HomeFact Checkबम विस्फोटको भ्रामक सामग्री सामाजिक संजालमा फैलियो, गगन थापा घाइते भएको दाबी

बम विस्फोटको भ्रामक सामग्री सामाजिक संजालमा फैलियो, गगन थापा घाइते भएको दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

पछिल्लो समय नेपालको राजधानी काठमाडौँ उपत्यका वरिपरि विस्फोटक पदार्थहरू (बम) भेटिने गरेका छन् । नेपाली सेनाले डिस्पोज गरिरहेका ती बेवारिसे अवस्थामा फेला परेका विष्फोटक सामग्रीबाट कुनै पनि मानवीय क्षति भएको छैन । यही बेला सामाजिक संजाल टिकटकमा बम विस्फोट हुँदा नेपाली नेता घाइते भएको दाबीसहित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ ।

बम विस्फोटबाट वर्तमान प्रतिनिधि सभाका सांसद, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन घाइते भएको दाबी गरिएको छ । अडियोमार्फत् गरिएको दाबीमा उक्त विस्फोटबाट थापासहित ११ जना घाइते भएको र थापाको पिठ्यु र टाउकाेमा चोट लागेको बताइएको छ भने थापाको टाउकोमा पट्टी बाँधिएको तस्बीर भिडियोमा चलाइएको छ । 

समाचार शैलीमा तयार पारिएको उक्त अडियोमा भनिएको छ- 

‘गगन थापालाई लक्षित गरी बम विस्फोट भएको छ । विस्फोटमा परी थापासहित ११ जना घाइते भएका छन् । पिठ्यु र टाउका चोट लागेका उम्मेदवार थापा भने एक्सरे लगायतका परीक्षणपछि घर फर्किनुभएको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक, दुई जनाको अवस्था गम्भीर र बाँकि सात जनाको अवस्था सामान्य रहेको चिकित्सक जनाएका छन् ।’

भिडियो फैलावटको कुरा गर्नेको हो भने पोस्ट भएको ४ दिनमै भिडियोमा १७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ४ भन्दा बढी प्रयोगकर्तनले भिडियो सेयर गरिसकेका छन् । त्यस्तै भिडियोमा कमेन्ट गर्ने टिकटक प्रयोगकर्ताको संख्या २३ सयभन्दा बढी रहेको छ । 

उक्त भिडियोमा जोडिएको अडियोबाट अरु टिकटक भिडियोहरू पुन:निर्माणसमेत भएका छन् । भिडियोसहितको अडियो पोस्ट भएको चार दिनमै उक्त अडियोमाथि १२ वटा भिडियोहरू पुन:निर्माण भइसकेकाे देखिन्छ । हेर्नुहोस् पुन:निर्मित भिडियोहरू :

तथ्यजाँच प्रमाणिकरण

राजधानीकै विभिन्न स्थानमा बस फेला परिरहेको यो समयमा सत्तारुढ दल नेपाली कांग्रेसकै प्रभावशाली नेता विस्फोटबाट घाइते बनाएको दाबीले सामाजिक संजाल प्रयोगकर्ताहरूलाई गम्भीर बनाएको छ । यही कारण हामीले उक्त दाबीबारे सत्यथ्य पत्ता लगाउन तथ्यजाँच गर्‍यौँ ।

टिकटक भिडियोमा भेटिएको संकेत अनुसार हामीले युट्युबमा गगन थापा र बस विस्फोटसँग सम्बन्धित विभिन्न किवर्ड सर्च गर्‍यौँ । जसको नतिजास्वरुप हामीले दाबीसहितको टिकटक भिडियोको मूल स्रोत फेला पार्‍यौँ । तर, त्यो समाचार रिपोर्ट वर्तमान समयको भने होइन ।

Sailungonline नामक युट्युब च्यानलमा चार वर्षअघि पोस्ट गरिएको उक्त समाचार रिपोर्ट नै टिकटकमा फैलिएको अहियोसहितको भिडियोको मूल स्रोत भएको हामीले पुष्टि गर्‍यौँ । ४ डिसेम्बर २०१७ मा पोस्ट गरिएको उक्त भिडियोको हेडलाइन राखिएको छ ‘गगनको घरदैलो कार्यक्रममा बम प्रहार, गगन उपचार पछि घर फर्के, १० जना उपचार हुदै’

चार वर्षअघि पोस्ट गरिएको मूल भिडियो :

काठमाडौंको नारायणस्थानस्थित चपली हाइटमा कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित १२ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

२०७४ मंसिरमा काठमाडौँको नारायणस्थानस्थित चपली हाइटमा नेपाली कांग्रेसका तत्कालीन प्रतिनिधि सभाका उम्मेदवार थापालाई लक्षित गरेर बम विस्फोटन भएको थियो । उक्त घटनाबारे त्यो बेलै तयार पारिएको समाचारलाई छाँटकाँटगरी अहिले फैलाइएको पाइयो । २०७४ मंसिर १८ गते इकान्तिपुर डटकममा प्रकाशित समाचार अनुसार थापाको चुनावी अभियानका क्रममा उक्त विस्फोट भएको थियो र थापासहित १२ जना घाइते भएका थिए ।

निष्कर्ष : 

पूरानो समाचारको अडियोसहितको भिडियोलाई वर्तमान सन्दर्भसँग मिलाएर फैलाइएको देखियो । अडियोमार्फत् दिइएको जानकारी सही भएपनि वर्तमान समयसँग समयमा ‘भर्खरैको खबर’ जसरी फैलाइएका कारण उक्त सामग्री भ्रामक बनेको छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Ekantipur : गगन थापालाई लक्षित गरेर चपली हाइटमा बम विस्फोट, थापासहित १२ घाइते (अपडेट)

Sailungonline : चार वर्षअघिको मूल भिडियो

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version