Monday, May 19, 2025

Fact Check

Fact Check : क‍े फर्सीको रसले पत्थरी पगाल्न सक्छ? 

banner_image

दाबी: फर्सीको रसलाई १५ दिन सेवन गर्दा पत्थरी खतम (सक्किने, पग्लने) हुने दाबी ।
तथ्य: पत्थरीहरू जिद्दी र कडा हुन्छन् र कुनै पनि फलफुलको रसमा पत्थरीलाई तत्कालै पगाल्नसक्ने गुण हुँदैन । यदि कसैलाई पत्थरीको समस्या छ भने आफ्नो डाक्टरलाई विश्वास गर्नुहोस् ।

पत्थरीको समस्या निदानसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा फर्सीको रसलाई १५ दिन सेवन गर्दा पत्थरी खतम (सक्किने, पग्लने) हुने दाबी गरिएको छ ।    

Samrat Prince नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा पत्थरीको घरेलु उपचार लेखिएको छ । भिडियोमा एक महिलाले ‘फर्सीलाई कपडामा निचोरेर, रस निकालेर १५ दिन सेवन गर्दा ठूलोभन्दा ठूलो पत्थरी पनि खतम हुने’ दाबी गरेकी छन् ।

क‍े फर्सीको रसमा शरीरमा रहेको पत्थरी पगाल्ने गुण हुन्छ त? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

फर्सीको रसमा मृगौला, पित्तथैली पेटमा भएको पत्थरी पगाल्ने शक्ति हुँदैन । मृगौलाको पत्थरी सामान्यत: क्याल्सियम अक्सालेट, युरिक एसिड वा अन्य कडा यौगिकहरूबाट बनेको हुन्छ । जबकि पित्तको पत्थरी प्रायः कोलेस्ट्रोल वा बिलिरुबिनमा आधारित हुन्छ । यी कडा ठोस पित्तहरूलाई फर्सीको जुसले मात्र पगाल्न सक्दैन । यद्यपी, फर्सीमा भिटामिन ए र सी भरिपूर्ण हुन्छ, यसमा एन्टिअक्सिडेन्ट तथा केही खनिज पोषक तत्वहरू पनि पाइन्छन् । 

अर्कोतर्फ १५ दिनभित्र कुनैपनि प्राकृतिक उपचारले ठूला पत्थरीहरू पगाल्न सक्दैन । उचित चिकित्सा उपचारहरू, जस्तै शक वेभ लिथोट्रिप्सी (ढुङ्गाहरू फुटाउन ध्वनि तरंगहरू प्रयोग गर्ने) वा शल्यक्रियाले पनि समय लिन्छ र तुरुन्तै परिणामको ग्यारेन्टी दिँदैन ।

मृगौलाको पत्थरी प्राकृतिक रूपमा निको हुन हप्ता वा महिना लाग्न सक्ने ब्रिटिश जर्नल अफ युरोलोजीको अनुसन्धानले देखाएको छ । त्यस्तै पित्तको पत्थरी अझ जटिल हुन्छ, साना पत्थरीहरू निको हुन सक्छन् तर ठूला पत्थरीहरूलाई प्रायः शल्यक्रियाबाट हटाउनुपर्छ । पत्थरी समस्या सामधानका लागि फर्सीको रस सेवन गर्नुपर्छ भन्ने दाबीलाई विज्ञानले समर्थन गर्दैन ।

अर्कोतर्फ फर्सीको रसमा पानी हुन्छ र हाइड्रेटेड रहनु मृगौला स्वास्थ्यको लागि महत्वपूर्ण छ । NHS का अनुसार प्रशस्त तरल पदार्थ पिउनाले मृगौलाको पत्थरी क्रिस्टलाइज हुनु अघि खनिजहरू बाहिर निक्लन सक्छन् । यद्यपि, यसले अवस्थित पत्थरीहरूलाई पगाल्न सक्दैन । पित्तको पत्थरीको लागि हाइड्रेशनले ठूलो भूमिका खेल्दैन । यसमा आहार र आनुवंशिकीले बढी महत्त्व राख्छ। त्यसैले फर्सीको रस पिउनु राम्रो हो तर यसले पत्थरीलाई पगाल्न सक्दैन । 

निष्कर्ष

फर्सी रस सेवनले पेटभित्रको पत्थरी पगाल्छ भन्ने दाबी गलत छ । पत्थरीहरू जिद्दी र कडा हुन्छन् र कुनै पनि फलफुलको रसमा पत्थरीलाई तत्कालै पगाल्नसक्ने गुण हुँदैन । यदि कसैलाई पत्थरीको समस्या छ भने आफ्नो डाक्टरलाई विश्वास गर्नुहोस् । भान्साको उपचार अवस्था झनै बिग्रन सक्छ ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, cambridge.org
रिसर्च लेख, baus.org.uk
रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage