Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा फेला परेफो एउटा भिडियोमा मेवा खाँदा पाइल्स पूर्णरुपमा निको हुने दाबी गरिएको छ । Pampha Kunwar नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको भिडियोमा एउटा काँचो मेवा खानका लागि तयार पारिएको दृश्य देख्न सकिन्छ ।
प्रस्तुत दृश्यसहितको भिडियोको क्याप्सनमा मेवालाई तरकारीको रुपमा सेवन गर्दा पाइल्स एक हप्तामै गायव हुने दाबी गरिएको छ । क्याप्सनमा लेखिएको छ-‘पाइल्स रोगको घरेलु उपचार मेवाको सब्जी १ हप्तासम्म खानुस्, पाइल्स गायब ।’
जनस्वास्थ्य जस्तो गम्भीर विषयमा गरिएको प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ । हाम्रो जाँचबाट उक्त दाबी आधा सत्य भएको निष्कर्ष निस्कियो । मेवामा कब्जियत र यससँग सम्बन्धित अन्य समस्यालाई रोक्नसक्ने गुणहरु भएपनि यसले पाइल्सलाई एक हप्तामै पूर्णरुपमा निको पार्छ भन्ने दाबी भ्रामक छ ।
पाइल्स, जसलाई हेमोरोइड पनि भनिन्छ । यसलाई आम भाषामा पाइल्स नै भनिन्छ । मलद्वार सुन्निने लक्षणबाट यसलाई पहिचान गरिन्छ । पाइल्स हुँदा मलद्वार चिलाउने, गुदा दुख्ने, मलद्वार नजिककै गाँठो हुने, मलद्वारबाट रगत बग्ने तथा गुदाबाट बवासीर खस्ने जस्ता लक्षणका पनि देखा पर्छन् । तल्लो मलद्वारमा दबाब बढ्दा पाइल्स रोग हुन्छ । दबाबले मलद्वार र मलद्वार नजिकका रक्तनलीहरू फैलाएर पाइल्स रोग निम्निन्छ ।
पुरानो कब्जियत, गरुङ्गो वजन उठाउने, झाडापखाला वा दिसा पास गर्दा तनाव हुने जस्ता अवस्थाहरुले समेत पाइल्स रोग निम्त्याउने गर्दछ । यसबाहेक गर्भावस्था, उमेर, वजन र आहारका कारण पनि पायल्स रोग लाग्ने गर्दछ ।
विशेषज्ञ चिकित्साहरूले प्रायः पाइल्स निको आहारको सन्तुलन मिलाउन सुझाव दिने गर्दछन् ।फाइबरयुक्त खानेकुरा खाँदा दिसा नरम हुन्छ र सजिलै पास हुन्छ । पाइल्स रोगमा बडी मास इन्डेक्स, स्वास्थ्य अवस्था, गतिविधि स्तर र भौगोलिक स्थानको आधारमा दिनमा कति मात्रमा फाइबर खाने भन्ने सल्लाह चिकित्सकसँग लिनुपर्छ ।
पाइल्स रोग निको पार्न आहारको भूमिकाबारे हामीले ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा.शरद मल्होत्राबाट जानकारी लिएका छौँ । यस विषयमा उनले भने,‘खानाले पाइल्स निको नहुन सक्छ तर लक्षण सुधारमा मद्दत गर्छ ।’
उनका अनुसार कब्जियतबाट बच्नको लागि अन्न, फलफूल, बोक्रा र फाइबरसहितको फलहरू खानुपर्छ । प्रशोधित फ्याट र कार्बोहाइड्रेटयुक्त खानेकुराबाट जोगिनु पर्छ किनभने यसले आन्द्राको गतिशीलता घटाउँछ र कब्जियत बढाउने गर्छ ।
डा.मल्होत्राले थप जानकारी दिँदै भन्छन्,‘पाइल्सको उपचारमा फाइबरयुक्त आहार, जुलाब वा स्टूल सफ्टनर मिसाउने, कब्जियत हुने अन्य औषधि वा खानाबाट बच्ने, गुदा नलीको नसामा दबाब घटाउने औषधि, एन्डोस्कोपी गाईडेड इन्जेक्सन थेरापी वा ब्यान्डिङ र शल्यक्रियाबाट पाइल्स रोगको उपचार गर्न सकिन्छ।’
उपलब्ध वैज्ञानिक प्रमाणले मेवाले दिसालाई नरम बनाउने निष्कर्ष निकालेका छन् । मेवा खाँदा पाइल्स भएका व्यक्तिहरूलाई सामान्य जीवन बिताउन मद्दत हुन्छ किनकि यसले लक्षणहरू नियन्त्रण गर्दछ । मेवामा रहेको पपाइन नामक रसायनले पाइल्सका लक्षणको गम्भीरता कम गर्न फाइदाजनक रहेको पनि बैज्ञानिक प्रमाणले देखाएका छन् । यद्यपि, धेरै मेवा खाँदा एलर्जी हुन सक्छ, घाँटी वा पेटमा जलन हुन सक्छ र अन्ननलीलाई क्षति पुर्याउन सक्छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]