Wednesday, July 2, 2025

Fact Check

अर्थमन्त्री जनार्दन शर्मा तीज गीतमा नाचेको भिडियो सामाजिक संजालमा फैलियो, ‘सीसीटीभी फूटेज’सँग सम्बन्धित रहेको दाबी  

banner_image

पछिल्लो समय सामाजिक संजालमा एउटा दृश्यसहितको सामग्री फैलिएको छ, जसमा अर्थमन्त्री जनार्दन शर्मा तीजको गीतमा नाचिरहेको देखिन्छ । शर्माले एक खुसीयालीमा उक्त नाँच प्रदर्शन गरिरहेको दाबी गरिएको छ । 

@बि- भूषण पौडेल नामक टिकटक आइडीमा फैलिएको दाबीसहितको भिडियोको थमनेलमा लेखिएको छ,‘सीसीटीभी फूटेजमा १०० मा १०० अंक ल्याएपछिको खुसीयाली हो रे नि त ।’   

तीन हप्ताअघि पोस्ट गरिएको उक्त सामग्रीमा साढे ३५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १२० भन्दा बढी प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । 

महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा अर्थमन्त्री तीजकै गीतमा नाचेको देखिनु र सीसीटीभी फूटेजको प्रसंगसहित दाबी पेश हुनुले प्रस्तुत सामग्रीलाई महत्वपूर्ण बनाएको छ । यही कारण हामीले उक्त सामग्रीमाथि तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका अर्थमन्त्री जनार्दन शर्मा पछिल्लो समय ‘सीसीटीभी फूटेज’का कारण चर्चामा रहे । बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिमार्फत् बजेट चलाएकाे आराेपसहित संचार माध्यमहरूले समाचार प्रकाशित गरेपछि  ‘सीसीटीभी फूटेज’ वाक्यांश चर्चामा आएको हो ।

३० जेठ २०७९ को अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो…’ शीर्षकको समाचार छापिएपछि अर्थमन्त्री शर्माले उक्त समाचारको खण्डन गरे । २ असार, २०७९ मा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले प्रतितिनिध सभामा बजेट निर्माणका क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको प्रष्ट पारे । त्यस लगत्तै सीसीटीभी फूटेजको प्रसंग बाहिर आयो । सांसदसँगै विभिन्न दलका तथा नागरिक समाजका अगुवाहरूले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको जाँच गर्नुपर्ने माग राखे ।

त्यसपछि उपभोक्ता हित संरक्षण मञ्चले २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै निवेदन दियो । तर, अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांक महाशाखाले निवेदकमाथि जवाफ दिँदै मन्त्रालयका सीसीटीभी फुटेज १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जाने प्रष्ट पारिदियो । 

चारैतिर आलोचना भएपछि २२ असार २०७९ मा शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिए । सोही दिन उनीमाथि छानविन गर्न संसदीय छानविन विशेष समिति गठन भयो । २०७९ श्रावण १३  गते संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन सभामुख अग्नी सापकोटालाई बुझाउँदै सदनमा पेश गर्‍यो ।   

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको विषयमा छानविन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले अर्थमन्त्री शर्मा निर्दोश रहेको निष्कर्ष निकाल्यो । सदनमा पेश गरिएको उक्त प्रतिवेदनमा बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नता नरहेको उल्लेख गरिएको छ। 

अर्कोतर्फ उक्त प्रतिवेदनमा प्रमुख प्रतिपक्ष दल (नेकपा) एमालेका तर्फबाट छानविनमा संलग्न सांसदहरुले भने फरक मत राखे। त्यसपछि १५ साउन, २०७९ मा जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त भए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन्।

माथि उल्लेखित सामाजिक संजालमा फैलिएको सामग्रीको दाबी यही विन्दूमा आएर टुंगिएको छ । सीसीटीभी फूटेजमा सय अंश ल्याएको खुसीयाली भन्नुले उक्त प्रकरणबाट जनार्दन शर्माले सफाई पाएको भन्ने बुझिन्छ । के शर्माले बजेट प्रकरणबाट सफाइ भएपछि उक्त नाँच प्रदर्शन गरेका थिए त ?

प्रस्तुत दाबीको जाँच गर्न हामीले सबैभन्दा पहिले युट्युबको सहायता लियौँ । ‘janardan sharma dance’ किवर्ड सर्च गर्ने वित्तिकै हामीले मूल भिडियो प्रप्त गर्‍यौँ । 

GS Nepal नामक युट्युब च्यानलमा ‘nepali Local Dance By Janardan sharma and krishna Kandel जनार्दन र कृष्ण कडेलको यस्तो बबाल डान्स’ शीर्षकसहित उक्त भिडियो पोस्ट गरिएको छ । तर, उक्त भिडियो अहिलेको भने होइन,  सो भिडियो २ वर्षअघि अर्थात् १६ जुलाई २०२० मा पोस्ट गरिएको युट्युबमा देखिएको छ । 

प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने शर्माले बजेट प्रकरणबाट एक महिनाअघि मात्र सफाई पाएका थिए भने उक्त भिडियो २ वर्षअघि सामाजिक संजालमा पोस्ट भइसकेकाे देखिन्छ । त्यस्तै मूल भिडियोमा जनार्दन शर्मा तीजको गीतमा नाचेको देखिँदैन । उनि पश्चिम नेपालको स्थानीय लोक गीतमा लाचेको देखिन्छ ।  त्यसैले माथि उल्लेखित दाबी भ्रामक छ ।

निष्कर्ष

दाबीसहितको सामग्रीमा देखिएको जनार्दन शर्माको नाँच सीसीटीभी फूटेजसँग सम्बन्धित छैन । दुई वर्ष पहिले नै पोस्ट गरिएको भिडियोलाई तोडमोड गर्दै तीजको गीत जोडेर सामाजिक संजालमा फैलाइएको छ । यसले उक्त सामग्रीलाई भ्रामक बनाएको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Ekantipur

Annapurnapost

Himalkhabar

Onlinekhabar

Nagariknews

Setopati

GS Nepal


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

881

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage
cookie

Our website uses Cookies

We use cookies and similar technologies to help personalise content,tailor and measure ads, and provide a better experience. By clicking OK or turning an option on in Cookie Preferences, you agree to this, as outlined in our Cookie Policy.