Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: दूधभन्दा बियर पिउनु फाइदाजनक भएको दाबी ।
तथ्य: दूधमा हड्डी र मांसपेशीको स्वास्थ्यलाई फाइदा पुर्याउने पोषक तत्वहरू पाइन्छन् । बियर सेवन गर्नुभन्दा सन्तुलित मात्रामा दूध पिउनु धेरै फाइदाजनक छ ।
दूध र बियर सेवनसँग सम्बन्धित केही समाचारहरु सामाजिक संजालमा फेला परेका छन् । ती सामग्रीहरुमा दूधभन्दा बियर पिउनु फाइदाजनक भएको दाबी गरिएको छ ।
Bises Khabar नामक फेसबुक पेजमा पोस्ट गरिएको समाचारमा दूधभन्दा बियर पिउनु फाइदाजनक भएको दाबी गरिएको छ ।
हालसालै पोस्ट गरिएको भिडियोमा समाचार वाचिकाले भनेकी छन्- ‘दूधभन्दा बियर पिउनु फाइदाजनक भएको पाइएको छ । पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा) ले दूधभन्दा बियर पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने गरेको दाबी गरेको छ । पेटाका अनुसार बियरले हड्डी बलियो बनाउनुका साथै आयु पनि बढाउँछ । बियरमा रहेको गहुँ, मकै र धानका पोषक तत्वहरुका साथै फाइबर, क्याल्सियम र आइरनले शरीरलाई फाइदा पुर्याउने बताइएको छ ।’
त्यस्तै ratopati.com मा प्रकाशित पुरानो समाचारमा पनि सोही दाबी गरिएको छ । ६ पुस २०७६ मा प्रकाशित समाचारमा पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा)लाई उदृत् गर्दै बियर पिउँदा हड्डी मात्र होइन आयु पनि बढ्ने दाबी गरिएको छ ।
के मानव स्वास्थ्यका लागि दूधभन्दा बियर पिउनु फाइदाजनक छ त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
मानव स्वास्थ्यका लागि दूधभन्दा बियर पिउनु फाइदाजनक भन्ने दाबी गलत छ । दूधले शरीरलाई प्रोटिन, क्याल्सियम, भिटामिन डी र भिटामिन बी१२ प्रदान गर्दछ । यी पोषकतत्वहरु हड्डी र मांसपेशी स्वास्थ्यको लागि आवश्यक छन् । बियरमा केही पोषक तत्वहरूको थोरै मात्रा हुन्छ । तर बियरभन्दा तुलनात्मक रूपमा दूध आवश्यक पोषक तत्वहरूको उच्चतम् स्रोत हो ।
रक्सीको सेवनले हड्डीको स्वास्थ्यमा कस्तो असर गर्छ भनेर अनुसन्धान भइरहेको छ । बियरको सेवनले हड्डी भाँचिने जोखिम कम हुनसक्ने सिमित अध्ययनहरूले सुझाव दिएका छन् । यद्यपी धेरैजसो अध्ययनहरूले रक्सीलाई ओस्टियोपोरोसिसको बढ्दो जोखिमसँग जोड्छन् ।
मदिरा सेवनले ओस्टियोपोरोसिस हुने सम्भावना बढाउँछ । बियरमा सिलिकन हुन्छ, जसले हड्डीको स्वास्थ्यलाई सहयोग गर्न सक्छ तर जोखिमको तुलनामा फाइदाहरू न्यून छन् । हड्डीको स्वास्थ्य सुधार गर्ने विधिको रूपमा बियरलाई सेवन गर्न सुझाव दिनु भ्रामक छ ।
बियर सेवनले आयु बढाउन सक्छ भन्ने दाबी गलत छ । बियरको मध्यम मात्रा सेवनले मुटुको स्वास्थ्यमा केही फाइदा पुर्याउन सक्छ तर अत्यधिक मदिरा सेवनले कलेजोको रोग, मुटुको रोग र क्यान्सर जस्ता गम्भीर समस्याहरू निम्त्याउँछ ।
मानिसका लागि दूधभन्दा बढी बियर फाइदाजनक छ भन्ने दाबी गलत छ । बियरमा थोरै मात्रामा पोषक तत्व हुन सक्छन् तर यसमा रहेकोअल्कोहलको मात्राले स्वास्थ्यमा ठूलो जोखिम निम्त्याउँनसक्छ । दूधमा हड्डी र मांसपेशीको स्वास्थ्यलाई फाइदा पुर्याउने पोषक तत्वहरू पाइन्छन् । बियर सेवन गर्नुभन्दा सन्तुलित मात्रामा दूध पिउनु धेरै फाइदाजनक छ ।
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
रिसर्च लेख, cdc.gov/alcohol
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।