Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट फेला परेको छ । उक्त पोस्टमा एउटा स्ट्याटस र अर्को लहरै लहरा भएको बनस्पतिको तस्बिर देखिन्छ । तस्बिरमा देखिएको लहराको नाम आकाशबेली हो ।
आकाशबेलीलाई नेपालमा जन्डिस उपचारका लागि घरेलु औषधीको रुपमा सेवन गर्ने गरिन्छ । कृषि गुरु Krishi Guru नामक फेसबुक पेजमा पोस्ट गरिएको स्ट्याटसमा आकाशबेली जन्डिस रोगको उपचारमा प्रयोग गरिने दाबी गरिएको छ । उक्त स्ट्याटसमा लेखिएको छ- ‘जन्डिसको उपचारमा प्रयोग हुने तर घर बरिपरि बिरुवालाई सताउने यो के हो भन्नुहोस ?’
कुस्कुटा जीनसको प्रतिनिधित्व गर्ने यस बनस्पतिलेको कुनै पात हुँदैन । आकाशबेली एक परजीवी वनस्पति हो, जसले आफ्नो आहार तथा पोषण अन्य बिरुवाहरुबाट प्राप्त गर्दछ । आकाशबेलीलाई जन्डिसको उपचारमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा हामीले यो सामग्री तयार पारेका छौँ ।
आकाशबेलीमा एन्टी-एजिंग, एन्टीक्यान्सर, एन्टिहाइपरटेन्सिभ, एन्टि-इन्फ्लेमेटरी, एन्टिओस्टियोपोरोटिक, एन्टिअक्सिडेन्ट, हेपाटोप्रोटेक्टिव, इम्युनोमोड्युलेटरी, इम्युनोस्टिमुलेन्ट र स्मरणशक्ति बढाउने गुणहरू रहने उपलब्ध अनुसन्धानमा उल्लेख छ । यी रसायनिक गुणहरूले यी जन्डिसको गम्भीरतालाई केही हदसम्म कम गर्न सक्छन् ।
यससँगै आकाशबेलीमा फ्लेभोनोइड्स, एल्कालोइड्स, लिग्नान, सेपोनिन, फेनोलिक, ट्यानिन्स र फ्याटी एसिडहरू हुन्छन् । यी रसायनहरूले केही मानिसहरूमा भएको जन्डिसलाई केही निष्क्रिय पार्न सक्छन् ।
जन्डिसको हल्का लक्षण देखिएका केही रोगी आकाशबेलीमार्फत् गरिएको घरेलु उपचारले निको हुन सक्छन् । तर, जन्डिस निको पार्न मानिसहरूले आकाशबेलीकै भर पर्नु उत्तम निर्णय हुँदैन । Pharmeasy.in वेबसाइटले जन्डिस चाँडै फैलनसक्ने भएकाले यसको घरेलु उपचार मात्र घातक साबित हुन सक्ने निष्कर्ष निकालेको छ ।
यी दुबै तथ्यबाट के प्रष्ट हुन्छ भने जन्डिसको घरेलु उपचार गर्दा आकाशबेली प्रभावकारी हुन पनि सक्छ तर जन्डिसको गम्भीरता र कारण बुझ्नको लागि डाक्टरसँग सम्पर्क गर्नु नै सुरक्षित हुन्छ ।
अर्कोतर्फ जन्डिसको उपचारको लागि आकाशबेलीमा मात्रै भर पर्नु र उचित उपचार नखोज्नु घातक हुन सक्छ । आकाशबेली एक परजीवी बनस्पति हो, जसलाई स्वास्थ्य पेशेवरको सल्लाह विना सेवन गर्नु हुँदैन ।
आकाशबेलीमा रहेका पदार्थले एन्टिकोलिनर्जिक विषाक्तता निम्त्याउन सक्छन् । यसले मानिसको आन्द्रा र मानसिक अवस्थामा क्षति पुर्याउन सक्ने चेतावनी हामीले फेला पारेका तथ्यले देखाएका छन् ।
जन्डिसको घरेलु उपचार गर्दा आकाशबेली प्रभावकारी हुन पनि सक्छ तर जन्डिसको गम्भीरता र कारण बुझ्नको लागि डाक्टरसँग सम्पर्क गर्नु नै सुरक्षित हुन्छ ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]