Tuesday, April 23, 2024
Tuesday, April 23, 2024

HomeFact Checkमेस्सीको तस्बिर अंकित नोट जारी भएको दाबी, अर्जेन्टिनाले घोषणा नै नगरेको नोट...

मेस्सीको तस्बिर अंकित नोट जारी भएको दाबी, अर्जेन्टिनाले घोषणा नै नगरेको नोट कसरी भयो जारी ?

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

केही घण्टा अघिदेखि नेपाली संचार माध्यम र सामाजिक संजाल प्रयोगकर्तामाझ एउटा सामग्री फैलिरहेको छ । उक्त सामग्रीमा एउटा बैंक नोट देखिन्छ । सोही पोस्टमा अर्जेन्टिनाले लियोनेल मेस्सीको तस्बिर तथा हस्ताक्षरसहित १००० को बैंक नोट जारी गरेको दाबी गरिएको छ ।  

नेपाली संचार माध्यम nepalkhabar ले भर्खरै प्रकाशित गरेको समाचारमा ‘लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको’ दाबी गरिएको छ । समाचारमा भनिएको छ – कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिर अंकित नोट जारी गरेको छ । फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो । विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ । 

प्रस्तुत दाबी नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ पनि फैलिन सुरु भएको छ । NEB Result नामक फेसबुक पेजमा लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको दाबी गरिएको छ । 

अर्जेन्टिनाले जारी गरेको भनिएको नोटको तस्बिरसहित एउटा स्ट्याटस पनि लेखिएको छ । उक्त स्ट्याटसमा लेखिएको छ,‘Wow: Argentina ले विश्वकप जितेर घर फर्किएसंगै अर्जेन्टिनाले Messi काे सम्मानमा उनको फोटो र हस्ताक्षर सहित त्यहाँको 1000 peso (नोट) जारी गरेको छ ।’

प्रस्तुत दाबीसहितको सामग्रीमा पोस्ट भएको १ घण्टामै २ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै यही समयमा उक्त सामग्रीलाई एक सयभन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।

सोही दाबीसहितको स्ट्याटसलाई हामीले फेसबुकमा सर्च गर्दा अर्जेन्टिनाले जारी गरेको भनिएको नोटको तस्बिरसहितका अन्य पोस्टहरू पनि भेटिए । यसबाट के प्रष्ट हुन्छ भने छोटो समयमै उक्त दाबीसहितको सामग्री सामाजिक संजालमा व्यापक रुपमा फैलिरहेको छ । प्रस्तुत दाबीको फैलावटलाई मध्यनजर गर्दै हामीले यो जाँच सुरु गर्‍यौँ ।

तथ्यजाँच/प्रमाणीकरण

विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सी अर्जेन्टिना फर्किसकेका छन् । यही सेरोफेरोमा मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको दाबी  फैलिएको छ । 

दाबीमाथि जाँच गर्नुअघि हामीले अर्जेन्टिनाको बैंक नोट र मेस्सीको तस्बिर तथा हस्ताक्षरसँग सम्बन्धित केही किवर्ड गुगलमा सर्च गर्‍यौँ । फलस्वरुप केही समाचारहरू फेला परे । The Sun नामक संचार माध्यमले बुधबार दिउँसो प्रकाशित गरेको समाचारमा उक्त विषय समावेश गरिएको छ ।

elfinanciero लाई उदृत् गर्दै प्रस्तुत समाचारमा अर्जेन्टिनाका वित्तीय अधिकारीहरूले आफ्नो राष्ट्रको ऐतिहासिक विश्वकप जितलाई बैंकनोटमा समेट्नेबारे छलफल गरेको बताइएको छ । यस विषयमा विभिन्न सुझावहरू आएपनि अन्तिम निर्णय भइनसकेको समाचारहरूमा उल्लेख छ । 

यही सेरोफेरोमा नेपालमा भने मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिर अंकित नोट जारी गरेको दाबीसहितका समाचार र पोस्टहरू फैलिसकेका छन् । तर, यो सामग्री तयार पार्दासम्म अर्जेन्टिनाका अधिकारीहरू लियोनल मेस्सीको अनुहार पैसामा राख्ने विषयमा विचार गरिरहेका छन् ।  

निष्कर्ष

लियोनेल मेस्सीको तस्बिर अंकित बैंक नोट जारी गर्ने विषयमा अर्जेन्टिनाका वित्तीय अधिकारीहरूले छलफल गरिरहेका छन् तर तस्बिर अंकित बैंक नोट जारी भइसकेको छैन । यही सन्दर्भमा  बैंक नोट जारी भन्ने दाबी भ्रामक बनेको छ । 

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू 

Thesun

elfinanciero

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular