Wednesday, May 14, 2025

Fact Check

के बाँकोको गानाले पाइल्स निको पार्छ ?

banner_image

Claim

image

Fact

image

सामाजिक संजाल फेसबुकमा एउटा दाबीसहितको भिडियो फेला परेको छ । जसमा बाँकोको गानाले पाइल्स निको पार्ने दाबी गरिएको छ । 

Langurdang farmstay नामक फेसबुक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ‘पाइल्सको पीडित’ महिलालाई ‌‌औषधीका रुपमा बाँकोको नागाको एक टुक्रा दिइएको छ । उक्त भडियोमा सुनिएको अडियोमा भनिएको छ- 

‘पाइल्सले एकदमै पीडित एकजना बहिनी आउनुभएको रहेछ, उहाँलाई मैले आफ्नो प्रशनल नम्बर दिएर यो पाइल्सको औषधी दिइसकेको छु, अब एक हप्तापछि थाहा हुन्छ उहाँको प्रकिक्रिया के हुन्छ यसमा, यो एकदमै उपयोगी घरेलु ‍औषधी पाइल्सको लागि यसले एकदमै महत्वपूर्ण भूमिका खेल्छ पाइल्स रोग निको पार्नको लागि ।’

तथ्य जाँच / प्रमाणीकरण

बाँको वसन्त ऋतुमा फूल्ने एउटा फूल हो । २०२० मा प्रकाशित एक अनुसन्धानका अनुसार बाँकोमा एनाल्जेसिक, एन्टिमाइक्रोबियल, एन्टी-इन्फ्लेमेटरी र क्यान्सर प्रतिरोधी गुणहरू रहेका हुन्छन् । 

त्यसैले यसको प्रशोधित प्रयोगबाट मानिसहरूले लक्षणहरूको गम्भीरता कम गर्न सकिन्छ । तर, यसको प्रयोग घरमै गर्नुअघि स्वास्थ्यकर्मीसँग परामर्श लिनु राम्रो हुन्छ । पाइल्सका लक्षणहरू कम गर्न बाँकोको गानाले कसरी काम गर्छ भन्ने कुनैपनि प्रमाण हामीले फेला पार्न सकेनौँ । तर, घरमै यस्ता घरेलु उपायहरू प्रयोग गर्नुअघि स्वास्थ्यकर्मीसँग परामर्श लिनु राम्रो हुन्छ ।

घरेलु उपायहरू प्रयोग गरेर उचित उपचार नखोज्दा पाइल्स भएका मानिसहरू गम्भीर अवस्थामा समेत पुग्न सक्छन् । rxlist.com मा प्रकाशित एउटा लेखमा लेखिएको छ, ‘अरुम मुखबाट लिँदा असुरक्षित हुन्छ ।’ 

बाँकोको जरामा विषालु रसायन हुन्छ जसले जिब्रो सुन्निन सक्छ । यी रसायनहरूले रगत बान्ता र रगतको पखाला पनि निम्त्याउन सक्छ, जुन शरीरभित्र खतरनाक रक्तस्रावको संकेत हो ।

निष्कर्ष

पाइल्सका लक्षणहरू कम गर्न बाँकोको गानाले काम गर्छ भन्ने कुनै आधिकारिक प्रमाण फेला परेनन् । घरमै यस्ता घरेलु उपायहरू प्रयोग गर्नुअघि स्वास्थ्यकर्मीसँग परामर्श लिनु राम्रो हुन्छ ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू 

link.springer.com

rxlist.com


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage