Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: साउन १ गतेदेखि नेपालमा हजार र पाँच सयको नोट नचल्ने (नोटबन्दी हुन लागेको दाबी) ।
तथ्य: युट्युबमा पोस्ट गरिएको भिडियो/अडियोको तथ्यलाई गलत अर्थ लगाएर भ्रामक दाबी गरिएको पाइयो ।
नेपालमा नोटबन्दी हुन लागेको दाबी सामाजिक संजालमा फैलिएको छ । सामाजिक संजालमा पोस्टहरुमा साउन १ गतेदेखि हजार र पाँच सयको नोट नचल्ने दाबी गरिएको छ ।
nepali_Suman नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाली नोटमा प्रतिबन्ध लागेको सांकेतिक तस्बिर जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘साउन १ गतेदेखि हजार र पाँच सयको नोट नचल्ने, भ्रष्टाचार नियन्त्रणको एक विकल्प ।’
त्यसैगरी भिडियोसँगै जोडिएको अडियोको सुरुवातमै ‘साउन १ गतेदेखि हजार र पाँच सयका नोट अब नचल्ने हुन् ? भन्ने गाइँगुइँ चलिरहेको’ जानकारी दिइएको छ । यद्यपी उक्त अडियोमा लामो व्यख्या गरिएको छ । यो अडियोबाट १६ भन्दा बढी भिडियो पुनर्उत्पादन गरिएको देखिन्छ ।
सामाजिक संजाल प्रयोगकर्तामाझ व्यापक फैलिरहेको नोटबन्दीको दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले उक्त दाबीको वास्तविक तथ्य पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
नेपालमा लामो समयदेखि नोटबन्दीको चर्चा हुँदै आएको छ । व्यवसायीदेखि राजनीतिज्ञसम्म कोही नोटबन्दीको पक्षमा छन् त कोही विपक्षमा उभिएर उभिएर बहस गर्ने गर्दछन् ।
यही सन्दर्भमा केही महिनाअघि सेतोपाटी संचार माध्यमले ‘साउन १ देखि पाँच सय, हजारका नोट चलेनन् भने’ शिर्षकको प्रकाशित गरेको थियो । तर, यो लेखमा नेपालमा नोटबन्दीको हुन लालेको जानकारी दिइएको छैन ।
पछिल्लो समय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नोटबन्दीका विषयमा खुलेरै आफ्ना धारणा व्यक्त गरेका थिए । २०८० चैत १५ गते प्रकाशित नेपाल प्रेसको अन्तर्वार्तामा महासंघका उपाध्यक्ष ढकालले नेपालमा पैसा दबाइएको दाबी गर्दै नोटबन्दीको पक्षमा अभिव्यक्ति दिएका थिए ।
यही सन्दर्भमा साउन १ गतेदेखि हजार र पाँच सयको नोट नचल्ने दाबीसहितका सामग्री सामाजिक संजालमा फैलाइएको छ । हामीले दाबीसहितको भिडियो/अडियोको मूल स्रोत पत्ता लगाउन जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप SUBASH KARKI पोस्ट गरिएको भिडियो फेला पर्यो ।
दुई महिनाअघि अर्थात् २१ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको भिडियोको शीर्षक छ- ‘नेपालमा अब पाँच सय र हजारका नोट नचलाउने कुरा कसरी आयो ?’ । यो भिडियोमा पनि नेपालमा नोटबन्दी हुन लागेको दाबी गरिएको छैन । तर, यही भिडियोको अडियो जोडेर सामाजिक संजामा नेपालमा नोटबन्दी हुन लागेको दाबी गरिएको पाइयो ।
फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने नोटबन्दीबारे चर्चा गरिएका सामग्रीलाई आधार बनाएर साउन १ गतेदेखि हजार र पाँच सयको नोट नचल्ने दाबी गरिएको रहेछ ।
जाँचकै क्रममा हामीले नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा.डिल्लीराम पोख्रेललाई सम्पर्क गर्यौँ । उनले नेपालमा नोटबन्दी हुन लागेको दाबी सही नभएको प्रष्ट पारे ।
उनले भने- ‘साउन १ देखि हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउने विषयमा नेपाल राष्ट्र बैंकको कुनैपनि निर्णय, तयारी वा अध्ययन गरेको छैन ।’
साउन १ गतेदेखि नेपालमा हजार र पाँच सयको नोट नचल्ने दाबी भ्रामक रहेको पाइयो । युट्युबमा पोस्ट गरिएको भिडियो/अडियोको तथ्यलाई गलत अर्थ लगाएर भ्रामक दाबी गरिएको देखिन्छ ।
डा.डिल्लीराम पोख्रेल, nrb.org.np
भिडियो, SUBASH KARKI
लेख, setopati.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]