Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
पछिल्लो समय नेपालमा मंकीपक्स संक्रमणको चर्चा-परिचर्चा चुलिँदो छ । नेपालको एउटा संचार माध्यमले ‘अमेरिकामा मंकीपक्स संक्रमितमध्ये ९९ प्रतिशत पुरुष’ शीर्षकको समाचार प्रकाशित गरेको छ । उक्त समाचारमा कुनै तथ्यलाई तोडमोड गरेर भ्रामक त पारिएको देखिँदैन तर मानिसहरुमा मंकीपक्स पुरुषमा मात्र संक्रमण हुने रोग हो कि भन्ने परेको देखिन्छ ।
उक्त समाचारको लिड लाइनमा यस्तो लेखिएको छ –
अमेरिकामा देखिएका मंकीपक्सका संक्रमितमध्ये ९९ प्रतिशत पुरुष छन् । अमेरिकाको रोग नियन्त्रण ताथा रोकथाम केन्द्र (सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले) हालै गरेको एक अध्ययनमा महिलाभन्दा बढी पुरुषमा संक्रमण पाइएको हो ।
हामीले प्रस्तुत सामग्रीलाई सही गलत नभनिकनै मंकीपक्स पुरुषमा मात्रै संक्रमण हुने रोग हो कि होइन भनेर एउटा व्याख्यात्मक रिपोर्ट तयार परेका छौँ ।
मंकीपक्स कुनै लिंग-विशेष रुपमा संक्रमण हुने रोग होइन । THIP Media ले फेला पारेको प्रमाण अनुसार मंकीपक्स महिला र बालबालिकामा समेत संक्रमण हुन सक्छ । संयुक्त राज्य अमेरिकामा मांकीपक्सका संक्रमित मध्ये ९९ प्रतिशत संक्रमित पुरुषहरू थिए तर उक्त मंकीपक्स संक्रमणका केशहरूले एउटा छुट्टै वास्तविकता बोकेको छ ।
अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्रले २०२२ मे १७ देखि जुलाई २२ सम्मको तथ्यांक राखिएको संक्रमण र मृत्यु दरको साप्ताहिक रिपोर्ट (MMWR) सार्वजनिक गरेको गर्यो । उक्त रिपोर्टमा भनिएको छ, ‘उपलब्ध तथ्याङ्कका अनुसार युएसमा देखा परेका मंकीपक्सका केसहरू मध्ये ९९ प्रतिशत पुरुषहरू संक्रमण भएको देखियो, जसमध्ये ९४ प्रतिशतले हालसालै पुरुष-पुरुषबीच यौन क्रियाकलाप गरेको वा नजिकका घनिष्ठसँग सम्पर्क राखेको बताए, जातीय तथा जातीय अल्पसंख्यक समूहहरू असमान रूपमा यसबाट प्रभावित भएको देखिन्छ ।’
उक्त प्रतिवेदनको सिफारिश अनुसार ‘रोग नियन्त्रण तथा जनस्वास्थ्यका लागि गरिएका प्रयासहरू समलिङ्गी, उभयलिंगी र अन्य पुरुषहरूसँग यौन सम्बन्ध राख्ने पुरुषहरू लाई प्राथमिकतामा राख्नु पर्दछ, रोकथाम र परीक्षणको लागि इक्विटीलाई सम्बोधन गर्न सामाजिक आपहेलाना कम गर्ने र अन्य मानिसहरुमा सतर्कता कायम राख्दै संक्रमण कम गर्नुपर्छ ।’
CDC वेबसाइटमा उल्लेख गरिए अनुसार मंकीपक्स ‘प्राथमिक रूपमा नजिकको व्यक्तिगत सम्पर्कमार्फत् फैलिएको’ देखिन्छ।
मंकीपक्स संक्रमित व्यक्तिसँग नजिकको शारीरिक सम्पर्क राख्दा मंकीपक्स एक व्यक्तिबाट अर्कोमा सर्छ । छाला-देखि-छालाको सम्पर्क विशेष गरी मंकीपक्सका कारण शरीरमा देखिने दाग र छालाको घाउसँगको सम्पर्क हुँदा यो रोग सर्छ । यो रोग श्वासप्रश्वासका ठूला थोपाहरू (जस्तै खोक्दा र हाछ्युँ गर्दा निस्कने) बाट फैलिन सक्छ । मंकीपक्स संक्रमित व्यक्तिको ओछ्यान, तौलिया र कपडाको सम्पर्कबाट पनि यो रोग फैलिन सक्छ ।
यौन झुकावसँगै CDC वेबसाइटमा भनिएको छ,’बहु यौन साथीहरू हुनु एउटा विचार हो तर तपाईं मंकीपक्स फैलिएको क्षेत्रमा बस्नुहुन्छ वा तपाईंका साथीहरू मध्ये एकलाई हालसालै मंकीपक्सबाट संक्रमित हुनुभएको छ ।’
तर मंकीपक्सलाई यौन रोग मानिएको छैन । अनुसन्धानकर्ताहरूले अझै पनि मंकीपक्स सर्ने तरिकाका बुझ्न प्रयास गरिरहेका छन् । एक अनुसन्धानकर्ताले के भनेका छन् भने यौन सम्पर्कको समयमा मंकीपक्स एनोजेनिटल क्षेत्रको म्यूकोसल घावको स्तरमा जोडिन्छ । यद्यपि, सर्ने तरिकाको सही मोड पुष्टि गर्न थप प्रमाणहरूको खोजी जारी छ ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) जनरलको कोभिड-१९ मिडिया ब्रीफिङ (२७ जुलाई २०२२) मा डब्ल्यूएचओका निर्देशक टेड्रोस अधानोम गेब्रेयससले भनेका छन्,‘स्टिग्मा र भेदभाव कुनै पनि भाइरस जत्तिकै खतरनाक हुनसक्छ र यसले प्रकोपलाई बढावा दिन सक्छ ।’
हालसम्म सार्वजनिक भएका ९८ प्रतिशत पंकीपक्सका केसहरू पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरूसँग सम्बन्धित छ । तर जो कोहीलाई पनि मंकीपक्स संक्रमण हुन सक्छ, त्यसैले डब्लुएचओले बच्चाहरू, गर्भवती महिलाहरूलगायत अन्य कमजोर मानिसहरुमा पनि मंकीपक्स सर्ने जोखिम कम गर्नका लागि कदम चाल्न राष्ट्रहरूलाई सुझाव दिइरहेको छ ।
मंकीपक्स पुरुषमा मात्र संक्रमण हुने रोग होइन, यो यौन रोग पनि होइन । यो रोग सबै प्रकारका उमेर समूहका मानिसहरुमा संक्रमण हुन सक्छ।
World Health Organization (WHO)
Monkeypox outbreak: epidemiological overview, 29 July 2022
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]