२० प्रतिशत कम गर्नसक्ने अनुसन्धानले देखाएका छन् । विभिन्न वातावरणीय, व्यावसायिक र जीवनशैली जोखिम कारकहरूले भविष्यमा क्यान्सरको जोखिम बढाउँछन्, जुन आहारबाट प्रभावित हुन सक्छ वा नहुन सक्छ।
नेशनल क्यान्सर इन्स्टिच्युट (एनसीआई)का अनुसार धेरै कारणहरूले मानिसको शरीरमा क्यान्सरको विकास हुने गर्दछ । यसमा संक्रमणको मात्रा, अवधि र व्यक्तिको वंशानुगत पृष्ठभूमि पनि जोडिएको हुन्छ । अनैच्छिक संक्रमणका कारण हुने क्यान्सरहरूले प्रायः निश्चित जनसंख्याको उपसमूहलाई मात्र असर गर्दछन् ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]