Monday, January 20, 2025
Monday, January 20, 2025

Home 2024

Yearly Archives: 2024

Fact Check: के गोलभेडाको पातको प्रयोगले दाद निको हुन्छ? 

दाबी: गोलभेडाको पातको पेस्टलाई प्रयोग गर्दा जुनसुकै किसिमको दाद निको हुने दाबी । तथ्य: गोलभेडाको पातको पेस्ट जस्ता प्राकृतिक उपचारहरू आकर्षक लाग्न सक्छन् तर यी विधिहरु भरपर्दा छैनन् । दादको लागि चिकित्सकीय रूपमा प्रमाणित...

Fact Check: के यो भिडियो पोखराको हो? पढ्नुहोस् वास्तविकता 

दाबी: कास्की जिल्ला अदालतले रवि लामिछाने संलग्न मुद्दाको फैसला सुनाउने भएपछि ‘पोखरामा जनसागर उर्लिएको’ दाबी । तथ्य: २५ अगस्ट २०१९ मा पोस्ट गरिएको भिडियोलाई फरक सन्दर्भको मुद्दासँग जोड्दै सामाजिक संजालमा फैलाइएको देखियो ।   प्रहरी हिरासतमा...

Fact Check: ‘नेपाल टेलिकम-क्रिसमस गिफ्ट’ लेखेर फैलाइयो खतरनाक लिंक

दाबी: नेपाल टेलिकमको क्रिसमस उपहार लेखेर एउटा लिंक सामाजिक संजाल प्रयोगकर्ताबीच फैलाइएको छ । तथ्य: नेपाल टेलिकमको नाम र लोगोलाई दुरुपयोग गरी सामाजिक संजाल प्रयोगकर्तामाझ खतरनाक स्पाम लिङ्क फैलाइएको देखियो । यस्ता लिंक क्लिक...

Fact Check: के शेरबहादुर देउवालाई डडेल्धुरामा ‘जुत्ताको माला लगाएर गाउँ निकाला’ गरिएको हो? 

तथ्य: पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा स्थानीय जनताले ‘जुत्ताको माला लगाएर गाउँ निकाला’ गरेको दाबी । दाबी: फेब्रुअरी २०१८ को फरक र पुरानो सन्दर्भको घटनालाई शेरबहादुर देउवासँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा...

Fact Check:  के बेसारको पात भिजाएको पानी सेवन गर्दा पायल्स र कब्जियत निको हुन्छ ?

दाबी: बेसारको पात भिजाएको पानी  डेढ महिनासम्म सेवन गर्दा पायल्स र कब्जियत समस्या हट्ने र नबल्झिने दाबी । तथ्य: बेसारले समग्र स्वास्थ्यको लागि केही फाइदाहरू हुन सक्छ तर यसलाई पायल्स वा कब्जियतको उपचारको रूपमा...

Fact Check: के रवि लामिछानेले रिहा भएका हुन् ? पढ्नुहोस् लाइभ भिडियोको वास्तविकता 

दाबी: रवि लामिछाने रिहा भएपछि फेसबुक लाइभमा आएको र अदालतबाट सफाइ पाएको दाबी । तथ्य: यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिइसकेको...

Fact Check: के रवि लामिछानेलाई भेट्न डोनाल्ड ट्रम्प नेपाल आउन लागेका हुन्?

दाबी: रवि लामिछानेलाई हिरासतमै भेट्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाल आउन लागेको दाबी । तथ्य: अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएकै बेला विभिन्न व्यक्तिहरुका तस्बिर र संचार माध्यममा पोस्ट गरिएका थमनेल...

Fact Check: तामाको भाँडामा जमाएको दहीले कपाल झर्ने र टुक्रने समस्या निको गर्छ ?

दाबी: दुधलाई तामाको भाँडामा पाँच दिनसम्म जमाएर प्रयोग गर्दा कपाल झर्ने र टुक्रने समस्या निको हुने दाबी । तथ्य: कपाल झर्नु र टुक्रने एक समस्या हो, जसलाई लक्षित वैज्ञानिक रूपमा प्रमाणित समाधान चाहिन्छ । कपालको हेरचाहको...

Fact Check: गगन थापाको पुरानो तस्बिरमा जोडियो भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता 

दाबी: कीर्तिपुर उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुले मतपेटिका चोर्न कोशिस गरेपछि रामधुलाई खाएको दाबी, कांग्रेस महामन्त्री गगन थापाको तस्बिर । तथ्य: मंसिर २०७४ मा गगन थापाको निर्वाचन अभियानलाई लक्षित गरी...

Fact Check: मिलन लिम्बु बोलिरहेको दृश्यमा जोडियो सुहाङ नेम्वाङको नाम

दाबी: सुहाङ नेम्वाङले रवि लामिछानेको रिहाइको माग गर्दै ‘भ्रष्टचारीको सरकार’ भन्ने अभिव्यक्ति दिएको दाबी, भिडियोसहित । तथ्य: रास्वपाका मिलन लिम्बुसँग सम्बन्धित दृश्यमा सुहाङ नेम्वाङको नाम जोडेर सामाजिक संजालमा फैलाइएको छ । प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्वाङको नाम...