Sunday, May 11, 2025

Fact Check

Fact Check: अभिनेता टाइगर श्रफको निधन भएको दाबी, के हो वास्तविकता? 

Written By Aakash Chhetri
May 3, 2023
banner_image

Claim

image

Fact

image

दाबी: भारतीय अभिनेता टाइगर श्रफको निधन भएको छ ।
तथ्य: टाइगर श्रफको निधन भएको दाबी कुनैपनि आधिकारिक स्रोतबाट पुष्टि भएन । 

नेपालका सामाजिक संजाल प्रयोगकर्तामाझ एउटा दाबी व्यापक फैलिरहेको छ । सामाजिक संजालमा फैलिएका केही सामग्रीमा भारतीय अभिनेता टाइगर श्रफको निधन भएको दाबी गरिएको छ ।

त्यस्ता सामग्रीमध्ये sad__life नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा भारतीय अभिनेता टाइगर श्रफलाई श्रद्धान्जली दिइएको छ । १२ घण्टा अघि पोस्ट गरिएको यस सामग्रीमा १५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीलाई १ सय ६० भन्दा धेरै टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

त्यस्तै अर्को सामग्रीमा पनि सोही दाबी दोहोर्‍याइएको छ, niteshpetal नामक टिकटक आइडीमा भारतीय अभिनेता टाइगर श्रफको शोकमग्न परिवार देख्न सकिन्छ । उक्त सामग्रीमा टाइगर श्रफको निधन भएको दाबी गरिएको छ ।

२४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको दाबीसहितको सामग्रीलाई ३ सय ४० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

सामाजिक संजालमा व्यापक र द्रुत गतिमा फैलिरहेको माथि उल्लेखित दाबी अत्यन्तै संवेदनशील देखिन्छ । नेपालमा समेत परिचित भारतीय अभिनेता टाइगर श्रफको निधनको दाबीले उनका नेपाली दर्शक समेत दुखी भइरहेका छन् । त्यसैले हामीले प्रस्तुत दाबीको वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितका सामग्रीहरूमा भारतीय अभिनेता टाइगर श्रफको निधन भएको दाबी गरिएको छ । यी दाबीको वास्तविकता पत्ता लगाउन जाँच गर्दैगर्दा सबैभन्दा पहिले हामीले केही किवर्ड तयार पार्‍यौँ र ती किवर्डहरूलाई सामाजिक संजालसँगै गुगलमा पनि सर्च गर्‍यौँ । यो सर्चका क्रममा टाइगर श्रफको मृत्यु पुष्टि गर्ने कुनै भरपर्दो स्रोत हामीले फेला पार्न सकेनौँ । 

त्यसैले हामी पुन: दाबीसहिका सामग्रीमै केन्द्रीत रह्यौँ । पहिलो सामग्री सामग्रीमा कार दुर्घटना भएको दृश्य समेत देखाइएको छ । हामीले दाबीसहितको पहिलो सामग्रीमा देखाइएको दुर्घटनाको दृश्यलाई स्कृनसट गर्‍यौँ र गुगल लेन्समा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप हामीले Right Angle नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा सीसीभिटी फुटेज फेला पर्‍यो । एक वर्षअघि अर्थात् २३ मे २०२१ मा पोस्ट गरिएको उक्त सीसीटिभी फुटेजमा महिन्द्रा र टोयोटा फर्च्युनर गाडी एकआपसमा ठोक्किएको दृश्य देख्न सकिन्छ । 

https://www.youtube.com/watch?v=YDfxmZwW_-s

युट्युब च्यानलमा दिइएको जानकारी अनुसार उक्त दृश्य एउटा दुर्घटना मात्रै देखिन्छ । उक्त सडक दुर्घटना भारतीय अभिनेता टाइगर श्रफसँग सम्बन्धित रहेको कुनै पनि आधारमा प्रमाणित भएन ।  

दाबीसहितको सामग्री जाँच गर्ने क्रममा हामीले दाबीसहितको दोस्रो सामग्रीमा प्रवेश गर्‍यौँ । उक्त सामग्रीमा टाइगर श्रफका पिता ज्याकी श्रफ सहित अन्य मानिसहरू शोकमग्न अवस्थामा देखिएको छ । जाँचका क्रममा हामीले सोही दृश्यलाई स्कृनसट गरेर गुगल लेन्समा सर्च गर्‍यौँ । 

सर्चको नतिजास्वरुप hot.detik.com नामक संचार माध्यममा प्रकाशित एउटा सामग्री हाम्रो नजरमा पर्‍यो । २९ डिसेम्बर २०२२ मा प्रकाशित उक्त सामग्रीमा तस्बिरहरूको एउटा संग्रह देख्न सकिन्छ । ती तस्बिरहरूमा टाइगर श्रफका पिता ज्याकी श्रफ सहित अन्य मानिसहरू शोकमग्न अवस्थामा देख्न सकिन्छ । 

तर, यो शोकमग्न दृश्यको कारण टाइगर श्रफको मृत्यु होइन । इन्डोनेशियन भाषाको उक्त सामग्रीमा टुनिषा शर्माको दाहसंस्कारमा उन्मादपूर्ण परिवार र आमा बेहोश रहेको जानकारी दिइएको छ । 

फेला परेको प्रस्तुत जानकारीका आधारमा हामीले थप किवर्ड जाँच गर्‍यौँ । ‘tunisha sharma death’ किवर्ड गुगलमा सर्च गर्दा indianexpress मा प्रकाशित एउटा समाचार फेला पर्‍यो । यो समाचारमा भारतीय अभिनेत्री ट्युनिशा शर्माले आत्महत्या गरेको र प्रहरीले उनका सहकलाकार शीजान खानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ गरेको जानकारी दिइएको छ ।

टाइगर श्रफको मृत्यु भएको दाबी गर्ने सामग्रीहरूमा फरक सन्दर्भका तस्बिर र दृश्य जोडिएको देखिन्छ । तर, टाइगर श्रफको निधन भएको दाबीलाई कुनै पनि आधिकारिक स्रोतले पुष्टि गर्न सकेनन् ।  

निष्कर्ष

भारतीय अभिनेता टाइगर श्रफको निधन भएको दाबी कुनैपनि आधिकारिक स्रोतबाट पुष्टि भएन । फरक सन्दर्भका पूराना तस्बिर र दृश्य जोडेर टाइगर श्रफलाई श्रद्धान्जली दिइएका सामग्रीलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Indianexpress
Hot.detik
Right Angle


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage