Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजाल इन्टाग्राम एउटा विज्ञापन भेटिएको छ । जसमा ब्ल्याक मास्क प्रयोग गर्दा फाइदा हुने दाबी गरिएको छ । chitwan_omshantienterprises नामक इन्टाग्राम आइडीमा पोस्ट गरिएको उक्त विज्ञापनमा ब्ल्याक मास्क प्रयोग गर्दा धेरै फाइदा हुने बताइएको छ ।
ब्ल्याक मास्कको तस्बिर सहित पोस्ट गरिएको उक्त सामग्रीमा ब्ल्याक मास्क प्रयोगका फाइदाहरु भनेर एउटा सूची नै तयार पारिएको छ । दाबीसहितको उक्त सूची यसप्रकार रहेको छ :
‘१०० प्रतिशत ओर्जिनल, नेचुरल र काम गर्ने यो ब्ल्याक मास्क प्रयोग गर्दा हुने फाईदाहरु- अनुहारमा भएको मृत छाला र कालो खिलहरु हटाई अनुहार सुन्दर र चम्किलो पार्ने, पिम्पल र एक्नी हटाउने, pores हरु सानो बनाउने, अनुहारमा आउने चाउरीपन कम गर्ने, अनुहारमा आउने चिल्लो पदार्थ हटाउने, आदि ।’
मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले हामीले THIP Media को सहकार्यमा प्रस्तुत दाबीहरूको जाँच गर्ने जमर्को गरेका छौँ ।
अनुहारमा डन्डिफोर आउने विभिन्न कारणहरु छन्, जुन मानिसको छालापिच्छे फरक हुन सक्छन् । हार्वर्ड हेल्थ पब्लिसिङका अनुसार, छालामा धेरै चिल्लोपनको उत्पादन, छालाको छिद्र, छालामा हुने ब्याक्टेरिया र सूजन जस्ता कारकहरूले छालामा डन्डिफोर विकसित हुन्छन् । तर डन्डिफोर आउनुको प्रमुख कारण हार्मोनको असन्तुलनलाई मानिन्छ, जस्तो कि उच्च एन्ड्रोजनस्तर। वंशाणुगत कारकहरूले पनि डन्डिफोरको समस्या देखिनसक्नेसमेत केही अध्ययनहरूको निष्कर्ष छ ।
डन्डिफोरको समस्या देखिनुमा अन्य केही महत्त्वपूर्ण कारकहरूसमेत छन् । जसमा पोलीसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस), प्रदूषण, धुम्रपान र तनाव जस्ता रहेका छन् । केही औषधिहरूको प्रयोगले पनि डन्डिफोरको समस्या निम्तिन सक्छ (विशेष गरी स्टेरोइडहरू र लिथियम) । कपाल उत्पादन गर्ने, मेकअप र हामीले हाम्रो छालामा लगाउने अन्य उत्पादनहरू तथा चिल्ला कस्मेटिक्सहरूले पनि छालाको प्वालहरू बन्द गरेर डन्डिफोरको समस्या देखिनसक्छ ।
मानिसको उमेर बढ्दै जाँदा स्वाभाविक रूपमा चाउरीपना देखिन्छ। मानिसको बुढ्यौली बढ्दै जाँदा छाला पातलो र खुकुलो हुन्छ, जसका कारण मानिसको छालामा चाउरीपनाको समस्या देखापर्छ । प्रकृतिक बारेक अन्य कारण पनि मानिसको छालामा भचाउरीपना देखापर्छ ।सूर्यको नियमित सम्पर्क, धुम्रपान, पानीको कमी, औषधिहरूको प्रयोग, वातावरणीय र वंशाणुगत कारकहरूले पनि चाउरीपनाको समस्या बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन् ।
ब्ल्याक मास्क जस्ता पिल अफ मास्कले छालालाई विभिन्न तरिकाले असर पुर्याइरहेका हुन्छन् । यसमा मास्क बनाउन प्रयोग गरिएका रसायन र सामग्रीले कन्ट्याक्ट डर्मेटाइटिस निम्त्याउन सक्छ । यसको अत्यधिक प्रयोगले मानिसको छालाको प्राकृतिक लचिलोपन गुमाउन सक्छ, अन्ततः छाला बिग्रन पनि सक्छ ।
यसका साथै, संवेदनशील छाला भएका व्यक्तिहरूले यस्ता खालका मास्क प्रयोग गर्नुहुँदैन किनभने यसले छालालाई अझ बढी कमजोर बनाउन सक्छ । यसले संवेदनशील छालामा रातोपन, ब्रेकआउट, सुख्खा दाग देखिने समस्या निम्तिन सक्छ र प्रकृतिक छालालाई बिगार्ने खतरा बढाउन सक्छ ।
पिल-अफ मास्कहरूले छालामा प्रतिकूल प्रतिक्रियाको अनुभव गराउन सक्ने सम्भावना बढाउँछ। केही पिल-अफ मास्कहरूमा पोलिभिनिल अल्कोहलको प्रयोग गरिएको हुन्छ, तिनीहरूको ढाँचामा एक प्रकारको प्लास्टिक टाँस्ने प्रकृतिको हुन्छ, जसले मानिसको छालालाई थप संवेदनशील बनाउन सक्छ ।
ब्ल्याक मास्कले डन्डिफोर निको पार्न र चाउरीपना कम गर्न सक्छ भन्ने प्रमाणित विश्वसनीय आधार छैनन् । डन्डिफोर कपालको फोलिकल्स र सेबेशियस ग्रन्थीहरूको विकारका रुपमा देखा पर्ने समस्या हो, जुन केही अन्तर्निहित अवस्थाको कारणले हुन्छ । उक्त अन्तर्निहित समस्याको उपचार नभएसम्म, डन्डिफोरको समस्या दोहोरिएर देखिनसक्छ । साथै, ब्ल्याक माक्सले डन्डिफोरको समस्यालाई अझ बढाउन सक्छ ।
त्यस्तै, त्यस्ता मास्कहरूले चाउरीपना कम गर्न सक्छ भन्ने दाबी पनि कुनै वैज्ञानिक तथ्यले प्रमाणित गर्दैन । माथि नै उल्लेख गरिसकिएको छ कि चाउरीपनाको समस्या प्रायः प्राकृतिक रूपमा नै देखापर्छ । चाउरीपनालाई कम गर्न मद्दत गर्न सक्ने निश्चित उपचार विधिहरूमा रेटिनोइड्स, डर्माब्रेसन, बोटक्स, फिलर, आदि जस्ता औषधिहरू समावेश गरिएको छ । यसले छालाका छिद्रहरू खोल्न र शुद्ध गर्न मद्दत गर्न सक्छ तर छालाका छिद्रको आकार प्रायः वंशाणुगत रुपमै निर्धारित हुन्छ र तिनीहरूलाई स्थायी रूपमा खुम्च्याउन सम्भव छैन ।
अर्कोतर्फ, ब्ल्याक मास्क जस्ता पिल-अफ मास्क मानिसको छालाका छिद्रहरूमा गहिरो तरिकाले प्रवेश गर्छन् र छालाको बाहिरी तहमा रहेका मृत कोशिकाहरूलाई बिस्तारै निकाल्छन्, साथै यसले छालामा हुने विकार तत्वहरु, फोहोर हटाएर छालालाई सफा बनाउँछ।
यद्यपि, ब्ल्याक मास्क प्रयोग गर्ने मानिसहरुले यसको प्रयोग सुरक्षित छैन भन्नेकुरा ध्यान दिनु पर्छ । किनभने यसले छालाको सतहको तहलाई हटाउने काम गर्छ । यो प्रक्रिया हानिकारक छ किनकि यसले फोहर, डन्डिफोर र अन्य धेरै विकार तत्वको रक्षाका लागि प्राकृतिक रुपमै मानिसको छालामा रहेको पहिलो तहलाई हटाउँछ। तसर्थ, विश्वसनीय वैज्ञानिक प्रमाणको नभएका कारण उल्लेखित दाबीले भ्रम पैदा गरेको देखिन्छ ।
ब्ल्याक मास्क प्रयोग हानिकारक छ । किनकि यसले फोहर, डन्डिफोर र अन्य धेरै विकार तत्वको रक्षाका लागि प्राकृतिक रुपमै मानिसको छालामा रहेको पहिलो तहलाई हटाउछ । तसर्थ, विश्वसनीय वैज्ञानिक प्रमाणको नभएका कारण उल्लेखित दाबीले भ्रम पैदा गरेको छ ।
(प्रस्तुत सामग्री THIP Media को सहकार्यमा तयार पारिएको हो)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]