Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: ३० लाख लगानीमा १० महिना लगाएर नेपालमै फाउन्डिङ रकेट निर्माण भएको (भिडियो)
तथ्य: ३० लाख लगानी, १० महिनाको समय र १५ जना खटेर नेपालमै फाउन्डिङ रकेट निर्माण गरेको समाचार अडियोमा इडिटेड भिडियो जोडिएको पाइयो ।
सामाजिक संजालमा एउटा अडियो सामग्री फैलिरहेको छ । ३० लाख लगानीमा १० महिना लगाएर नेपालमै साउन्डिङ रकेट निर्माण भएको जानकारी दिने अडियोमा यात्रुवहाक बस आकाशमा उडेको दृश्य जोडिएको छ ।
Alone Bazigar sahani नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा ‘रकेट अफ नेपाल’ लेखिएको देख्न सकिन्छ । भिडियोसँगै जोडिएको अडियोमा भनिएको छ- ‘एस्ट्रल स्पेस नेपालले ३० लाखको लगानीमा १० महिना लगाएर साउन्डिङ रकेट निर्माण गरेको छ । यो रकेट बनाउन १५ जना खटिएका थिए । नेपालमा रकेट निर्माण गर्न सामग्री नपाइने हुँदा भारत र अमेरिकादेखि सामान ल्याएर रकेट बनाएको ।’
यो पोस्टमा करिब ५२ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १६ सयभन्दा बढी प्रतिक्रिया आइसकेको सामग्रीलाई करिब २० हजार टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यतिमात्र होइन, प्रस्तुत विवरणसहितको अडियोबाट करिब ४० वटा नयाँ भिडियो पुनर्उपात्दन गरिएको देखिन्छ ।
भिडियोमा देखिएको दृश्य ३० लाख लगानी, १० महिनाको समय र १५ जना खटेर नेपालमै निर्माण गरेको फाउन्डिङ रकेटको हो त? अडियो विवरण र भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
सामाजिक संजालमा फैलिएको अडियोमा नेपालमै रकेट बनेको भनिएकाले हामीले ‘नेपाली रकेट’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Nepal Network NNTV नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । करिब १ वर्षअघि अर्थात २७ मे २०२३ मा पोस्ट गरिएको भिडियोको शीर्षक छ- ‘अमेरिकाको रोजाइमा नेपाली रकेट’ ।
फेला परेको समाचारको समाचारको अडियोलाई नै माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । यो समाचारमा केही दाबीहरु अपुष्ट रहेपनि नेपाली युवाहरुले ‘स्पेसपोर्ट अमेरिका कप २०२३’ मा प्रतिनिधित्व जनाउन रकेट निर्माण गरेको जानकारी दिइएको छ । सो विषयमा नेपालको सरकारी संचार माध्यम रेडियो नेपालले समेत समाचार प्रकाशित गरेको पाइयो ।
यसअघि तिनै इन्जिनियर विद्यार्थीहरूको समूहले नेपालकै पहिलो रकेट परीक्षण गरेको समाचार बिबिसी नेपाली सेवाले प्रकाशित गरेको थियो । समाचार अनुसार सो समूहले ३ वर्षअघि नेपाली सेनासँगको सहकार्यमा ‘आरम्भ’ र ‘गरुड’ नामक दुईवटा रकेट परीक्षण गरेका थिए ।
फेला परेका तथ्यहरुबाट के प्रमाणित हुन्छ भने युवाहरुले नेपालमै रकेट बनाएको समाचारको अडियोमा यात्रुवहाक बस आकाशमा उडेको दृश्य जोडिएको छ । के रकेट जसरी बस आकाशमै उडेको हो त?
केही महिनाअघि पोखरामा बस दुर्घटना भएको थियो । दुर्घटनापछि बसको अघिल्लो भाग भुइँमा र पछाडिको भाग आकाशतिर फर्किएको दृश्य सामाजिक सञ्जालमा भाइरल पनि बन्यो ।
बस दुर्घटनाको दृश्यसँग प्रतिभाशाली युवाहरुले नेपालमै रकेट बनाएको समाचारको अडियोलाई जोडिएको पाइयो । नेपालमै रकेट निर्माण गर्ने युवाहरुको कोशिसलाई अबमूल्यन र बस दुर्घटनाको संवेदनशीलतालाई मजाक बनाएर दुई फरक सन्दर्भका घटनाहरुलाई एकै ठाउँमा जोडिएको देखिन्छ ।
३० लाख लगानी, १० महिनाको समय र १५ जना खटेर नेपालमै साउन्डिङ रकेट निर्माण गरेको समाचार अडियोमा इडिटेड भिडियो जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । दुईवटा फरक सन्दर्भका घटनासँग सम्बन्धित अडियो र दृश्यलाई जोडेर भ्रामक सामग्री उत्पादन गरिएको देखिन्छ ।
भिडियो, bbc.com
समाचार, setopati.com
भिडियो, News24 Nepal
भिडियो, Nepal Network NNTV
समाचार, onlineradionepal.gov.np
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]