Saturday, June 21, 2025

Fact Check

युक्रेनका राष्ट्रपतिले ‘गोर्खाली सेना’को साथ खोजेका हुन् ? युक्रेन-रुस युद्धभूमिमा नेपाली सेना जाने दाबी

Written By Aakash Chhetri
Mar 9, 2022
banner_image

यो समय हो, युक्रेन-रुस बिच घमसान युद्ध चलिरहेको । रुसले अनपेक्षित रुपमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेन प्रतिरोधमा उत्रिएको छ । पछिल्लो समय इन्टरनेटमा पनि यही युद्ध चर्चाको विषय बन्न पुगेको छ । यसै समय युक्रेन-रुस युद्धमा नेपाललाई जोडेर केही सामग्री सामाजिक संजालमा फैलाइएका छन् । 

#suman नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा नेपाल एयरलाइन्सको जहाजभित्र नेपाली सैनिकहरू प्रवेश गरिरहेको दृश्य देखाइएको छ । त्यस्तै भिडियोमा राखिएको थमनेलमा ‘नेपाली सेना युक्रेनलाई सहयोग गर्न’का लागि जान लागेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ – ‘युक्रेनका राष्ट्रपतिले नेपाल सरकारसँग सहयोग मागेपछि नेपाली सेना युक्रेन देशलाई सहयोग गर्न जाँदै, युक्रेनको युद्धभूमिमा नेपाली सेना ।’

युक्रेनका राष्ट्रपतिले नेपाल सरकारलाई गुहारेको  दाबी गर्ने उक्त भिडियो करिब दुई हप्ताअघि पोस्ट गरिएको थियो । सुरुमा यसको कम भएपनि युक्रेन-रुस युद्धको चर्चा बढेसँगै यो भिडियोको फैलिले गति पनि द्रुत भएको देखिन्छ । भिडियोमा करिब साढे १९ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरेका छन् भने १६२ प्रयोगकर्ताले भिडियोलाई सेयर गरेका छन् । त्यस्तै भिडियोमा कमेन्ट गर्ने टिकटक प्रयोगकर्ताको संख्या ४ सयभन्दा बढी छ । 

प्रस्तुत दाबीसँग मिल्दोजुल्दो दाबीसहितको भिडियो टिकटकमै भेटिएको छ । भिडियोमा युक्रेनका राष्ट्रपतिले नेपालसमक्ष गोर्खा सैनिकको साथ मागेको दाबी गरिएको सुनिन्छ । उक्त दाबी अडियो र थमनेल दुबैबाट पेश गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ– ‘अब गोर्खाली युक्रेन जाने । यदि गोर्खा सैनिक साथ भए रुसलाई राम्रो सबक सिकाउने युक्रेनी राष्ट्रपतिको जिकिर ।’

#SüsàñtRòkkä नामक टिकटक आइडीमा  करिब दुई साताअघि पोस्ट भएको भिडियोमा एक हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । भिडियोमा राखिएको अडियोबाट ३४ वटा अन्य भिडियो पुन:निर्माणसमेत गरिएको छ । हेर्नुहोस् पुन:निर्मित भिडियोहरू – 

तथ्यजाँच/प्रमाणिकरण

 माथिका भिडियोहरूमा दाबी गरिएजस्तो नेपाली सेनालाई युक्रेन पठाउने निर्णय नेपाल सरकारले गरेको छैन । निर्णय नै नगरेपछि नेपाली सेना युक्रेनतिर प्रस्थान गर्ने कुनै भएन । अर्कोतर्फ भिडियोमा नेपाली सेना उड्नका लागि तयार रहेको विमानमा चढिरहेको दृश्य पनि देखिन्छ । उक्त दृश्य र टिकटक भिडियोमा गरिएको दाबीको कुनै सम्बन्ध नै छैन ।

नेपाल एयरलाइन्सको विमानमा चढिरहेका सैनिक युक्रेन होइन, उनीहरू युएन शान्ति मिशनका लागि साउथ सुडान जान लागेका थिए । अगस्ट २०२० मा नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामाले उक्त भिडियो आफ्नो ब्लगको लागि सुट गरेका थिए । नेपाली सेनाको टोली दक्षिण सुडानको जुबामा शान्ति स्थापनाको लागि उडान गर्नुअघि संयुक्त राष्ट्र चार्टर्ड विमानको भिडियो खिचिएको थियो । क्याप्टेन लामाले २३ अगस्ट २०२० मा आफ्नो युट्युब च्यानलमा  उक्त भिडियो पोस्ट गरेका थिए ।

सोही भिडियोलाई पछिल्लो समय भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको छ । हेर्नुस् मूल भिडियो  : 

निष्कर्ष : 

नेपाली सैनिक युक्रेन जान लागेको दाबी गर्ने भिडियो भ्रामक छ । भिडियोमा देखाइएका सैनिक युक्रेन होइन, उनीहरू युएन शान्ति मिशनका लागि साउथ सुडान जान लागेका हुन् । अर्कोतर्फ क्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वका शक्तिशाली देशहरूलाई सहयोगको आह्वान गरेपनि नेपालसँग नामै तोकेर सहयोग मागेका छैनन् । त्यसैले भिडियोमा गरिएको दाबी भ्रामक छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Vijay Lama : United Nation chartered Flight for Nepal Army Peace Keeping Force to Juba 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

874

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage