Tuesday, July 7, 2026

Fact Check

के हो बाँको वनस्पति ? के बाँकोको गानो सेवनले पायल्स ठिक हुन्छ ?

banner_image

पायल्स रोग निको हुने दाबीसहित बाँकोको गानो (मकै शर्पको गानो) देखाइएका भिडियोहरू पछिल्लो समय सामाजिक संजालमा  फैलिरहेका छन् । एक दिनअघि स्वार्ग नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा ‘पायल्सको पीडित’ महिलालाई ‌‌औषधीका रुपमा बाँकोको नागाको एक टुक्रा दिइएको छ ।

अहिले टिकटकमा फैलिरहेको उक्त भडियोमा अडियोमार्फत् भनिएको छ,‘पायल्सले एकदमै पीडित एकजना बहिनी आउनुभएको रहेछ, उहाँलाई मैले आफ्नो प्रशनल नम्बर दिएर यो पायल्सको औषधी दिइसकेको छु, अब एक हप्तापछि थाहा हुन्छ उहाँको प्रकिक्रिया के हुन्छ यसमा, यो एकदमै उपयोगी घरेलु ‍औषधी पायल्सको लागि यसले एकदमै महत्वपूर्ण भूमिका खेल्छ पायल्स रोग निको पार्नको लागि ।’

पोस्ट भएको एक दिनमै उक्त भिडियो ४ हजार २ समयभन्दा धेरै पटक सेयर भइसकेको छ र यो भिडियोमाथि ७९ हजार ३ सयभन्दा बढी प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । उक्त आइडीबाट पोस्ट भएको बाँकोको गाना सम्बन्धी यो पहिलो भिडियो भने होइन। यसअघि पनि यो आइडीबाट  पोस्ट भएका भिडियोहरूमा बाँकाको गाना देखाएर यसले पायल्स निको पार्ने जानकारी दिइएको थियो । 

एक साताअघि यही आइडीमा पोस्ट भएको अर्को भिडियोमा बाँकोको गानोको परिचय दिइएको छ । यो भिडियो पोस्ट हुनुअघि पनि बाँकोको गाना देखाउँदै यसलाई पायल्सको औषधीका रुपमा चिनाइएको थियो । तर यसको नाम भनिएको थिएन । उक्त आइडीमा बिहीबारसम्म बाँको नागालाई पायल्सको ‍‌औषधीका रुपमा चिनाउने ५ वटा भिडियो पोस्ट भइसकेका छन् र यी भिडियोहरू व्यापक रुपमा फैलिरहेका छन् ।

भिडियोहरूमाथि प्रतिक्रिया दिँदै टिकटक प्रयोकर्ताले आफ्ना मतहरू राखेका छन्। कसैले यसलाई प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन् भने कसैले यसलाई मानिसको शरीरलाई हानी गर्ने विशाक्त वनस्पतिको रुपमा चिनाउन खोजेका छन्। कोही प्रयोगकर्ताले यी भिडियोहरूबाट अलालिएको देखिन्छ । त्यसैले हामीले ‘बाँकोको गाना पायल्सको औषधी’ दाबी गर्ने भिडियोबारे तथ्यजाँच गरेका छौँ ।

के हो बाँको वनस्पति ?

भिडियोमा देखाइएको वनस्पति बाँकोको गाना हो भनेर भिडियोमै दाबी गरिएको छ । त्यसैले विषय प्रवेश बाँकाको गानाबाट हुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली बृहत् शब्दकोशमा (आइएसबीएन नं‌. ९७८-९९९३३-७१-१०-6) यो वनस्पतिबारे भनिएको छ,‘बाँको पिँडालु जस्तो र बढी कोक्याउने एक जातको कन्ध हो । यसको कलिलो मुना तरकारी खान प्रयोग गरिन्छ ।’

माथिको भयो सामान्य परिचय तर वैज्ञानिक रुपमा बाँकोलाई कसरी चिनिन्छ भन्ने प्रश्नको उत्तर दिन्छन् नेपालका चर्चित वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले । उनले एक आर्टिकलमा यस्तो लेखेका छन्-

‘वैज्ञानिकहरूले यो वनस्पतिलाई ‘एमर्फोफालस टिटानम’ (Amorphophallus titanum) नाम दिएका छन् । यो बिरुवा हाम्रो कर्कलो–पिंडालु, बाँको, ओल आदि वनस्पतिको परिवार भित्र पर्दछ । तिनलाई अंग्रेजीमा (Arum) भनिन्छ । बेलायती संरक्षणविद् डेभिड एटेनवरो (David Attenborough) ले चाहिं यो वनस्पतिलाई ‘टिटान अरुम’ (Titan Arum) भन्ने नामले लोकप्रिय बनाए । एउटा प्राकृतिक वनस्पतिको फूललाई सडेको मासुको गन्धयुक्त पुष्प भन्नु राम्रो पनि हैन । ‘एमोर्फोस’ ले आकृति नभएको र ‘फालस’ ले पुरुष लिङ्ग भन्ने अर्थ दिन्छ । तसर्थ सुमात्राको यो बाँकोलाई एटिनवरोले ‘विशाल बाँको’ भन्ने संज्ञा प्रदान गरे । हाम्रा नेपाली बाँको भने असार र साउनको झ्रीसँगै प्रत्येक वर्ष फुल्छन् र फल्छन् । नेपालका हिमाली कन्दरामा ४००० मिटरको उँचाइदेखि चुरेको ३०० मिटर भन्दा होचो औले घाँचसम्म १५ देखि २० विभिन्न प्रजातिका बाँको पाइन्छन् ।’

तथ्य जाँच / प्रमाणीकरण

भिडियोमा बाँकोको गानोलाई पायल्स ठिक पार्ने औषधीको रुपमा  प्रस्तुत गरिएको छ । तर, विनस्पतिविद् डा.श्रेष्ठ बाँकोको गानाेबाट हाम्रो शरीरलाई खतरा छ भनेर पनि हामीलाई जानकारी दिन्छन् ।  

‘बाँकोका पात र गाना ज्यादै कोक्याउने खालका हुन्छन् । बाँकोको गाना खाने चलन त छ तर विशेष रूपले प्रशोधन गरेर मात्र’, डा.श्रेष्ठ थप्छन्,’आम्ची, वैद्य, धामीहरूले बाँकोको कोक्याउने र टट्टाउने स्वभावलाई समन वा दमन गरेर आमबात, बिग्रेको मासिक धर्म, पेटको जुका फाल्ने आदि काममा प्रयोग गर्ने गर्छन् । समग्रमा बाँकोको गानोको पीठो र पातको साग धेरै पर्वतीय समुदायमा प्रचलित छ । तर परम्परागत विधि र प्रविधि अनुसार प्रशोधन नगरी खाएमा बाँकोको कोक्याई घातक पनि हुनसक्छ ।’

वनस्पतिविद्को भनाई अनुसार बिना प्रशोधन बाँकोको गानो सेवन गर्नु खतरापूर्ण छ । यहाँ जोडिन्छ पायल्स रोग । के भिडियोको दाबी गरे बमोजिम बाँकोको गानो सेवन गर्दा पायल्स रोग ठिक हुन्छ त ? नेपालका आयुर्वोदिक चिकित्सकहरू बाँकोको गानो पायल्स रोगको औषधीमा प्रयोग नहुँने बताउँछन् । यो वनस्पतिको बारेमा आयुर्वेदिक टेक्ट बुकमा कुनै कुरा नभेटिने  आयुर्वेदिक चिकित्सक डा‍. रामअधर यादवको भनाइ छन् । उनी बाँको पायल्सको ‍औषधी भनेर गरिकएको दाबी गलत भएको बताउँछन् । 

टिकटकमा फैलिरहेको भिडियो हेरेपछि उनले भने,‘आयुर्वेदिक टेक्ट बुकमा बाँको कतै मेन्सन भएको पाइँदैन र पायल्सको उपचार विधिमा पनि कतै प्रयोग भएको देखिन्छ, आयुर्वेदिक चिकित्साका लागि बाँकोबारे कुनै रिसर्च भएको छैन, यो क्षेत्रमा यसलाई आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरिँदैन ।’ 

माथिको तथ्यजाँचबाट के प्रस्ट भइसकेको छ भने बाँकोको गानोले पायल्स ठिक पार्न सक्छ भन्ने कुरा प्रमाणित भइसकेको छैन । बाँकोलाई प्रशोधन नगरी खाएमा बाँकोको कोक्याई घातक हुनेसमेत वनस्पतिविद्ले भनिसकेका छन् । यस्तो अवस्थामा भिडियोमा पायल्सका विरामीलाई बाँकोको गानो सेवन गर्न उक्साइएको छ ।

निष्कर्ष  : 

बाँकोको गानोले पायल्स रोग सन्चो गर्छ भन्ने प्रमाणित भइसकेको छैन र यो सेवन मानव शरीरका लागि घातक छ । त्यसैले भिडियोमा दिइएको जानकारी भ्रामक छ ।

नतिजा: भ्रामक

हाम्रा स्रोतहरू :

नेपाली बृहत् शब्दकोशमा (आइएसबीएन नं‌. ९७८-९९९३३-७१-१०-6) 

शिक्षक म्यागजिन : १२ वर्षपछि फुल्ने बाँको

आयुर्वेदिक चिकित्सक डा‍. रामअधर यादव


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

918

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage