Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
कोभिड-१९ विरुद्ध चलाइएको खोप ( भ्याक्सिन) अभियानसँग सम्बन्धित एउटा दाबी सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा कोभिडविरुद्धको भ्याक्सिनमा धेरै क्यान्सरजन्य र घातक रसायनहरू मिसाइएको दाबी गरिएको देखिन्छ ।
बिर साउद अन्जान नामक फेसबुक अकाउन्टमा पोस्ट गरिएको लामो स्ट्याटसमा एड्स देखापरेको बाँदरको कोशिका कोभिडविरुद्धको भ्याक्सिनमा राखिएकाले मंकीपक्स फैलिएको दाबी गरिएको छ ।
दाबीसहित प्रस्तुत गरिएको स्ट्याटसको पहिलो लाइन यस्तो छ-
‘कोरोनाको भ्याक्सिन नलगाएकाहरु डराउनु पर्दैन मंकीपक्सदेखि । निश्चिन्त रहनुहोस्, यो कुनै आगन्तुक भाइरस होइन । कोरोनाको भ्याक्सिनभित्र अनेक क्यान्सरकारक तथा प्राणघातक केमिकलहरु हालिएका छन् । साथै ४-५ वटा पशुहरुका भाइरस पनि हालिएका छन् । जसमध्ये अफ्रिकन हरियो बाँदर (Green Monkey) को कोशिका पनि यस भ्याक्सिन भित्रहालिएको छ । यो त्यही बॉदर हो जसबाट एड्स देखापरेको थियो (वैज्ञानिक द्वारा प्रमाणित) ।’
प्रस्तुत दाबी मानव स्वास्थ्यजस्तो सम्बेदनशील विषयमा गरिएकाले प्रस्तुत दाबीबारे हामीले जाँच गर्यौँ । कोभिडविरुद्धका भ्याक्सिन र मंकीपक्स भाइरस संक्रमणबीच कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा मात्रै यो जाँच केन्द्रीत छ ।
मंकीपक्स भाइरसको संक्रमणबाट हुने रोग हो । मंकीपक्स भेरिओला भाइरससँग सम्बन्धित छ । मंकीपक्स एक संक्रामक भाइरल रोग हो, जुन मानिस र अन्य केही जनावरहरूमा पनि सकंक्रमण हुन सक्छ । ज्वरो आउनु, शरीरमा फोकाहरू आउनु र त्यसपछि दागहरू देखिने मंकीपक्सका केही लक्षणहरू हुन् ।
मंकीपक्सको पछिल्लो प्रकोपको अनुसान्धान गर्दा धेरैसँग यौनसम्पर्क गरेका व्यक्तिहरूमा मन्कीपक्सको संक्रमण देखिएको उपलब्ध प्रमाणहरूमा उल्लेख गरिएको छ ।
अर्कोतर्फ जब संक्रमित मानिस कोभिडबाट निको हुन्छन्, उनीहरूको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । त्यसैले कोभिड भएका व्यक्तिहरू अन्य संक्रमणको लागि बढी संवेदनशील हुन पनि सक्छन् । त्यसैले कोभिड भ्याक्सिनसँग मंकीपक्स संक्रमणको कुनै सम्बन्ध रहेको प्रमाण हामीसँग छैन ।
कोभिड भ्याक्सिनसँग मंकीपक्स संक्रमणको कुनै सम्बन्ध भेटिँदैन । एड्स देखापरेको बाँदरको कोशिका कोभिडविरुद्धको भ्याक्सिनमा राखिएकाले मंकीपक्स फैलिएको भन्ने दाबी कुनैपनि कोणबाट पुष्टि हुँदैन ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]