HomeFact Checkसुकुम्बासी बस्तीको घटना जोडेर तयार पारियो भ्रामक सामग्री, ‘गोली हानाहान’ भएको दाबी

सुकुम्बासी बस्तीको घटना जोडेर तयार पारियो भ्रामक सामग्री, ‘गोली हानाहान’ भएको दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

१ घण्टाअघि मात्र सामाजिक संजालमा पोस्ट गरिएको एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा एउटा अडियो पनि जोडिएको छ, जसमा गोली चलेक आवाज सुनिन्छ । काठमाडौँस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा ‘गोली हानाहान’ भएको दाबी यस सामग्रीमा गरिएको छ । 

​​bhandari999 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोसहितको सामग्रीमा मानिसहरू भागदौड गरिरहेको अवस्थामा देखिएका छन् । यही क्रममा कतैबाट धेरै गोलीहरू चलेको आजाव पनि आइरहेको छ र भिडियोको थमनेलमा ‘गोली हानाहान’ भएको जानकारी दिइएको छ । 

भिडियोको थमनेलमा लेखिएको छ- ‘काठमाडौँ सुकुम्बासी बस्ती हटाउन खोज्दा गोली हानाहान ।’ 

दाबीसहितको प्रस्तुत सामग्री एक घण्टाअघि मात्रै पोस्ट गरिएको कारण यसको फैलावट व्यापक छैन । तर, समयसँगै उक्त दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिने सम्भावना प्रवल देखिन्छ । त्यसैले हामीले प्रस्तुत दाबीसहितको सामग्रीमाथि जाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

मंसिर १२ गते काठमाडौंको थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा झडप भयो ।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोलीले सुकुम्बासी बस्तीलाई खाली गराउन खोजेपछि स्थानीयहरु प्रतिरोधमा उत्रिएका थिए । 

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगर प्रहरीको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेका थिए र उक्त झडपमा परी काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहित अन्य व्यक्तिहरू घाइते भएका थिए । त्यसपछि घटनास्थलबाट फर्किएको डोजरसहितको टोली यो सामग्री तयार पार्दासम्म उक्त बस्तीमा पसेको छैन ।

यही घटनाक्रमकैबीच सुकुम्बासी बस्ती हटाउन खोज्दा ‘गोली हानाहान’ भएको दाबीसहितको सामाग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । यसमाथि जाँच गर्दैगर्दा हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको मूल अंश पत्ता लगाउने कोशिस गर्‍यौँ । 

दाबीसहितको सामग्रीमा एउटा लोगो देखिएको छ । उक्त लोगोमा ‘Intertenment’ शब्दमात्रै हामीले बुझ्यौँ । यही आधारमा हामीले युट्युबमा ‘सुकुम्बासी intertenment’ वाक्यांश सर्च गर्‍यौँ । किवर्ड सर्चको परिणामस्वरुपमा हामीले FunFunny Entertainment नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पार्यौँ ।

‘सुकुम्बासी बस्तीमा Balen को टोलीमाथि ढुङ्गामुडा ! घाइते भएका राजु पाण्डे बोले मर्न पनि तयार छौ !’ शीर्षकसहित पोस्ट गरिएको भिडियोमा सुकुम्बासी बस्तीमा भएको झडपको दृश्य देखाइएको छ । तर, उक्त भिडियोमा गोली चलेको संकेतसमेत देखिँदैन ।

युट्युबमा च्यानलमा पोस्ट गरिएको मूल भिडियोलाई सरसर्ती हेर्दा त्यहाँ गोली चलेको आवाज सुनिएको छैन । तर, सोही दृश्यलाई काटेर टिकटकमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा भने गोली चलेको आजाव जोडिएको छ । 

यस तथ्यबाट के प्रष्ट हुन्छ भने गोली चलेको आवाज पछि टिकटकबाटै जोडिएको हो । सुकुम्बासी बस्तीमा भएको झडपमा गोली नचलेको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । युट्युब च्यानलमा पोस्ट गरिएको झडपको भिडियोलाई छाँटकाँट गरेर गोली चलेको आवाज जोड्दै भ्रामक सामग्री तयार पारेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।   

निष्कर्ष

काठमाडौँको सुकुम्बासी बस्ती हटाउन खोज्दा गोली हानाहान भएको दाबी गलत छ । झडपको भिडियोलाई छाँटकाँट गरेर गोली चलेको आवाज जोड्दै भ्रामक सामग्री तयार पारिएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Kathmandu Metropolitan City

Ekantipur

FunFunny Entertainment

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version