Tuesday, May 13, 2025

Fact Check

Fact Check: मोबाइल फोनको अत्याधिक प्रयोगले मस्तिष्क क्यान्सर हुन्छ? 

banner_image

Claim

image

Fact

image

दाबी  : मोबाइल फोनको अत्यधिक प्रयोगले मस्तिष्कको क्यान्सर निम्त्याउँछ । 
तथ्य : मोबाइल फोनको अत्यधिक प्रयोगले मस्तिष्कको क्यान्सर हुने दाबी वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्न सक्दैनन् ।

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धी एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा धेरै मोबाइल फोन प्रयोग गर्ने बालबालिकामा ब्रेन ट्युमर हुने अनुसन्धानले देखाएको दाबी गरिएको छ ।

Sujan Dhakal नामक फेसबुक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एक व्यक्ति बोलिरहेका छन् र ती व्यक्तिले मानव स्वास्थ्यसँग सम्बन्धित उक्त दाबी पेस गरिएको छ । दाबीसहितको भिडियोको थमनेलमा लेखिएको छ- ‘होसियार : तपाईंको नानी-बाबुले बेसी मोबाइल चलाउनुहुन्छ भने यो हेर्नुहोस् ।’  

भिडियोमा देखिएका व्यक्तिले धेरै मोबाइल फोन प्रयोग गर्ने बालबालिकामा ब्रेन ट्युमर हुने अनुसन्धानले देखाएको दाबी गरिरहेका छन् । प्रस्तुत दाबी मानव स्वास्थ्यसँग सम्बन्धित गम्भिर खाल समस्याबारे रहेको छ । यही कारण हामीले प्रस्तुत दाबीमाथि जाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

ठ्याक्कै होइन। मोबाइल फोनको अत्यधिक प्रयोगले मस्तिष्कको क्यान्सर निम्त्याउँछ भन्ने दाबीलाई उपलब्ध वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्न सक्दैनन् । तर, अनुसन्धान पत्रहरूले मस्तिष्कको क्यान्सर निम्त्याउन मोबाइल फोन प्रयोग अछुतो नहन नसकेको जानकारी दिएका छन् । 

यद्यपि, अनुसन्धानहरूमा एक्सपोजर-प्रतिक्रियाको सम्बन्ध प्रष्ट छैन, कति मात्रामा मोबाइल फोनको प्रयोगको गर्ने र मोबाइल फोनको प्रयोगले निम्तिले ट्युमरको स्थान र कारणलाई अनुसन्धानले विस्तृत व्याख्या गरिएको छैन । 

मस्तिष्कमा क्यान्सर भएपछि त्यहाँका क्यान्सर कोशिका वृद्धि हुनुलाई नै ब्रेन ट्युमर भनिन्छ । क्यान्सर कोशिकाहरूले ट्यूमरहरू बनाउँछन्, जो ट्यूमरको किसिमका आधारमा ढिलो वा छिटो बढ्ने गर्दछन् । 

Cancer.org.au नामक वेबसाइटले मस्तिष्क क्यान्सरको कारण वंशाणुगत वा आनुवंशिक अवस्था रहेकाे जानकारी दिन्छ । साथै टाउको नजिकै प्रवाह हुने विकिरणले पनि मस्तिष्क क्यान्सरको जोखिम बढाउने गर्दछ । 

उपलब्ध प्रमाणले मोबाइल फोनबाट हुने विकिरण प्रवाहबारे जानकारी दिएको छ, जसमा मोबाइल फोनमा हुने विकिरण मानव स्वास्थ्यका लागि स्वीकार्य दायरा अन्तर्गत रहेको उल्लेख गरिएको छ ।

निष्कर्ष

मोबाइल फोनको अत्यधिक प्रयोगले मस्तिष्कको क्यान्सर निम्त्याउँछ भन्ने दाबीलाई उपलब्ध वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्न सक्दैनन् ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage