Thursday, March 28, 2024
HomeFact Checkअन्तर्वार्ताको अंशलाई भ्रामक बनाइयो, सन्दीपलाई फसाउन प्रधानमन्त्री नै लागेको दाबी

अन्तर्वार्ताको अंशलाई भ्रामक बनाइयो, सन्दीपलाई फसाउन प्रधानमन्त्री नै लागेको दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग जोडिएको अर्को दाबीसहितको सामग्री भेटिएको छ । उक्त भिडियोको थमनेलमा सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको प्रमाणित भएको दाबी गरिएको छ ।

Subodhs sah नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछाने बोलिरहेको दृश्य देख्न सकिन्छ । उक्त भिडियोमा सन्दीपले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । 

भिडियोमा सन्दीपले भनेका छन्-

‘प्रधानमन्त्रीले त भन्नुभयो सन्दीप चम्क्यो तर सन्दीप बाहेक अरु कहिले चम्किने त ? अरुले पनि त पर्फमेन्स त्यतिकै दिइराख्नुभएको छ, अरुले पनि त त्यतिकै मेहेनत गर्नुभएको छ यहाँ । उहाँहरुलाई चम्काउने वातावरण कहिले ल्याउँने त ? म नराम्रो पनि देखिनसक्छु यो प्रश्न सोधेकोमा त्यसका लागि माफी पाउँ ।’

सोही दाबीसहितको भिडियोको थमनेलमा लेखिएको छ – ‘यो सुनेर पक्का भयो कि सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको पक्का हुन्छ ।’

प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट व्यापक देखिन्छ । उक्त सामग्रीमा करिब १६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १६० भन्दा बढी प्रयोगकर्ताले प्रतिक्रिया जनाइसकेको दाबीसहितको सामग्रीलाई २०० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिएको छ ।

अनुसन्धानकै क्रममा रहेको बलात्कारको मुद्दा र प्रधानमन्त्रीसँग जोडिएको दाबी भएकाले प्रस्तुत सामग्रीको जाँच गर्ने जमर्को गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

सन्दीप लामिछानेमाथि बलात्कार मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा अनुसन्धान गरेको हो । कात्तिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । 

पक्राउपछि सन्दीपलाई सोमबार (असोज २४) काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । न्यायाधीश दयाराम ढकालसमक्ष सन्दीपले बयान पनि दिएका थिए । अहिले सन्दीपलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । यही क्रममा सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको प्रमाणित भएको दाबी गरिएको सामग्री सामाजिक संजालमा फैलिएको देखियो ।

जाँचका क्रममा सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीलाई राम्ररी नियाल्यौँ । उक्त भिडियोमा नेपाली संचारकर्मी रुपेश श्रेष्ठ पनि देखिएका छन् । उनले केही वर्षदेखि कान्तिपुर टेलिभिजनमा ‘फायरसाइट’ नामक कार्यक्रम संचालन गर्दै आएका छन् ।  

प्रस्तुत जानकारीकै आधारमा हामीले युट्युबमा ‘sandeep lamichhane’ ‘fireside’ किवर्ड सर्च गर्‍यौँ । फलस्वरुप हामीले उक्त कार्यक्रममा सन्दीप लामिछानेले दिएको अन्तर्वार्ता फेला पार्‍यौँ । Kantipur TV HD युट्युब च्यानलमा २२ फेब्रुअरी २०२१ मा पोस्ट गरिएको उक्त अन्तर्वार्ता हामीले पूरै हेर्‍यौँ ।

अन्तत: सोही अन्तर्वार्ताको ४६ मिनेटमा दाबीसहितको सामग्रीमा प्रयोग गरिएको सन्दीपको भनाई भेटियो । प्रश्न सोध्ने क्रममा प्रस्तोता रुपेश श्रेष्ठले भनेका छन्- 

‘अघि हामीले नेपाली क्रिकेटले पाउँदै गरेको स्रोत साधन लगायतका बारेमा कुरा गर्‍यौँ, हामीले भारतीय प्रधानमन्त्रीको लाम लिइरहँदा हाम्रा प्रधानमन्त्रीको नाम पनि नाम लिउँ, जसले पटक-पटक क्रिकेटको प्रशंसा पनि गर्नुहुन्छ र बोल्दै गर्दा यहाँले भन्नुहुन्छ- डल्ला फ्याँकेर एउटा केटा चम्क्यो भनेर बारम्बार पनि भन्नुभएको छ । तपाईलाई सम्झिएर । एक हिसावले क्रकेट खेल्नुलाई डल्ला फ्याँक्ने भनेर बुझ्ने प्रवृतिका कारण समस्या भएको हो नेपाली क्रिकेटलाई ?’  

प्रस्तोताले गरेको प्रश्नको उवाफ ‘मे वी’ भन्दै सुरु गर्छन् र सोही जवाफलाई काटेर माथि दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । जसलाई फरक सन्दर्भमा जोडिएको देखिन्छ ।  

तर, यो अन्तर्वार्ताको सन्दर्भ अहिले सन्दीपलाई लागेको बलात्कार आरोपसँग भने मिल्दैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो समय सन्दीपले इण्डियन प्रिमियर लिग (आईपीएल)मा पाएको अवसरको सन्दर्भमा मौका पाएमा नेपालीले जे पनि गर्न सक्ने तर मौका नै नपाउने बताएका थिए ।

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको प्रमाणित भएको दाबी गरिएको सामग्रीमा जोडिएको भिडियो नै फरक सन्दर्भको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रमुख प्रतिपक्षी दलका अध्यक्षको रुपमा रहेका छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका छन् ।

दाबीसहितको सामग्री नै फरक सन्दर्भको भएकाले प्रधानमन्त्री नै सन्दीपलाई फसाउन लागेको भन्ने दाबी प्रमाणित हुँदैन । 

निष्कर्ष

सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको प्रमाणित भएको दाबी भ्रामक छ । पूरानो अन्तर्वार्ताको एउटा अंश काटेर सामाजिक संजालमा भ्रामक तरिकाले फैलाउन खोजेको देखिन्छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

कान्तिपुर टेलिभिजन

नयाँ पत्रिका दैनिक

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Exit mobile version