Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा सावरसुप नामक वनस्पतीबारे तयार पारिएको सामग्री भेटिएको छ । 2019.shiv bantawa rai नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा सावरसुप फलले क्यान्सरको उपचार गर्ने दाबी गरिएको छ ।
एक महिलाले सावरसुप फल टिपेको दृश्यसहित गरिएको उक्त दाबीसहितको सामग्रीमा भनिएको छ- ‘सावरसुप खाउँ क्यानसर भगाउँ’ ।
दाबीसहितको प्रस्तुत सामग्रीमा करिब १ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या २० भन्दा बढी रहेको छ । मानवस्वास्थ्यसँग जोडिएको विषय भएका प्रस्तुत सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
सावरसुप उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रहरूमा उब्जिने अन्नोना मुरिकटा रूखको फल हो । सावरसुपलाई ग्राभियोला, गुआनाबाना, गुआबानो, ब्राजिलियन पन्वा र कस्टर्ड एप्पल पनि भनिन्छ।
जाँचका क्रममा हामीले फेला पारेका वैज्ञानिक प्रमाणहरूले उक्त फलमा साइटोटोक्सिक प्रभाव रहेको र क्यान्सर कोशिकाहरूलाई मार्न सक्ने गुण रहेको उल्लेख गरेका छन् तर फेला परेको अनुसन्धानले शरीरमा फैलिसकेका क्यान्सर कोशिकाहरूलाई सावरसुप फलले नष्ट गर्ने विषयमा कुनै व्याख्या गरेको छैन ।
क्यान्सर रोगीमाथि गरिने वैज्ञानिक उपचारबाट क्यान्सर कोशिकाहरूलाई मार्न सकिन्छ, ती कोशिकाको फैलावट रोक्न सकिन्छ र नयाँ बन्ने क्यान्सर कोशिकाहरूको संयोजनलाई रोक्न सकिन्छ । तर, सावरसुप फलको सेवनले उल्लेखित सबै काम गर्न सक्छ भन्ने दाबी वैज्ञानिक रुपमा पुष्टि हुँदैन ।
सन् २०१५ मा प्रकाशित एउटा लेखमा पनि यही कुरा उल्लेख गरिएको छ । उक्त लेखका अनुसार सावरसुपको प्रयोगशाला अध्ययनमा आशाजनक नतिजाहरू देखिएको छ तर यसले क्यान्सरको उपचारको औषधीका रूपमा काम गर्छ भन्ने कुनै प्रमाण छैन । तसर्थ, यसबाट के प्रष्ट हुन्छ भने क्यान्सरलाई सावरसुप फलले निको पार्छ भन्ने कुनै वैज्ञानिक आधार छैन ।
हामीले सावरसुप फल अधिक मात्रमा प्रयोग गर्दा हुने भविश्यमा हुने असरहरुको बारेमा पनि जाँच गर्नै जमर्को गर्यौँ । केही अनुसन्धानहरुले उक्त फल धेरै मात्रामा सेवन गरियो भने पार्किन्सन रोगसँग मिल्दाजुल्दा लक्षणहरू देखा पर्नेसमेत चेतावनी दिएका छन् ।
पार्किन्सन रोग एक मस्तिष्कमा हुने असर हो, जसले अनपेक्षित वा अनियन्त्रितपना निम्त्याउँछ। शरीर हल्लिने, कक्रक्क हुने र शारीरिक सन्तुलन मिलाउन नसकिने लक्षिण यस रोग लाग्दा देखिन्छ ।
सावरसुप नामक फलले क्यान्सरको औषधी हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा पुष्टि हुँदैन । यसकारण यो फलले क्यान्सर रोग सन्चो गर्छ भन्ने पुष्टि हुँँदैन ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]