Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको जानकारी (भिडियो)
तथ्य: सातदोबाटो चोकमा महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा भएको आगलागीको दृश्य र विवरण एक वर्ष पुरानो (३ कात्तिक २०८१) भएको प्रमाणित हुन्छ ।
बसमा आगलागी भइरहेको एउटा भिडियो अहिले सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोसँगै ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको जानकारी दिइएको छ ।

NepalPlus.com र Umesh Karki लगायतका फेसबुक आइडीमा पोस्ट गरिएको भिडियो क्लीपमा सडक छेउको बसमा आगलागी भइरहेको दृश्य देख्न सकिन्छ । १९ नोभेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ-
“ललितपुरको सातदोबाटोमा यात्रुबहाक बसमा आगलागी भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।”
प्रस्तुत भिडियो र दाबी Siva.dhakal4 टिकटक आइडीमा पनि पोस्ट गरिएको पाइयो । १९ नोभेम्बर २०२५ मै पोस्ट गरिएको भिडियोको थमनलेलमा ‘Live Video सातदोबाटोमा बसमा आगो लाग्यो’ लेखिएको छ ।

दाबीसहितको सामग्रीमा तीन दिनमै ३३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । उक्त भिडियो यही अवधिमा १५ सयभन्दा बढी पटक सेयर भइसकेको देखिन्छ ।
के हालसालै सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको हो त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहित पोस्ट गरिएको विवरणलाई राम्ररी नियाल्यौँ । उक्त विवरणमा ‘सातदोबाटो चोकमा महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको’ जानकारी छ ।
प्रस्तुत जानकारीका आधारमा हामीले ‘सातदोबाटो चोक’ ‘बसमा आगलागी’ ‘महानगर यातायात’ ‘बा ४ ख १०६ नम्बरको बस’ लगायतका वाक्यांश जाँच गर्यौँ । जाँचको नतिजास्वरुप सरकारी संचार माध्यम gorkhapatraonline.com मा प्रकाशित समाचार फेला पर्यो ।
एक वर्षअघि अर्थात् ३ कात्तिक २०८१ मा प्रकाशित समाचारमा ‘ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको’ जानकारी दिइएको छ । समाचार अनुसार सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको थियो ।

यही विवरण र तस्बिरसहितका सामाचार ३ कात्तिक २०८१ मा ekantipur.com, nayapatrikadaily.com, deshsanchar.com र setopati.com लगायतका संचार माध्यममा प्रकाशित भएको पाइयो ।
माथि उल्लेखित दाबीसहितको विवरणमा दिइएको ‘सातदोबाटो चोकमा महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको’ भन्ने जानकारी र एक वर्षअघि प्रकाशित समाचारमा दिइएको विवरण समान देखिन्छ ।
थप जाँचका क्रममा हामीले दाबीसहितको भिडियो क्लीपसँग मिल्दोजुल्दो दृश्यको खोजी गर्यौँ । जाँचको नतिजास्वरुप MannMotion नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
एक वर्षअघि अर्थात् १९ अक्टोबर २०२४ मा पोस्ट गरिएको भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोका केही क्लीपमा समानता देख्न सकिन्छ ।
फेला परेका तथ्यहरुले के प्रमाणित गर्छन् भने ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको जानकारीसहितको दृश्य एक वर्ष पुरानो हो । पुरानो जानकारीलाई सन्दर्भ लुकाएर सामाजिक संजालमा फैलाइएको देखियो ।
सातदोबाटो चोकमा महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा भएको आगलागीको दृश्य र विवरण एक वर्ष पुरानो (३ कात्तिक २०८१) भएको प्रमाणित हुन्छ । यसै विवरण र भिडियो क्लिप विभिन्न समाचार माध्यमहरूले त्यतिबेलै प्रकाशित गरेका थिए । सोही घटनाको दृश्यलाई सन्दर्भ लुकाएर पछिल्लो समय सामाजिक संजाल फैलाइएको पाइयो ।
भिडियो, MannMotion
समाचार, ekantipur.com
समाचार, nayapatrikadaily.com
समाचार, deshsanchar.com
समाचार, setopati.com
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]