Monday, May 19, 2025

Fact Check

Fact Check: धरान र वीरगंजमा हिन्दूहरु उर्लिँएको भन्दै सामाजिक संजालमा फैलाइयो भ्रामक भिडियो

Written By Aakash Chhetri
Aug 26, 2023
banner_image

दाबी: नेपालमा गाई काटी खान पाइँदैन भन्दै हिन्दू सडकमा उर्लिँदै गरेको दाबी । 
तथ्य: धरान र वीरगंजका दृश्यहरु भन्दै सामाजिक संजालमा फैलाइएका भिडियो नेपालसँग सम्बन्धित छैनन् । 

सुनसरी जिल्लास्थित धरानमा शुक्रबार (२०८० भदौ ०८ गते) मध्यरातदेखि निषेधाज्ञा जारी गरिएको छ । धार्मिक र साम्प्रदायिक विषय तथा स्वास्थ्य जोखिमका कारण धरान अशान्त बन्ने खतरा उत्पन्न भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।  

निषेधाज्ञा जारी भएपछि धरान, इटहरी, विराटनगर लगायतका क्षेत्र शान्त भए पनि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ । धरान उपमहानगरको सीमा क्षेत्र सुरू हुने इटहरी-२० पानीपियाबाट निषेधाज्ञा तोकिएको छ भने यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

यही सन्दर्भमा  सामाजिक संजालमा केही भिडियो अंशहरु द्रुत गतिमा फैलिरहेका छन् । मन्दिर र मानिसहरुको ठूलो भीड देख्न सकिने उक्त दृश्य धरान र वीरगंजको रहेको दाबी गरिएको छ । तर, यी भिडियो अंशहरु धरान र वीरगंजका होइनन् । पूराना र फरक सन्दर्भका भिडियोलाई संवेदनशील समयमा भ्रामक तरिकाले फैलाइएको देखिन्छ ।

जय गोरख नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएको देख्न सकिन्छ । सडकमा देखिएको उक्त मानिसहरुको भीड धार्मिक र्‍याली जस्तो देखिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘हिन्दू राष्ट्र नेपाल, धरान ।’    

त्यस्तै यही खालको अर्को भिडियो पनि सामाजिक संजालमै पोस्ट गरिएको छ । हिन्दू राष्ट्र नेपाल नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पनि मानिसहरुको ठूलो भीड देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘हिन्दू राष्ट्र नेपाल, वीरगंज ।’    

अर्कोतर्फ routine of Salyan नामक टिकटक आइडीमा पनि उस्तै खालको भिडियो पोस्ट गरिएको देखिन्छ । उक्त भिडियोमा गाई काटेर खाएको भन्दै धरानमा हिन्दूहरु सडकमा उर्लिएको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘हिन्दू राष्ट्र नेपाल, वीरगंज । नेपालमा गाई काटी खान पाइँदैन भन्दै ९९ प्रतिशत हिन्दू सडकमा ओर्लिँदै धरानमा ।’     

धरानमा प्रशासनले निषेधाज्ञा जारी गरेको समयमा सामाजिक संजालमा मानिसहरुको भीडसहितका दृश्य फैलाउनु अत्यन्तै संवेदनशील छ । त्यस्तैले दाबीसहितका पोस्टहरुमा देखाइएका दृश्यहरु धरान वा वीरगंजका हुन‍् कि होइनन् भन्ने विषयमा केन्द्रीत रहेर हामीले तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित टिकटकमा फैलाइएका भिडियोहरुमा मानिसहरुको ठूलो भीड देख्न सकिन्छ । झट्ट हेर्दा मानिसहरुको यो भीड धार्मिक र्‍यालीजस्तो देखिन्छ । हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियोको स्कृनसट लिएर गुगल लेन्समा सर्च गर्‍यौँ । 

सर्चको नतिजास्वरुप भारतस्थित पुरीको जगन्नाथ रथयात्राका थुप्रै दृश्यहरू फेला परे । यो रथयात्रा भारतस्थित ओडिसा राज्यको पुरी सहरमा मनाइन्छ । फेला परेको तथ्यका आधारमा हामीले ‘Jagannath Rath Yatra’ ‘Puri’ ‘2023’ लगायतका किवर्ड युट्युबमा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप shiwanikundu नामक युट्युब च्यानलमा पोस्ट गरिएको सर्ट भिडियोमा फेला पर्‍यो । उक्त युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एउटै हो । तर, उक्त भिडियो नेपालको नभई भारतस्थित पुरीको रथयात्रा हो ।

त्यस्तै अर्कोतर्फ Sujata Sabat Padhy नामक ट्विटर आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको देखिन्छ । सुजाता सबत पाध्ये भारतीय जनता पार्टी (भाजपा)को महिला मोर्चा अन्तर्गत सामाजिक सञ्जालको राष्ट्रिय इन्चार्ज पनि हुन् । भिडियोसँगै क्याप्सन पाध्येले लेखेकी छन्- ‘On the auspicious occasion of Rath Yatra 2023, here is wishing you all a Happy Ratha Jatra. May the divine blessings of Mahaprabhu Shri Jagannath be with you always. जय जगन्नाथ ।

फेला परेका तथ्यबाट के पुष्टि हुन्छ भने मन्दिर र मानिसहरुको ठूलो भीड देख्न सकिने उक्त दृश्य धरान र वीरगंजको होइन । भारतस्थित पुरीको जगन्नाथ रथयात्राका दृश्यहरुलाई धरान र वीरगंज भन्दै सामाजिक संजालमा फैलाइएको पाइयो । फरक सन्दर्भका भिडियोलाई संवेदनशील समयमा भ्रामक तरिकाले फैलाइनु निकै घतक देखिन्छ । 

निष्कर्ष

धरान र वीरगंजका दृश्यहरु भन्दै सामाजिक संजालमा फैलाइएका भिडियो नेपालसँग सम्बन्धित छैनन् । भारतमा खिचिएका फरक सन्दर्भका भिडियोलाई संवेदनशील समयमा भ्रामक तरिकाले फैलाइएको पाइयो ।

नतिजा : गलत 

हाम्रा स्रोतहरू

Bbc.com

Sujata Sabat Padhy

shiwanikundu


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage