Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
News
‘महाधिवेशनमा गोली चलेको’ दाबी गर्ने भिडियोहरू सामाजिक संजालमा फैलिरहेका छन् । अधिकांश भिडियोहरूमा एउटा सूचनामूलक अडियो चलाइएकफ छ । नोभेन्बर ३० मा एक टिकटक प्रयोगकर्ताले आफ्नो टाइमलाइनमा एक भिडियो राख्दै लेखे,‘शान्तिपूर्ण माहाधिवेशनलाई कांग्रेसले भ्रम फैलाको छ, झुटको खेती गर्न कति जानेको ।’
गोली चलेको समाचार एमाले महाधिवेशनको नभएर कांग्रेस महाधिवेशनकोसमेत उक्त भिडियोको थमनेलमा लेखिएको छ । अहिले फैलिरहेको महाधिवेशनमा गोली चलेको दाबी गर्ने उक्त अडियो र भिडियो सबैभन्दा पहिले नोभेम्बर २८ सुनिल छेत्री नामक टिकटक प्रयोगकर्ताले आफ्नो खातामा पोस्ट गरेका थिए ।
टिकटकमा फैलिएको उक्त अडियो यस्तो छ- ‘एक्कासी महाधिवेशनस्थलमा गोली चलेपछि नेताहरूको भागाभाग, प्रहरीले भर्खरै लियो स्थिति नियन्त्रणमा ।’
अडियोमा कुन पार्टीको महाधिवेशनमा गोली चलेको भन्ने खुलाइएको छैन । यो अडियोबाट अहिलेसम्म १८ भन्दा बढी भिडियो बनाइएका छन् र ती भिडियोहरू टिकटकमा फैलिरहेका छन् ।
महाधिवेशन चलिरहेका बेला महाधिवेशनमा गोली चलेको भिडियो\अडियो फैलिनुले सामाजिक संजाल प्रयोगकर्ताहरू अलमलमा परेकाे देखिन्छ । त्यसैले हामीले गोली चलेको विषयमा तथ्यजाँच गरेका छौँ ।
पछिल्लो समय नेपालका राजनीतिक दलहरूले एकपछि अर्को गर्दै आफ्नो महाधिवेशन सम्पन्न गरिरहेका छन् । मंसिर १०-१३ गते नेपालको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन भएको थियो भने राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा)को महाधिवेशन मंसिर १९ गते सकिएको हो । अहिले मुलुकमा सत्तारुढ नेपाली कांग्रेसको महाधिवेन चलिरहेको छ ।
मंसिर २४ गते सुरु भएको कांग्रेस महाधिवेशन सोमबार पनि जारी छ । त्यही बेला सामाजिक संजालमा ‘महाधिवेशनमा गोली चलेको’ दाबी गर्ने भिडियोहरू सामाजिक संजाल टिकटकमा फैलिरहेका छन् ।
अधिकांश भिडियो एउटै सूचनाप्रधान अडियोबाट बनाइएको छ । उक्त सूचनाले कहाँ गोली चलेको भन्ने जानकारी दिँदैन । यो भिडियोको स्रोत खोज्दा युट्यूबमा भेटियो । नेपाल खबर टिभी नामक युट्यूब च्यालनले नोभेम्बर २८ मा अहिले टिकटकमा फैलिरहेको भिडियोको मुख्य अंश पोस्ट गरेको थियो । यो भिडियोमा एमालेको महाधिवेशनस्थलको तस्बिर राखिएको छ र अडियोमा महाधिवेशनस्थलमा गोली चलेको दाबी गरिउको छ । तर, एमालेको महाधिवेशनमा गोली चलेको थिएन ।
एमालेको मात्र होइन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा पनि गोली चलेको थिएन। हाल चलिरहेको नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशन सुरु हुनु अगाडि नै उक्त भिडियो युट्यूबमा पोस्ट भएको थियो । तर, टिकटकमा त्यतिबेला नै पोस्ट भएको युट्यूब भिडियोको अंशमा अहिले पनि मानिहरूले रियाक्ट र कमेन्ट गरिरहेको देखिन्छ ।
कुनै पनि पार्टीको राष्ट्रिय महाधिवेशनमा गोली नचलेको भए उक्त युट्यूब च्यानलले गाेलीको सूचना कहाँबाट ल्यायो त ? राष्ट्रिय महाधिवेशनमा होइन गोली नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा भने चलेको थियो ।
कान्तिपुरमा छापिएको समाचार अनुसार मंसिर ७ गते प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको थियो । मतगणनाको क्रममा युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको समाचारमा उल्लेख छ ।
प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन् । त्यस्तै मंसि १२ गते कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चलेको थियो ।
भिडियोमा दिइएको सूचना भ्रामक नभएपनि गलत सन्दर्भमा फैलाइएका कारण उक्त सूचना भ्रमक बनेको छ । अर्कै कार्यक्रममा घटेको घटनाको सूचना राखेर अर्कै सन्दर्भका अडियो, फोटो र भिडियो देखाउँदा माथिका टिकटकमा फैलिरहेका भिडियो भ्रामक बनेका छन् ।
कान्तिपुर- प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चल्यो
नेपाल लाइभ- वडा अधिवेशनमा विवादपछि गोली चल्यो
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]