Saturday, April 20, 2024
HomeFact Check‘चिच्याइदिने’ धम्की दिँदै युवतीले गाडी चालकलाई लुट्न खोजिन्, के यो घटना वीरगंज-रक्सौलमा...

‘चिच्याइदिने’ धम्की दिँदै युवतीले गाडी चालकलाई लुट्न खोजिन्, के यो घटना वीरगंज-रक्सौलमा घटेको हो ?

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको एउटा दाबीले ध्यान खिच्यो । सहजादा जैन नामक आइडीमा भेटिने भिडियोलाई अग्रेजी भाषामा ‘वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड’ भन्दै चिनाइएको छ । लिफ्ट मागेर गाडीभित्र बसेकी एक युवतीले चालकलाई आफूसँग भएको सबै कुरा दिन धम्की दिइरहेकी हुन्छिन् र नदिए ‘चिच्याइदिने’ धम्की पनि दिइरहेकी हुन्छिन् तर गाडी चलाइरहेका व्यक्तिले केही नदिने अडान राखिरहेका हुन्छ ।

हिन्दी भाषामा भएको वार्तालाप यस्तो छ : 

युवती : तैँले लगाइरहेको सबै निकाल, पैसा निकाल ।

गाडी चलाइरहेको व्यक्ति : एक मिनेट..एक मिनेट…पछाडि…

युवती : के !

गाडी चलाइरहेको व्यक्ति : के  !

युवती : पैसा निकाल नत्र अहिले भर्खरै चिच्याउन थाल्छु फेरि ।

गाडी चलाइरहेको व्यक्ति : किन चिच्याउछेस् ?

युवती : तैँले मलाई लगेर दुर्व्यवहार गरिरहेको… 

गाडी चलाइरहेको व्यक्ति : ए,यही कामको लागि लिफ्ट लिएको ?

युवती : दिमाग खराव नगर खुरुक्क पैसा निकाल ! (झ्यातिर फर्किदै)

गाडी चलाइरहेको व्यक्ति : एक मिनेट ! बिस्तारै..

युवती : म चिच्याउन थाल्छू अनि तेरो बिस्तार निस्किन्छ…

गाडी चलाइरहेको व्यक्ति : धम्की दिएको…?

युवती : हो, धम्की दिएको के गर्छस् ?

गाडी चलाइरहेको व्यक्ति : लिफ्ट लिएर यही काम गर्छेस् तँ ?

युवती : अँ, म यही काम गर्छु !

गाडी चलाइरहेको व्यक्ति : म दिन्न

युवती : तँ दिन्छस् ।

गाडी चलाइरहेको व्यक्ति : यसरी कसरी लिन सक्छेस् तँ मेरो पैसा ? 

यतिकैमा भिडियो सकिन्छ ।

दुई जनाबीचको वार्तालाप रहेको यो भिडियोलाई वीरगंज-रक्सौल सीमा क्षेत्रमा भएको घटनाका रुपमा प्रस्तुत गरिएको छ । ३ डिसेम्बरमा पोस्ट भएको  यो भिडियोमा एक हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । भिडियोको थमलेनमा अंग्रेजी र हिन्दी भाषामा एउटा जानकारीसमेत दिइएको छ । त्यहाँ लेखिएको छ,‘वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड : यस्ता युवतीले सम्पूर्ण नारीलाई अपमानित गरिरहेका छन्, सोचेर सम्झेर कसैलाई सहयोग गर्नुहोस् ।’

नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुमाझ यो दाबीसहितको भिडियो फैलिरहेको र भिडियोमा गरिएको दाबी नेपालसँग पनि जोडिएका कारण हामी यो भिडियोमाथि तथ्यजाँच गरेका छौँ ।

तथ्य जाँच / प्रमाणीकरण

वीरगंज नेपालकै ठूलो शहरमध्येको एउटा शहर हो । पर्सा जिल्लामा पर्ने यो प्रसिद्ध शहरसँगै नेपाल-भारत रक्सौल नाका जोडिएको छ । सामाजिक संजालमा भेटिएको माथिको भिडियोमा गरिएको दाबी पनि यही वीरगंज-रक्सौल नाकासँग जोडिएको छ ।

माथि देखाइएको घटना वीरगंज हुँदै भारतको रक्सौलसम्म पुग्ने सडकमा यो घटना घटेको दाबी भिडियोमा छ । भिडियोमा गरिएको दाबी जाँच गर्दा केही स्रोतहरू भेटिए । ती स्रोतहरूले टिकटक भिडियोमा गरिएको दाबीभन्दा अलग तथ्य अगाडि राखेका छन् ।

Engineers official नामक युट्युब च्यालनले दुई महिनाअघि टिकटकमै देखाइएको पोस्ट गरिएको थियो । ३ अक्टोबारमा पोस्ट भएको उक्त भिडियो टिकटकको भिडियोभन्दा ३ मिनेट लामो छ । यो युट्युबमा पोस्ट गर्दा हेडलाइमा ती युवतीलाई ‘दिल्ली गर्ल’को रुपमा चिनाइएको छ । ३ मिनेट ४० सेकेन्ट लामो उक्त भिडियोमा हेडलाइन राखिएको छ,‘Be aware| ये नया धंदा बना लिया अब ।Delhi girl asking lift then asking money| Big fraud

सडकमा गुडिरहेको गाडीलाई एक युवतीले लिफ्ट माग्छिन् र गाडी अगाडि बढेपछि ती युवती र गाडी चलाइरहेको व्यक्तिबीच सामान्य कुराकानी हुन्छ । त्यसपछि अचानक युवतीले ‘तैँले लगाइरहेको सबै निकाल, पैसा निकाल’ भनेपछि दुबैबीच विवाद हुन्छ । 

हो, यही दृश्यलाई टिकटकमा राखेर ‘वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड’का रुपमा देखाइएको छ । पछि युवतीले गाडीमा भिडियो रेकर्ड भइरहेको थाहा पाउँछिन् र गाडीमा रहेका व्यक्तिहरूले ती युवतीलाई धम्की दिएर गाडीबाट उतारिदिन्छन् । यो दृश्य टिकटकमा देखिएको छैन ।

उक्त भिडियो पोस्ट गर्ने युट्युब च्यानलले ‘दिल्ली गर्ल’ बाहेक घटना भएको स्थानबारे खुलाएको छैन । अर्कोतर्फ भिडियोमा देखिएको घटना वास्तविक घटना हो कि होइन भन्ने विषय प्रष्ट भएको छैन । किनकि यो युट्युब च्यानल वास्तविक घटनाप्रधान च्यानल होइन । यो च्यानलले आफ्नो बारेमा अंग्रेजी भाषामा लेखेको छ,‘धेरै हाँस्नुहोस् र खुसी हुनुहोस् ।’  

साथै उक्त युट्युब च्यानलले यो भिडियो जागरुकताका लागि पोस्ट गरेकोसमेत स्वीकारेको छ । भिडियोको डिस्क्रिप्सनमा लेखिएको छ,‘यस्ता युवतीहरुसँग सचेत हुनुहोस् । त्यसैले मानिसहरू अहिले लिफ्ट दिन पनि डराउँछन् । यो भिडियो तपाईँको जागरूकताको लागि अपलोड गर्दै सुरक्षित रहनुहोस् साथीहरू ।’

यही भिडियो अर्को युट्युब च्यानलले पनि अपलोड गरेको देखिन्छ । Rao sharad vlog नामक उक्त युट्युब च्यानलले १ मिनेटको अपूरो भिडियो पोस्ट गरेको हो । माथिको च्यानलभन्दा ढिलागरी पोस्ट गएको यो भिडियोको हेडलाइन पनि उस्तै नै छ । हेडलाइन छ,‘delhi girl asking lift then asking money for fraud’

टिकटकमा फैलिरहेको भिडियोको मूल स्रोत युट्युबमा भेटिएका भिडियोहरू नै हुन् भन्ने प्रमाणित भइसकेको छ । ती स्रोतहरूलाई आधार मान्ने हो भने यो भिडियो वीरगंज-रक्सौल सडकको होइन भन्ने प्रष्ट हुन्छ । तर, सबैभन्दा पहिले पोस्ट गरिएको भिडियोमा च्यानलका केही दर्शकले ‘स्क्रिप्टेड’को शंज्ञा दिँदै कमेन्ट गरेका छन् । अरु स्रोतहरू नभेटिँदा भिडियोमा देखिएको घटना वास्तविक हो कि हैन भन्ने विषय पुष्टि भएन । 

निष्कर्ष :

वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड भनेर भिडियोमा गरिएको दाबी सत्य होइन । भिडियोमा देखाइएको वार्तालाप भारतको राजधानी दिल्ललीमा घटेको घटनामा आधारित रहेको केही स्रोतहरू भेटिए । तर, भिडियोमा देखाइएको घटना वास्तविक हो कि सचेतनाका लागि बनाइएको हो भन्ने कुरा पुष्टि हुन सकेन । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Engineers official  : Delhi girl asking lift then asking money

Rao sharad vlog : delhi girl asking lift then asking money for fraud 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Exit mobile version