Saturday, April 27, 2024
Saturday, April 27, 2024

Home 2021 December

Monthly Archives: December 2021

‘बुद्ध एयरको विमान दुर्घटना’ भन्दै टिकटकमा फैलाइयो ब्राजिलको भिडियो

काठमाडौँबाट उडेको विमान दुर्घटना भएको दाबी गर्ने एउटा सामग्री सामाजिक संजालमा फैलिरहेको छ । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको उक्त सामग्रीमा विमान दुर्घटना भएको दृश्य देख्न सकिन्छ । अर्जुन बस्नेत अफिसियल नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा बुद्ध एयरकाे विमान दुर्घटनामा परेको दाबी...

गृह मन्त्रालयका नाममा भ्रामक सूचना फैलिएपछि…

बुधबार दिउँसो एउटा लेखोटलाई ‘गृह मन्त्रालयबाट जारी भएको सूचना’भन्दै सामाजिक संजालमा फैलाइयो । उक्त लेखोट तमू ल्होसारसँग सम्बन्धित थियो । नेपाल सरकार गृह मन्त्रालयले बिहीबार (पुस १५) परेको  ‘तमू ल्होसारमा सार्वजनिक बिदा दिएको’ व्यहोरा लेखोटमा उल्लेख छ ।  गृह मन्त्रालयको लेटरप्याडमा हस्ताक्षरसहित जारी सूचनाको विषय...

विमान दुर्घटना भएको भन्दै भ्रामक सामग्री फैलाइयो, २५ जनाको निधन भएको दाबी

राजधानीबाट धनगढीका लागि उढेको विमान दुर्घटना भएको दाबीसहितका सामग्री सामाजिक संजालमा भेटिएका छन् ।शुभेश्वर कुमार यादव नामक टिकटक आइडीमा एउटा समाचारको स्क्रिनसट पोस्ट भएको छ । जसमा राजधानीबाट धनगढीका लागि उढेको विमान दुर्घटना भएकाे जानकारी दिइएको छ । लेखिएको छ,‘भर्खरै राजधानीबाट धनगढीका लागि उडेको...

लमजुङको अडियाेमा भारतको घटना राखेर बनाइयो भ्रामक भिडियो, घटना ‘काठमाडौँकै हो’ भन्ने दाबी

दुईवटा भिडियो सामाजिक संजालमा भेटिएका छन् । जसमा जंगली जनावर शहरमै आइपुगेको र घरपालुवा जनावरमाथि हमला गरेको दृश्यहरू देखाइएको छ । चितुवाले कुकुरमाथि हमला गरेका यी दृश्यहरू काठमाडौँमै घटेको घटना भएको भिडियोमा दाबी गरिएको छ ।   पाँच दिनअघि सुरेश सिंह नामक टिकटक आइडी प्रयोगकर्ताले ‘कृपया...

‘चिच्याइदिने’ धम्की दिँदै युवतीले गाडी चालकलाई लुट्न खोजिन्, के यो घटना वीरगंज-रक्सौलमा घटेको हो ?

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको एउटा दाबीले ध्यान खिच्यो । सहजादा जैन नामक आइडीमा भेटिने भिडियोलाई अग्रेजी भाषामा ‘वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड’ भन्दै चिनाइएको छ । लिफ्ट मागेर गाडीभित्र बसेकी एक युवतीले चालकलाई आफूसँग भएको सबै कुरा दिन धम्की दिइरहेकी हुन्छिन् र...

पुरानो ‘समाचार अडियो’सँगै सामाजिक संजालमा भ्रम फैलियो, ‘देशभरका विद्यालय बन्द हुने’ दाबी

एउटा सूचनाजन्य अडियो पछिल्लो समय टिकटक प्रयोगकर्ताहरुमाझ फैलिरहेको छ । अडियोमा ‘देशभरका विद्यालय बन्द हुने’ दाबी गरिएको छ । उक्त अडियोमाथि टिकटक प्रयोगकर्ताले आफूले खिचेको भिडियो राख्दै सेयर गरिरहेका छन् । एक दिनअघि सन्देश देवकोटा नामक टिकटक आइडीबाट सोही अडियोसहितको भिडियो पोस्ट भयो । उक्त...

घरभित्रै चितुवा पसेर कुकुर लगेको भिडियो भाइरल, घटना कहाँको हो ?

घरभित्र चितुवा पसेर कुकुर लगेर गएको भिडियो पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा नेपालको राजधानी काठमाडौँमा चितुवा देखिएको र घरबाटै कुकुर उठाएर लगेको दाबी गरिएको छ । भिडियोमा एउटा घरको दृश्यमा आधारित छ जहाँ कुकुर भुकिरहेको देखिन्छ । केही बेरमै घरको...

के नारायणगढ-मुग्लिन सडकमा ‘कुहिरो’का कारण पहिरो गएको हो ?

मंगलबार बिहान टिकटकमा पोस्ट भएको एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । सडकमा पहिरो गएको र गुडिरहका गाडी च्यापिएको दृश्य भिडियोमा देखिन्छ । आशिक कुमार नामक टिकटक आइडीबाट पोस्ट भएको उक्त भिडियोमा यो घटना बिहिबार घटेको दाबी गरिएको छ । भिडियोमा सडकमा पहिरो गएको देखिन्छ...

‘महाधिवेशनमा गोली चलेको’ दाबीसहितका भिडियो/अडियो भाइरल

‘महाधिवेशनमा गोली चलेको’ दाबी गर्ने भिडियोहरू सामाजिक संजालमा फैलिरहेका छन् । अधिकांश भिडियोहरूमा एउटा सूचनामूलक अडियो चलाइएकफ छ । नोभेन्बर ३० मा एक टिकटक प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा एक भिडियो राख्दै लेखे,‘शान्तिपूर्ण माहाधिवेशनलाई कांग्रेसले भ्रम फैलाको छ, झुटको खेती गर्न कति जानेको ।’  गोली चलेको समाचार...

के हो बाँको वनस्पति ? के बाँकोको गानो सेवनले पायल्स ठिक हुन्छ ?

पायल्स रोग निको हुने दाबीसहित बाँकोको गानो (मकै शर्पको गानो) देखाइएका भिडियोहरू पछिल्लो समय सामाजिक संजालमा  फैलिरहेका छन् । एक दिनअघि स्वार्ग नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा ‘पायल्सको पीडित’ महिलालाई ‌‌औषधीका रुपमा बाँकोको नागाको एक टुक्रा दिइएको छ । अहिले टिकटकमा फैलिरहेको उक्त भडियोमा...