HomeFact Checkसम्पर्कविहीन विमान नभेटिँदै सामाजिक संजालमा भ्रामक तस्बिर फैलिए, श्रद्धाञ्जली दिनै हताराे 

सम्पर्कविहीन विमान नभेटिँदै सामाजिक संजालमा भ्रामक तस्बिर फैलिए, श्रद्धाञ्जली दिनै हताराे 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

पोखराबाट जोमसोमका लागि उडेको ताराको अल्फा इको ट्यांगो कल साइनको ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । संचार माध्यमहरूका अनुसार कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको उक्त विमान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्नेमा सम्पर्कविहीन भएको हो ।

चालक दलसहित २२ जना बोकेको विमान सम्पर्कविहीन हुँदा सामाजिक संजाल तातिएको छ । विमान सम्पर्कविहीन रहेकै बेला सामाजिक संजाल प्रयोगकर्ताहरूले चालक दल तथा यात्रुलाई श्रद्धान्जलीसमेत दिइसकेका छन् । कालिकोट जिल्लास्थित सान्नी त्रिवेणी गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष पार्वती सिंह(संज्याल)ले विमान सम्पर्कविहीन भएसँगै आफ्नो फेसबुक आइडीमार्फत् दु:ख व्यक्त गरिन् । (उक्त पोस्ट हटाइसकिएको छ)

गाउँपालिका उपाध्यक्ष सिंहले दुईवटा तस्बिरसँगै यस्तो स्ट्याटस लेखेकी छन्,‘दु:खद खबर, पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य र अन्य १९ जना गरि २२ जना सवार रहेको, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको छ ! यो दु:खद खबरले निकै नै मर्माहत बनायो, मृतक सबैजनाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु !’

सिंहले मात्र होइन, नेपालका कयौँ सामाजिक प्रयोगकर्ताले विमान दुर्घटनाका अनेक तस्बिरहरू राखेर सामाजिक संजालमा पोस्ट गरिरहेका छन् । सँगै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । फेसबुकमा ‘तारा एयरको जहाज’ उक्त तस्बिरसहितका यस्ता पोस्टहरू भेटिन्छन् : 

 तथ्यजाँच/प्रमाणीकरण

उपाध्यक्ष सिंहले प्रस्तुत श्रद्धाञ्जली व्यक्त गरिरहँदा विमान दुर्घटनाको आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन । अर्कोतर्फ उनले विमान दुर्घटना भएको भन्दै सामाजिक संजालमा पोस्ट गरेको तस्बिरसमेत फरक सन्दर्भको हो । 

सामाजिक संजालमा उक्त तस्बिर छ्याप्छ्याप्ति देखिन थालेपछि हामीले गुगल रिवर्स इमेज सर्च गर्‍यौँ । जसको नतिजा दाबीको ठिक विपरित आयो । उक्त तस्बिर नेपालमा दुर्घटना भएको विमानकै नरहेको तथ्य पत्ता लाग्यो । नेपालमा विमान दुर्घटना भएको भन्दै सामाजिक संजालमा फैलाइएको तस्बिर भारतीय हेलिकप्टर दुर्घटनाको रहेको भारतको चर्चित संचार माध्यम newindianexpress.com मा प्रकाशित सामग्रीले पुष्टि गर्छ । 

२०२१ डिसेम्बरमा भारतस्थि निलगिरिसको कुन्नूर नजिकै कटेरी-नान्चप्पनचाथराम क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख जनरल विपिन रावतसहितको ज्यान गएको थियो । सोही दुर्घटनाको तस्बिर राखेर अहिले तारा एयरको विमान दुर्घटना भएको दाबीसहित सामाजिक संजाल प्रयोगकर्ताले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । 

निष्कर्ष :

तारा एयरको विमान दुर्घटना भएको भन्दै सामाजिक संजालमा फैलाइएको तस्बिर नेपालकै होइन । भारतीय सेना प्रमुख जनरल विपिन रावतसहितका व्यक्तिहरू सवार हेलिकप्टर दुर्घटनाको तस्बिरलाई नेपालको तारा एयर दुर्घटनाको तस्बिरका रुपमा प्रस्तुत गरिएको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Newindianexpress

Ekantipur

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version