HomeFact Checkविश्वप्रकाशले प्रचण्ड लक्षित ब्यंग्य गरेका थिए तर अहिले होइन, दुई वर्ष पहिले

विश्वप्रकाशले प्रचण्ड लक्षित ब्यंग्य गरेका थिए तर अहिले होइन, दुई वर्ष पहिले

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा नेपाली कांग्रसका महामन्त्री विश्वप्रकाश शर्मा बोलिरहेको देखिन्छ । उक्त भिडियोमा सूर्य चिन्हलाई सांकेतिक रुपमा प्रयोग गरिएको छ । 

Adhikaribishnu नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ब्यंग्य गरेको सुनिन्छ । दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा विश्वप्रकाश शर्माले भनेका छन्-

‘होइन हो प्रचण्ड कमरेड, दाङ दाङपनि हारियो, कास्की कास्कीपनि हारियो, धरान धरानपनि हारियो, बाग्लुङ र भक्तपुर पनि हारियो । लौ न हो कराएको वडा पनि हारियो यदि हामीले सच्चिएनौँ भने त ७९ सालको चुनाव त झिरिप्पै हुने रहेछ, त्यसैले हामी सच्चिनुपर्छ । केपी ओलीजी मार्क्सवाद, लेनिनवाद जिन्दावाद ।’

त्यस्तै प्रस्तुत भिडियोमा एउटा थमनेलसमेत राखिएको छ । उक्त थमनेलमा भनिएको छ- ‘७९ सालको मंसिर ४ गतेको चुनावमा पूरै सच्चिएर सूर्यमा भोट हाल्नुहोला गठबन्धनले ।’

एक साताअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा साढे ७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै उक्त सामग्री सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या करिब ५० रहेको देखिन्छ । निर्वाचनकै मुखमा एउटै प्रस्तुत सामग्री फैलिएका कारण हामीले यसमाथि तथ्यजाँच गर्ने जमर्को गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

नेपाली कांग्रस र माओवादी केन्द्र एउटै गठबन्धन बनाएर आगामी मंसिर ४ हुने निर्वाचनमा होमिएका छन् । यही क्रममा सामाजिक संजालमा विश्वप्रकाश शर्माको भाषणसहितको सामग्री फैलिएको छ । एउटै गठबन्धनमा रहेको एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई ब्यंग्य गरेपछि मतदाताको मनस्थिति परिवर्तन हुन सक्छ । त्यसैले हामीले शर्माले गरेको उक्त भाषणको वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ ।

प्रस्तुत दाबीसहितको सामग्रीको जाँचका क्रममा हामीले सबैभन्दा पहिले विश्वप्रकाश शर्माले गरेको भाषणको मूल भिडियो पत्ता लगाउने काम गर्‍यौँ । जसका लागि हामीले युट्युबमा ‘विश्वप्रकाश शर्मा’ ‘mero dang’ लगायतका कवर्ड सर्च गर्‍यौँ । किवर्ड सर्च गर्नुअघि हामीले भिडियोमा देखिएको देखिएको लोगोलाई पनि आधार बनाएका थियौँ ।

किवर्ड सर्चको परिणास्वरुप हामीले एउटा युट्युब भिडियो फेला पर्‍यो । Ujyalo Khabar युट्युब च्यनलमा फेला परेको उक्त भिडियो २ वर्षअघि अर्थात् २३ नोभेम्बर २०१९ मा पोस्ट गरिएको देखिन्छ ।

यसबाट के प्रष्ट हुन्छ माथि उल्लेखित सामग्रीमा राखिएको भिडियो यस फरक सन्दर्भको हो । फरक सन्दर्भका बेला गरिएको भाषणको अंशलाई वर्तमान चुनावी सन्दर्भमा भ्रामक तरिकाले सामाजिक संजालमा पोस्ट गरिएको छ । प्रस्तुत तथ्य फेला पारेपछि हामीले थप सन्दर्भको खोजी थाल्यौँ । 

भेटिएको तथ्यका आधारमा किवर्ड सर्च गर्दा farakkon.com मा प्रकाशित एउटा समाचार फेला पर्‍यो, उक्त समाचार प्रकाशित भएको मिति र हामीले फेला पारेको भाषण एकै दिन प्रकाशित भएको देखिन्छ । प्रस्तुत समाचारमा एउटा भिडियोसमेत राखिएको छ । उक्त भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको भिडियो पनि एक आपसमा मिलेको देखिन्छ ।   

सोही तथ्यको आधारमा समाचारमा उल्लेखित विवरण हेर्दा दाबीसहितको भिडियो २०७६ मंसिरमा भएको उपनिर्वाचनको सन्दर्भको हो । नेपाली कांग्रेसका तत्कालीन प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर १४ गतेको उपनिर्वाचनका सन्दर्भमा दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरामा भाषण दिएकफो देखिन्छ । सोही भाषणलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको सन्दर्भमा भ्रामक तरिकाले फैलाउन खोजिएको छ ।  

निष्कर्ष

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति ब्यंग्य गरेको भिडियो २ वर्षअघिको हो । पूरानो र फरक सन्दर्भको भिडियोलाई आगामी मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा फैलाइनुले भ्रम सिर्जना गरेको छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Ujyalo Khabar

farakkon.com

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version