Sunday, May 11, 2025

Fact Check

Fact Check: हेलिकोप्टर दुर्घटना भन्दै विदेशको भिडियो सामाजिक संजालमा फैलाइयो 

Written By Aakash Chhetri
Apr 25, 2023
banner_image

Claim

image

Fact

image

तथ्य: अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना भएको छ (भिडियो) ।
दाबी: बोलिभियन वायुसेनाको हेलिकोप्टर असन्तुलित हुँदा देखिएको पूरानो दृश्यलाई अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना भएको दाबीका साथ सामाजिक संजालमा
फैलाइएको पाइयो ।

हेलिकोप्टर दुर्घटना सम्बन्धी एउटा भिडियोसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा एउटा हेलिकोप्टरले सन्तुलन गुमाएको दृश्य जोडिएको छ र अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना भएको दाबी गरिएको छ ।

Beautiful.airlines.crew नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा सेतो रंङको हेलिकोप्टरले सन्तुलन गुमाएको देखिन्छ । उक्त सामग्रीमा भिडियोसँगै एउटा अडियोसमेत सुन्न सकिन्छ ।

समाचार शैलीको उक्त अडियोमा भनिएको छ-  ‘अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ, ९ एन–एएमबी कल साइनको हेलिकोप्टर दुर्घटनामा परेको हो । बेस क्याम्पबाट पोखरा फर्कने क्रममा ढिस्कोमा परेर दुर्घटनामा परेको बताइएको छ, दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते ।’ 

२ दिनअघि पोस्ट गरिएको सामग्रीमा ३५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त सामग्रीलाई ३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । 

हेलिकोप्टर दुर्घटना भएको सूचनासहित पोस्ट गरिएको भिडियो संवेदनशील रहेको देखिन्छ । हेलिकोप्टर दुर्घटना भएको दृश्य नै संवेदनशील रहेका कारण हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितको सामाग्रीमा एउटा हेलिकोप्टर उडिरहेको दृश्य देख्न सकिन्छ । उक्त हेलिकोप्टरले केही समयमा सन्तुलन गुमाउँछ । प्रस्तुत दृश्यसँगै एउटा अडियो सुनिन्छ र उक्त अडियोमा अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकप्टोर दुर्घटना भएको दाबी गरिएको छ ।

दाबीसहितको सामग्रीमा रहेको भिडियोको संवेदनशीलतालाई ख्याल गर्दै हामीले सबैभन्दा पहिले भिडियोको वास्तविकता जाँच गर्ने जमर्को गरेका छौँ । जसको लागि हामीले भिडियोको स्क्रिनसट लिएर त्यसलाई गुगल लेन्समा सर्च गर्‍यौँ । गुगल लेन्स सर्चको नतिजास्वरुप 3 Minutes of Aviation नामक युट्युब च्यानलमा पोस्ट गरिएको हेलिकोप्टर दुर्घटनाको भिडियो फेला पर्‍यो ।

करिब १ वर्षअघि अर्थात् २७ अप्रिल २०२२ मा पोस्ट गरिएको एउटा दृश्य र माथि उल्लेखित दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियो एउटै घटनाको देखिन्छ । बोलिभियन वायुसेनाको इसी १४५ टेल रोटर  हेलिकोप्टर टेक अफपछि नियन्त्रण बाहिर गएको जानकारी उक्त युट्युब च्यानलमा दिइएको छ । 

https://www.youtube.com/watch?v=g0Q51FINT-A

अन्य स्रोतहरूको खोजी गर्ने क्रममा माथि उल्लेखित युट्युब च्यानलमा दिइएको जानकारीका आधारमा हामीले थप किवर्ड सर्च गर्‍यौँ । गुगलमा ‘bolivian air force helicopter out of control’ किवर्ड सर्च गर्दा केही उपलब्धिजनक नतिजा फेला परे । जसमध्ये aljazeera मा प्रकाशित एउटा समाचारमा हाम्रो ध्यान केन्द्रीत भयो ।  

५ नोभेम्बर २०१९ मा प्रकाशित उक्त समाचारमा बोलिभियाका राष्ट्रपति इभो मोरालेसलाई बोकेको हेलिकोप्टर मेकानिकल समस्याका कारण आपतकालीन अवतरण भएको जानकारी दिइएको छ । उक्त समाचारमा एउटा भिडियो पनि समावेश गरिएको छ, सो भिडियोमा देखिने दृश्य र माथि उल्लेखित सामग्रीको भिडियो दृश्य एउटै घटनाका हुन् ।

अब बाँकि रह्यो, दाबीसहितको सामग्रीमा जोडिएको अडियोको सन्दर्भ । अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकप्टोर दुर्घटना भएको दाबी गरिएको छ । यही दाबीलाई गुगलमा सर्च गर्दा केही समाचार फेला परे । nepallive मा प्रकाशित एउटा समाचारमा पोखराबाट धौलागिरि हिमालको आधारशिविरका लागि उडेको हेलि एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिइएको छ । 

चैत २६, २०७९ मा प्रकाशित उक्त समाचारमा हेलिकोप्टर अवतरणका क्रममा असन्तुलित बन्दा पछाडिको भाग जमिनमा ठोक्किएको जानकारी दिइएको छ । दुर्घटनाग्रस्त  हेलिकोप्टरलाई क्याप्टेन प्रिया अधिकारीले उडाएको जानकारी उक्त समाचारमा छ । अर्कोतर्फ यही जानकारी माथि उल्लेखित दाबीसहितको सामाग्रीमा पनि भनिएको थियो ।

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने केही साताअघि धौलागिरि हिमालको आधारशिविरका लागि उडेको हेलि एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको सन्दर्भलाई दाबीसहितको सामग्रीमा भ्रामक तरिकाले प्रस्तुत गरिएको छ ।   

निष्कर्ष

बोलिभियन वायुसेनाको हेलिकोप्टर असन्तुलित हुँदा देखिएको पूरानो दृश्यलाई अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना भएको दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । फरक सन्दर्भको पूरानो भिडियोलाई अपूर्ण जानकारीका साथ सामाजिक संजालमा फैलाइनुले भ्रामक सन्देश प्रवाह गरेको छ ।   

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Aljazeera
3 Minutes of Aviation
Nepallive


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage