HomeDaily Readsविद्यार्थीको चुनावमा भएको झडपलाई स्थानीय तह निर्वाचनसँग जोडियो, स्वतन्त्र मेयर उम्मेदवार मारिएपछि...

विद्यार्थीको चुनावमा भएको झडपलाई स्थानीय तह निर्वाचनसँग जोडियो, स्वतन्त्र मेयर उम्मेदवार मारिएपछि झडप भएको दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री भेटिएको छ, जसमा स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको, प्रहरी र जनताबीच झडप भएको दाबी गरिएको छ । #pujan_neupane नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको दृश्य देखिन्छ । 

नेपाल प्रहरीले बल प्रयोग गर्दै प्रदर्शनकारीलाई तितर-बितर गराइरहेको छ र प्रदर्शनकारीले पनि प्रतिरोध गर्दै भागिरहेको दृश्य दाबीसहितको भिडियो सामग्रीमा देखिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ,‘स्वतन्त्रमा उठेका मेयरलाई अज्ञात समूहले मार‍ेपछि प्रहरी र जनताबीच झडप ।’

नेपाल स्थानीय तह निर्वाचन २०७९ मा होमिएको छ । यो निर्वाचनमा राजनीतिक दलले आ-आफ्ना उम्मेदवारलाई अगडि सारेका छन् भने स्वतन्त्र रुपमा विभिन्न पदमा आकांक्षा राख्ने उम्मेदवारको संख्या पनि कम छैन । मुलुककै सबैभन्दा बढी जनघनत्व रहेको स्थानीयत काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूले मनाेनयन दर्ता गराएका छन् । 

यही क्रममा माथि उल्लेखित दाबीसहितको सामग्री सामाजिक संजालमा फैलाउन खाेजिएको देखिन्छ । तर, न्युजचेकरको तथ्यजाँचबाट उक्त दाबी र भिडियोको दृश्यमा कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ । स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको दाबीसहितको सामग्री पोस्ट भएको एक दिन नपुग्दै उक्त दाबीमा साढे ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने सेयर गर्ने प्रयोगकर्ताको संख्या पनि बढ्दो छ ।

यतिमात्र होइन,  #pujan_neupane नामक टिकटक आइडीमै स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको दाबीको भाग-२ समेत पोस्ट गरिएको छ । उक्त सामग्रीमा दाबी सोही रहेपछि दृश्यहरू पनि अलि फरक राखिएको छ । उक्त भडियोमा प्रदर्शनकारीले प्रहरीविरुद्ध ढुंगामुडा गरिएको दृश्य देखिन्छ र प्रहरीले पनि प्रतिरोध गर्दै प्रदर्शनकारीलाई तितर-बितर पारिरहेको देखिन्छ । स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको दाबीको भाग-२ को थमनेलमा लेखिएको छ,‘मेयरलाई मारेपछि झडप, भाग-२ ।’

स्थानीय तह निर्वाचनको मुखैमा स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मारेको र आम जनता बिद्रोहमा उत्रिएको दाबी यहाँ देखिन्छ । जसलाई पुष्टि गर्नका निम्ति भिडियो क्लिपहरूसमेत देखाइएको छ । निर्वाचनको माहौल सुरु भइसकेको संवेदनशीन समयमा यस्तो दाबी खतरनाकसमेत हुने गर्दछन् । सोही कारण न्युजचेकरले उल्लेखित दाबीमाथि तथ्यजाँच गरेको छ ।

तथ्य जाँच / प्रमाणीकरण

स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मार‍ेपछि प्रहरी र जनताबीच झडप भन्ने दाबीमा केही दृश्य पनि राखिएको छ । यही कारण उक्त दाबीलाई पुष्टि गर्न सघाइरहेका ती भिडियोको वास्तविकता जाँच गर्नु पहिलो काम थियो । न्युजचेकरले तत्काल झडपको मूल भिडियो खोज्ने काम गर्‍यो । तर, मूल भिडियो खोज्न सजिलो भने भएन ।

‘प्रहरी र प्रदर्शनकारीबीच झडप’, ‘काठमाडौँका सडकमा झडप’, ‘प्रहरीमाथि ढुंगामुडा प्रहार’ लगायतका अनेक वाक्यांशलाई युट्युबदेखि गुगलसम्म सर्च गर्दा केही नभेटिएपछि हामीले जहाँबाट काम सुरु गरेका थियौँ त्यहीँ अडियौँ । भिडियोलाई पुन: अवलोकन गर्दा यो दृश्य पद्मोदय मोडको हो भन्ने संकेतहरू फेला परे ।

प्रदर्शनीमार्ग र पद्मोदय मोडमा विद्यार्थी र प्रहरीबीच झडप भइरहन्छ भन्ने सामान्य बुझाइका आधारमा हामीले युट्युब, गुगल तथा सामाजिक संजालमा नयाँ किवर्ड सर्च गर्‍यौ । ती मध्ये ‘प्रहरी र विद्यार्थी झडप’ भन्ने वाक्यांश नेपाली र अंग्रेजी भाषामा सर्च गर्न परिणाम निस्कियो । 

माथि दाबीसहितका सामग्रीमा राखिएको दृश्यसहितको मूल भिडियो sacho sacho channel नामक युट्युब च्यानलमा भेटियो । उक्त २८ मार्च २०१७ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक अंग्रेजी भाषामा यस्तो लेखिएको छ-‘tudent and nepal police rr collage’ तर, यो झडपको कारण के भन्ने भन्ने कुरा यहाँ खुलाइएको छैन ।

झडपको कारण पत्ता लगाउन हामीले मूल भिडियोलाई फेरि एकपटक नियाल्यौँ । भिडियोमा त्यो बेला नयाँ पत्रिकामा कार्यरत पत्रकार सन्तोष भट्टराईले भिडियो खिचिरहेको दृश्य देखियो । पाँच वर्षअघि भएको उक्त झडपको कारण पत्ता लगाउन हामीले पत्रकार भट्टराईलाई सम्पर्क गर्‍यौँ । उनले आफू रिपोर्टिङका लागि झडपस्थलमा पुगेको न्युजचेकरलाई जानकारी दिए । 

झडपको कारणबारे पत्रकार भट्टराई भन्छन्- 

०७३ सालमा आर आर क्याम्पसमा स्ववियु निर्वाचनको पक्ष र विपक्षमा विद्यार्थीहरू उत्रिएका थिए । त्यतिबेला नेकपा (एमाले) निकट अनेरास्ववियु र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी जसरी पनि चुनाव गर्नुपर्छ भन्नेमा थिए । माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तिकारी आन्दोलनमा थियो । त्यतिबेला एक एसएसपी र ११ जना डिएसपीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी आर आर क्याम्पसमा तैनाथ थिए । त्यतिबेला म नयाँ पत्रिकामा कार्यरत थिए । आरआरको गेटतिरबाट एक आन्दोलनकारीले प्रहरीलाई लक्षित गरि पेट्रोल बम फ्याके । प्रहरी र विद्यार्थीबीच झडपको सुरुवात यहीबाट सुरु भएको थियो । प्रहरीको बाक्लो सुरक्षा, क्रान्तिकारी र नेविसंघले चुनाव बहिष्कार गरिरहेका बेला यहाँ बाक्लो घेरामा प्रहरी तैनाथ गरिएको थियो ।  

 प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने स्वतन्त्र मेयर उम्मेदवारलाई अज्ञात समूहले मार‍ेपछि प्रहरी र जनताबीच झडप भन्दै तयार पारिएको सामग्रीमा प्रयोग भएको भिडियो फरक प्रसंगको हो । विद्यार्थीको निर्वाचनका विषयमा भएको झडपको दृश्यलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाउन खोजिएको देखिन्छ । अर्कोतर्फ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यो सामग्री तयार पार्दासम्म कुनैपनि स्वतन्त्र मेयर पदका उम्मेदवारको हत्या भएको जानकारी छैन । 

निष्कर्ष : 

विद्यार्थीको निर्वाचनका विषयमा पाँच वर्षअघि भएको प्रहरी-विद्यार्थी झडपको भिडियोलाई स्थानीय तह निर्वाचनसँग जोडियो भ्रामक बनाइएको छ । स्वतन्त्र मेयर उम्मेदवार मारिएपछि झडप भएको दाबी भ्रामक र असत्य छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

election.gov.np

Student and Nepal police RR Collage


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version