Sunday, May 11, 2025

Fact Check

भारतीय महिलालाई भनियो ‘नेपाली महिला’, भारतीय संसद्‌मा हंगामा भएको दाबी 

Written By Aakash Chhetri
Dec 26, 2022
banner_image

Claim

image

Fact

image

सामाजिक संजालमा भिडियोसहितको एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा भारतीय राज्य सभाको सदनको दृश्य देख्न सकिन्छ, जहाँ एक महिलाले आफ्नो धारणा प्रस्तुत गरिरहेको देख्न सकिन्छ ।  

Raju chapagain नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा ती महिलाले राज्य सभाको सदनमा गोरखा जनजातिको मुद्दालाई उठान गरिरहेकोसमेत उक्त भिडियोमा देख्न र सुन्न सकिन्छ । भिडियोको थमनेलमा भारतीय संसद्‌मा यी नेपाली महिला बोलेपछि हंगामा भएको दाबी गरिएको छ ।   

थमनेलमा भनिएको छ-‘जब भारतीय संसद्‌मा यी नेपाली महिला गर्जिइन्, त्यसपछि भयो हंगामा ।’ 

प्रस्तुत सामग्रीको फैलावट व्यापक देखिएको छ । पोस्ट भएको १० दिनमै उक्त सामग्रीमा करिब ७ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै डेढ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीलाई १ सय ८० भन्दा बढीले सेयर गरिसकेको देखिन्छ ।

दाबीसहितको सामग्रीको फैलावट टिकटकमा मात्रै सीमित देखिएन । उस्तै दाबीसहितका सामग्रीहरू फेसबुक तथा युट्युबमा पनि पोस्ट गरिएको हामीले फेला पार्‍यौँ ।

तथ्यजाँच/प्रमाणीकरण

सामाजिक संजालमा फैलिएको सामग्रीमा भारतीय संसद्‌मा यी नेपाली महिला बोलेपछि हंगामा भएको दाबी गरिएको छ । प्रस्तुत दाबीमा उल्लेखित ‘नेपाली महिला’ र ‘हंगामा’ शब्दको भावलाई आधार मान्ने हो भने भारतीय राज्य सभाको सदनमा धारणा राख्ने ती महिला नेपाली नागरिक हुन् भन्ने सन्देश गएको छ । 

सोही सन्देशलाई आधार बनाएर हामीले प्रस्तुत तथ्यजाँच गरेका छौँ । जाँच गर्दैगर्दा सबैभन्दा पहिले हामीले सामाजिक संजालमा फैलाइएको दृश्यको मूल अंशबारे खोजबिन गर्‍यौँ । यसका लागि सामाजिक संजालमा फैलाइएको दृश्यलाई पुन: एकपटक हेर्‍यौँ । उक्त दृश्यमा ‘नेपाली महिला’ भनिएकी ती वक्ता शान्ता छेत्री रहेको बताइएको छ । साथै  ‘Veer Gorkha Web TV’ उल्लेखित एउटा लोगो पनि उक्त दृश्यमा देख्न सकिन्छ । 

भिडियोमा देखिएको प्रस्तुत लोगोलाई युट्युबमा सर्च गर्दा Veer Gorkha Web TV नामक युट्युब च्यानल फेला पर्‍यो । लोगोसहितको युट्युब च्यानल फेला परेपछि हामीले ‘shanta chhetri veer gorkha web tv’ किवर्ड युट्युबमा सर्च गर्‍यौँ । किवर्ड सर्चको नतिजास्वरुप हामीले एउटा भिडियो फेला पर्‍यो ।  

प्रस्तुत युट्युब च्यानलमा ९ डिसेम्बर २०२२ मा ‘शांता छेत्री ने संसद में उठाया नेपाली भाषा में 11 गोरखा जनजाति-शहीदों के बच्चों के आरक्षण का मुद्दा’ शीर्षकसहितको सामग्री पोस्ट गरेको पाइयो । फेला परेको यही भिडियोको एउटा अंश छाँटकाट गरेर सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।

फेला परेको तथ्यलाई आधार बनाएर हामीले शान्ता छेत्रीको बारेमा खोजबिन सुरु गर्‍यौँ । सबैभन्दा पहिले हामीले rajyasabha.nic.in (भारतीय राज्य सभाको बेवसाइट) मा सदस्यहरूको सूची नियाल्यौँ । फलस्वरुप शान्ता छेत्रीको नाम फेला पर्‍यो ।

भारतीय राज्य सभाको बेवसाइटमा दिइएको विवरण अनुसार शान्ता छेत्री अखिल भारतीय तृणमूल कांग्रेसकी नेतृ तथा भारतीय राज्य सभा सांसद हुन् । छेत्री ३१ जुलाई २०१७ मा राज्य सभा निर्विरोध सांसद चुनिएकी थिइन् ।  १० अक्टोबर १९५६ मा भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा जन्मिएकी छेत्री भारतीय नागरिक हुन् भने उनको मातृभाषा नेपाली हो । तर, उनी नेपाली होइनन् ।  

फेला परेका प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने शान्ता छेत्री भारतीय गोर्खाहरूको मुद्दामा काम गरिरहेकी एक भारतीय नेतृ हुन् । मातृभाषा नेपाली भएकाले सदनमा समय समयमा नेपाली भाषामा आफ्नो मन्तव्य दिने गर्दछिन् । सोही मन्तव्यलाई आधार बनाएर सामाजिक संजालमा छेत्रीलाई ‘नेपाली महिला’ भनिएको हो । छेत्री भारतीय महिला हुन् ।

निष्कर्ष

भारतीय राज्य सभामा मन्तव्य दिने सांसद शान्ता छेत्री भारतीय महिला हुन् । उनले आफ्नो मातृभाषा नेपालीमा दिएको मन्तव्यलाई आधार बनाएर छेत्रीलाई ‘नेपाली महिला’ भन्दै सामाजिक संजालमा फैलाइएको छ । भारतीय महिलाले नेपाली भाषामा मन्तव्य दिँदा उनलाई ‘नेपाली महिला’ भन्नु भ्रामक बनेको छ ।  

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू 

Council of States (Rajya Sabha), India

Oneindia hindi

Veer Gorkha Web TV


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]



image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage