Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा अकबरे खुर्सानीले माइग्रेनको समस्या सामधानका लागि उत्तम मानिने र खाना पचाउने प्रणालीमा विशेष सहयोग पुर्याउने दाबी गरिएको छ ।
Official_Baskar3 नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा भिडियो देखिएको छ । जहाँ अकबरे खुर्सानीहरूको तस्बिर राखिएको छ । प्रस्तुत सामग्रीमा सुनिने अडियोको एउटा अंश यस्तो छ :
अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदाहरू के-के हुन् ? यो सम्बन्धी जानकारीहरू ल्याएर आएका छौँ । नेपाललाई विश्वमै परिचित खानामध्ये एक हो, अकबरे खुर्सानी । यो खुर्सानी संसारमा कतैपनि नपाइने र पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो हुँदैन । यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि चिनिन्छ । अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदाहरू के-के हुन् त ? अकबरे खुर्सानीले खाना पचाउने प्रणालीमा विशेष सहयोग पुर्याएको हुन्छ । माइग्रेनको समस्या सामधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।
मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत सामग्रीको फैलावट पनि व्यापक छ । उक्त सामग्रीमा करिब २३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरिसकेका छन् ।
दाबीसहितको सामग्रीमा अन्य थुप्रै दाबीहरू गरिएको छ । तर, यस सामग्रीमा हामीले दुइवटा दाबीमाथि मात्रै जाँच गरेका छौँ । मानव स्वास्थ्य जस्तो गम्भिर विषयसँग सम्बन्धित रहेकाले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका हौँ ।
नेपालमा खेती हुने एक प्रकारको खुर्सानी हो, अकबरे खुर्सानी । यो खुर्सानी क्याप्सिकम चिनेन्स बिरुवामा फल्ने गर्दछ । सन् २०१७ मा गिनिज वर्ल्ड रेकर्ड्सले अकबरे खुर्सानीलाई संसारको सबैभन्दा पीरो खुर्सानीका रुपमा घोषणा गर्यो ।
अकबरे खुर्सानीमा रहेको क्याप्साइसिनले अपचको समस्यालाई निको पार्नुको सट्टा अपचलाई बल्झाउने उपलब्ध प्रमाणहरूमा उल्लेख छ । अकबरे खुर्सानी खाँदा मुटु पोल्ने र एसिड रिफ्लक्सको समस्या हुन सक्छ।
फेला परेका उपलब्ध प्रमाणका अनुसार अकबरे खुर्सानीले माइग्रेनका लक्षणहरूलाई निश्चित हदसम्म कम गर्न सक्छ । यद्यपि, यसको विस्तृत प्रक्रियाबारे बुझ्न हामी असमर्थ रह्यौँ । किनकि अकबरे खुर्सानीले मानिसको टाउको दुख्ने बनाएको CNN ले प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ ।
प्रस्तुत दाबीका बारेमा हामीले आकाश अस्पताल, द्वारका, दिल्लीमा अभ्यास गरिरहेका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. शरद मल्होत्रासँग परामर्श गर्यौँ ।
उनी भन्छन्- ‘ग्यास्ट्रोइन्टेस्टाइनल समस्याहरूका लागि धेरै घरेलु उपचारहरू रहेका छन् । यद्यपि, त्यस्ता कुनै पनि उपचारहरूले पूर्णत: सामधानकै काम गर्छन् भन्ने छैन ।’
अकबरे खुर्सानीले माइग्रेनका लक्षणहरूलाई निश्चित हदसम्म कम गर्न सक्ने प्रमाण भेटिएका छन् । अर्कोतर्फ अकबरे खुर्सानीले मानिसको टाउको दुख्ने समस्या निम्त्याएकोसमेत मिडिया रिपोर्ट प्रकाशित भएको देखिन्छ । त्यस्तै यो खुर्सानीले अपचको समस्या निको पार्ने नभई अपचलाई बल्झाउन सक्ने प्रमाणहरू भेटिएका छन् ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]