HomeFact Checkअहिले सामाजिक संजालमा पोस्ट हुँदै चुनावमा खिचिएको भिडियो, माधव नेपाल लखेटिएको दाबी  

अहिले सामाजिक संजालमा पोस्ट हुँदै चुनावमा खिचिएको भिडियो, माधव नेपाल लखेटिएको दाबी  

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल आफ्नै गृहजिल्ला रौतहटबाट लखेटिएको दाबी गर्ने सामग्रीहरू सामाजिक संजालमा पोस्ट भइरहेका छन् । भिडियोमा एउटा गाडी देखिएको छ र केही मानिसहरूले नेपालविरुद्ध नारा लगाइरहेका छन् ।

बुधबार बिहान माओवादी युद्धकालमा बालसेना रहेका लेनिन बिष्टको फेसबुक पेजमा सो दाबीसहितको भिडियो पोस्ट गरियो । भिडियोसँगै स्ट्याटस लेखिएको छ – ‘रौतहटबाट पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल लखटिए । अब सबै जिल्लाका युवा जागरुक बनौँ ।’

प्रस्तुत पोस्ट सामाजिक संजालमा द्रुत गतिमा फैलियो । पोस्ट भएको १ दिनमै  उक्त भिडियो सामग्रीमा साढे २ सयभन्दा बढीले कमेन्ट गरिसकेका छन् । उक्त पोस्टमाथि कमेन्ट गर्ने अधिकांश प्रयोगकर्ताले भिडियोलाई ताजै घटनाको रुपमा लिएको देखिन्छ । साेही अवधिमा उक्त पोस्टमा २५ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । 

यसैगरी माधव नेपाल आफ्नै गृहजिल्ला रौतहटबाट लखेटिएको दाबी गर्ने सामग्री टिकटकमा समेत हालसालै पोस्ट भएका छन् । rameshbashyal00 नामक टिकटक आइडीमा एक दिनअघि पोस्ट गरिएको उक्त सामग्रीमा पनि सोही भिडियो जोडिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- रौतहटबाट माधव नेपाललाई माधव नेपाल चोर भन्दै लखेटेछन् जनताले, अब केही दिनपछि पार्टीका शीर्ष नेताको घरघरमा आक्रमण हुनेछ ।’

त्यस्तै प्रस्तुत दाबीसहितको भिडियोलाई अन्य टिकटक प्रयोगकर्तालेसमेत सेयर गरेका छन् । ‘माधव नेपाल रौटहट’ वाक्यांशलाई टिकटकको सर्च टुलमा राख्दा यी भिडियोहरू भेटिन्छन् ।

दाबीसहितका प्रस्तुत भिडियोमा देखिएको घटना रौतहटको त भनिएको छ तर घटना कहिलेको हो भनेर कुनै जानकारी दिइएको छैन । घटना कहिलेको र कुन सन्दर्भको हो भन्ने जानकारी नदिइकनै सो भिडियो पोस्ट गरिएका कारण आम सामाजिक संजाल प्रयोगकर्तालाई उक्त घटना हालसालैको हो भन्ने परेको देखिन्छ । यही कारण उक्त भिडियोको सन्दर्भ पत्ता लगाउने जामर्को हामीले गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

भिडियोको वास्तविकता पत्ता लगाउन हामीले सबैभन्दा पहिले उक्त घटनाका विषयमा छापिएका समाचारको खोजी गर्‍यौँ । किवर्ड सर्च गर्ने क्रममा ‘माधव नेपाल विरुद्ध नाराबाजी’ वाक्यांशलाई सर्च गर्दा दाबीसँग मिल्दोजुल्दो एउटा समाचार भेटियो । नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणमा भेटिएको उक्त समाचारको शीर्षक छ- ‘गौरमा माधव नेपालविरुद्ध नाराबाजी ।’   

करिब तीन महिनाअघि छापिएको प्रस्तुत समाचारमा स्थानीय तह निर्वाचनका दिनको हो । उक्त समाचार अनुसार माधवकुमार नेपालविरुद्ध गौरमा नाराबाजी भएको थियो । गौर-२ मा मतदान गरेर नेपाल अन्य मतदान केन्द्रमा गएपछि अन्य दलका नेता–कार्यकर्ताले नेपालविरुद्ध नाराबाजी गरेका थिए। 

प्रस्तुत समाचारकै आधारमा हामीले भिडियो स्रोतको खोजी थाल्यौँ । युट्युबमा ‘माधव नेपाल’ ‘गौर गौरीशंकर’ ‘नाराबाजी’ लगायतका किवर्ड सर्च गर्दा हामीले मूल भिडियो फेला पार्‍यौँ । Nepalkhabar को युट्युब च्यानलमा १३ मे २०२२ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक राखिएको छ- ‘माधवकुमार नेपालविरुद्ध गौरको गौरीशंकर मतदान केन्द्रमा नाराबाजी ।’ 

नयाँ पत्रिकामा छापिएको समाचार अनुसार माधव नेपाल मतदान केन्द्रभित्र छिर्न खोज्दा अन्य पार्टीका नेता–कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टीबाट गौरको मेयर उम्मेदवार हरेका अजय गुप्ताले नेपालमाथि आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न मतदानकै दिन बुथ–बुथ चहार्दै हिँडेको आरोप लागाएको प्रशंगसमेत उक्त समाचारमा उल्लेख छ ।  

फेला परेका प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने पछिल्लो समय सामाजिक संजालमा फैलाइएको भिडियो वैशाखमा भएको स्थानीय तह निर्वाचनको सन्दर्भको हो । तर, उक्त भिडियोलाई फरक सन्दर्भमा बिना विस्तृत जानकारी बिनै करिब ३ महिनापछि पोस्ट गरिएको छ । यसबाट प्रस्तुत भिडियोको घटना र विवरण सही हुँदाहुँदै पनि भ्रामक बनेको छ ।   

निष्कर्ष :

पछिल्लो समय सामाजिक संजालमा पोस्ट भइरहेको भिडियो करिब ३ महिनाअघि स्थानीय तह निर्वाचनका दिनको हो । बिना सन्दर्भ अहिले पोस्ट गरिएको भिडियोमा घटना र प्रशंग कहिलेको हो भनेर कुनै जानकारी नदिइएकाले सामाजिक संजाल प्रयोगकर्ता भ्राममा परेको देखिन्छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Nayapatrikadaily

Nepalkhabar

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version