Monday, May 19, 2025

Fact Check

Fact Check: के लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाइन्छ?

Written By Aakash Chhetri
Feb 18, 2025
banner_image

दाबी: भिडियोमा ‘अब लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाउने’ दाबी गरिएको छ । 
तथ्य: २०८० मा सर्वोच्च अदालतले गरेको फैसलालाई तोडमोड गर्दै सामाजिक संजालमा फैलाइएको छ । 

ट्राफिक प्रहरी देखिने एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ । उक्त भिडियोमा ‘अब लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाउने’ दाबी गरिएको छ । 

हरि राई नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा सवारी साधनसहितका मानिसहरु र ट्राफिक प्रहरीलाई देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘मोटरसाइकल चलाउन अब लाइसेन्स नभएपनि चलाउन पाउने, बिना लाइसेन्स सावधानीपूर्वक चलाउन पाउने ।’

१४ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको भिडियोलाई छोटो समयमै ३० भन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यो भिडियो करिब ९० हजार लाइक आएको सामग्री ५ हजारभन्दा बढी पटक सेयर भइसकेको छ । सामाजिक संजालमा भाइरल भएको यो सामग्री आगामी दिनमा झनै फैलिने देखिन्छ । 

के अब नेपालमा लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाइन्छ त? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

भाइरल भएको भिडियोमा ‘रेड न्युज टिभी’ लेखिएको लोगो देख्न सकिन्छ । साथै भिडियोमा एकजना ट्राफिक प्रहरीले यात्रुहरुलाई निर्देशन गरिरहेका छन् ।

यही दृश्यको आधारमा हामीले ‘रेड न्युज टिभी’ वाक्यांशहरुलाई जाँच गर्‍यौँ । जाँचको नतिजास्वरुप Red Online TV मा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । तर, यो भिडियोमा ‘लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाइने’ दाबीसँग सम्बन्धित छैन ।

ट्राफिक प्रहरीले अघिल्लो वर्षदेखि काठमाडौं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । यही कार्यक्रम अन्तर्गतको भिडियो ‘रेड न्युज टिभी’ नामक फेसबुक पेजमा पनि पोस्ट गरिएको देखियो । 

२० जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा ‘दुई पाङ्ग्रे चालकसँग दुई मिनेट कुराकानी’ लेखिएको छ । यही भिडियोको एउटा अंशलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । 

अर्कोतर्फ हामीले  ‘लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाइने’ दाबीको जाँच सुरु गर्‍यौँ । जाँचका क्रममा केही पुराना समाचारहरु फेला परे ।nepalsamaya.com, drishtinews.com लगायतका सांचार माध्यममा प्रकाशित समाचार अनुसार २०८० सर्वोच्चले अदालतले लाइसेन्स नभएको अवस्थामा सवारीसाधन चलाएर दुर्घटना भएको मुद्दामा फैसला गरेको थियो ।

तर, मुद्दा ‘लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाइने’ दाबीसँग सम्बन्धित छैन । अर्कोतर्फ लाइसेन्स बिनै मोटरसाइकल चलाउने अनुमति कुनैपनि अदालत वा कानुनले दिएको होइन । लाइसेन्स नभएको व्यक्तिले मोटरसाइकल चलाएको र मोटरसाइकल दुर्घटनामा परी पीडितको ज्यान गएको अवस्थामा कस्तो सजाय दिने भन्ने फैसला सर्वोच्च अदालतले गरेको हो ।

अर्कोतर्फ मोटरसाइकल लगायतका सवारीसाधन चलाउनका लागि अनिवार्यरुपमा चालक अनुमतिपत्र (लाइसेन्स) लिनैपर्छ । यदि लाइसेन्स बिनै मोटरसाइकल चलाए कानुनीरुपमा जरिवानाको सजाय तोकिएको छ ।

निष्कर्ष

नेपालमा  ‘लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाइने’ भन्दै पोस्ट गरिएको दाबी भ्रामक छ । २०८० मा सर्वोच्च अदालतले गरेको फैसलालाई तोडमोड गर्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, ekantipur.com
भिडियो, Red Online TV 
समाचार, nepalsamaya.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


RESULT
नेपालमा ‘लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाइने’ भन्दै पोस्ट गरिएको दाबी भ्रामक छ । २०८० मा सर्वोच्च अदालतले गरेको फैसलालाई तोडमोड गर्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage