Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: भारत-पाकिस्तान युद्धमा पहिलो शहीद गोर्खा सैनिक पुरण तामाङ रहेको दाबी ।
तथ्य: भारत-पाकिस्तान युद्धसँग जोड्दै सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । गोर्खा सैनिक पुरण तामाङको निधन युद्धका क्रममा भएको थिएन ।
भारत-पाकिस्तान युद्धसँग जोड्दै एउटा भिडियो सामाजिक संजालमा व्यापक फैलिएको छ । उक्त युद्धमा पहिलो शहीद गोर्खा सैनिक पुरण तामाङ रहेको दाबी गरिएको छ ।
kamala_khadka_katwal12 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भारतीय सैनिकको शव यात्रा देख्न सकिन्छ । भिडियोमा एक महिलाको आवाज पनि सुन्न सकिन्छ, उक्त आवाजमा सैनिक पूरण तामाङको निधन भएको दाबी गरिएको छ ।
साथै दाबीसहितको भिडियोको भिडियोको थमनेलमा लेखिएको छ- ‘भारत पाकिस्तानको युद्धपछि गोर्खा सैनिक पहिलो शहीद तामाङको शव बासकमा आयो ।’
प्रस्तुत भिडियोमा करिब ८० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । लाखौँले हेरिसकेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भइसकेको छ ।
के भारत-पाकिस्तानको युद्धमा परी पुरन तामाङ नामक गोर्खा सैनिकको मृत्यु भएको हो त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको दृश्यलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचका क्रममा Darjeeling Talks नामक फेसबुक पेजमा पोस्ट गरिएको पुरानो भिडियो रिपोर्ट फेला पर्यो ।
२० डिसेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोमा गोर्खा जवान पुरण तामाङको पार्थिव शरीर घर ल्याइपुऱ्याइएको र पूर्ण सैनिक सम्मानसहित अन्तिम संस्कार गरिने जानकारी दिइएको छ । फेला परेको पुरानो भिडियोलाई नै वर्तमान समयमा दाबीसहित पोस्ट गरिएको देखिन्छ ।
फेला परेको नतिजाका आधारमा ‘Puran Tamang Death’ ‘Indian Army Soldier’ ‘Gorkha’ वाक्यांश जाँच गर्दा थप स्रोतहरु फेला परे ।
Siliguri Times फेसबुक पेजमा २० डिसेम्बर २०२४ मा पोस्ट गरिएको दृश्यमा भारतीय सेनाका जवान पुरन तामाङको निधन भएको जानकारी दिइएको छ । साथै टाइम्स अफ इन्डियाले पनि दुर्घटना र पुरन तामाङबारे सामाचार प्रकाशित गरेको पाइयो ।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार, ६ डिसेम्बर २०२४ का दिन देहरादूनबाट मेरठतिर जाने भारतीय सेनाको एक ट्रक उत्तर प्रदेशको मुजफ्फरनगर-सहारनपुर हाइवेमा आगलागीमा परेको थियो । ट्रकमा ६ जना सैनिक थिए, जसमा पूरन तामाङ समेत थिए । आगोबाट बच्न ट्रकबाट निस्कने क्रममा पूरन तामाङ गम्भीर घाइते भए । द भ्वाइस अफ सिक्किमको रिपोर्ट अनुसार घाइते भएपछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको निधन भयो ।
फेला परेका समाचार अनुसार पुरन तामाङ भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नायक पदमा थिए । उनी कालिम्पोङ, पश्चिम बङ्गालको गोरुबथानस्थित अम्बिओक चिया बगानका बासिन्दा थिए, जो नेपालको सिमानाबाट नजिक छ ।
भारत-पाकिस्तान युद्धसँग जोड्दै सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । गोर्खा सैनिक पुरण तामाङको निधन युद्धका क्रममा भएको थिएन । २०२४ डिसेम्बरमा भएको ट्रक दुर्घटनाको घटनालाई हालै भारत-पाकिस्तानको तनाबसँग जोडिएको दिखियो ।
भिडियो, Darjeeling Talks
समाचार, Siliguri Times
समाचार, timesofindia.indiatimes.com