Wednesday, July 8, 2026

Fact Check

Fact Check: बोइङ सी–१७ ग्लोबमास्टर उडेको भिडियोमा लेखियो ‘वीरगन्ज-रक्सौल नाका तनावग्रस्त’

Written By Aakash Chhetri
Oct 17, 2024
banner_image

दाबी: भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाली भूमिमा अन्धाधुन्ध गोली चलाएको र नेपाली आकासमा ठुलो जहाज देखिएको दाबी । 
तथ्य: अस्पष्ट दाबी र पुरानो भिडियोलाई एकठाउँमा जोडेर उत्पादित भ्रामक सामग्रीलाई सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

जहाज उडिरहेको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोसँगै भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाली भूमिमा अन्धाधुन्ध गोली चलाएको र नेपाली आकासमा ठुलो जहाज देखिएको दाबी गरिएको छ । 

Kishor Kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा खरानी रङ्गको ठुलो जहाज उडिरहेको दृश्य देख्न सकिन्छ । १६ अक्टोबर २०२४ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा ‘नेपाली आकासमा प्लेन देखिएको’ जानकारी दिइएको छ । त्यस्तै भिडियोको थमनेलमा ‘वीरगन्ज-रक्सौल नाका तनावग्रस्त’ भएको पनि दाबी गरिएको छ ।

भिडियोको थमनेलमा थप लेखिएको छ- ‘आज फेरि भारतीय टोली नेपाली भूमिमा पसेर अन्धाधुन्ध गोली प्रहार । भारत तर्फबाट चारजना व्यक्तिलाई खेद्दै आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमिमै छिरेरै गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।’

 एक दिनअघि मात्रै पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब एक हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । उक्त भिडियो र दाबीको फैलावट आगामी दिनमा झनै बढ्ने देखिन्छ । 

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपालमा अन्धाधुन्ध गोली चलाएको र नेपाली आकासमा ठुलो जहाज देखिएको दाबीको सत्यता के हो? भिडियो र घटनाको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘वीरगन्ज-रक्सौल नाकामा गोली’ लगायतका वाक्यांश सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप Annapurna Post संचार माध्यममा पक्राशित समाचार फेला पर्‍यो । ३० असोज २०८१ मा प्रकाशित समाचार अनुसार वीरगन्ज-रक्सौल सीमा क्षेत्रमा असोज २९ गते गोली चलेको थियो । 

सीमा नाकामा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसएबी) र  नेपालतर्फबाट कबाड लिएर जाँदै गरेका व्यक्तिहरुबीच नेपाल-भारत दशगजा क्षेत्रमा झडप भएको थियो । झडपकै क्रममा एसएसबीका जवानले गोली चलाएको र कुनै मानवीय क्षति नभएको जानकारी समाचारमा उल्लेख छ ।

सोही घटनाको समाचार birgunjsanjal.com एवं ratopati.com लगायतका संचार माध्यममा प्रकाशित भएको पाइयो । 

सीमा नाकामा गोली चलेको घटनाकै सन्दर्भमा खरानी रङ्गको एउटा ठुलो जहाज उडिरहेको दृश्य देख्न पोस्ट गरिएको छ । यो भिडियोसँगै गोली चलेको जानकारी पनि दिइएको छ ।

भिडियोमा देखिने जहाजलाई झट्ट नियाल्दा बोइङ सी-१७ ग्लोबमास्टर जस्तो देखिन्छ । बोइङ सी–१७ ग्लोबमास्टर विशालकाय सैनिक जहाज हो । यसलाई अमेरिकी सेनाले समेत सैन्य यातायात विमानका रुपमा प्रयोग गर्दछ । 

जहाज देखिने भिडियोको जाँचका क्रममा हामीले ‘Boeing C-17 Globemaster in Kathmandu’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप Fly Nepal युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो ।

१७ मे २०२२ मा पोस्ट गरिएको भिडियोमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बोइङ सी–१७ ग्लोबमास्टरले उडान भरेको दृश्य देख्न सकिन्छ । बोइङ सी–१७ ग्लोबमास्टर ३ जहाज नेपालको विमानस्थलमा आएको जानकारी भिडियोमा दिइएको छ ।  

फेला परेको भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा समानता देखिएका छन् । यो भिडियो र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले गोली चलाएको दाबीबीच कुनै सम्बन्ध छैन । 

​​निष्कर्ष

वीरगन्ज-रक्सौल नाका तनावग्रस्त भएको र  भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाली भूमिमा अन्धाधुन्ध गोली चलाएको दाबी भ्रामक छ । पुरानो र फरक सन्दर्भमा खिचिएको सी–१७ ग्लोबमास्टर जहाज देखिएको भिडियोलाई दाबीसहितको वाक्यांशसँग जोडिएको देखियो । अस्पष्ट दाबी र पुरानो भिडियोलाई एकठाउँमा जोडेर उत्पादित भ्रामक सामग्रीलाई सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, Fly Nepal 
समाचार, Annapurna Post
समाचार, birgunjsanjal.com 
समाचार, ratopati.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

918

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage