Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियो भेटिएको छ, जसमा ‘अमेरिकाले नेपालमा आगो लगाएको’ दाबी गरिएको देखिन्छ । #ParbinRegmi नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको भिडियोमा थमनेलमार्फत् उक्त दाबी गरिएको हो ।
भिडियोमा आगो लागिरहेको दृश्य देखाइएको छ र कुनै अडियो पनि जोडिएको छ । अमेरिकाले नेपालमा आगो लगाएको दाबीसहितको भिडियोको थमनेलमा लेखिएको छ,‘आज बिहान १०:१४ मिनेटमा अमेरिकाले नेपालमा आगो लगायो, पूरा भिडियो हेर्नुहोला, नेपाल आमाका लागि लाइक गर्नुहोला ।’
पोस्ट भएको एक सातामै भिडियोमा २६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १७८ जनाले भिडियोलाई सेयर गरेका छन् । त्यस्तै भिडियोमा कमेन्ट गर्ने टिकटक प्रयोगकर्ताको संख्या २७१ रहेको छ । यसले भिडियोको फैलावट द्रुत गतिको छ भन्ने देखिन्छ ।
भिडियोमा सिधैँ अमेरिकाले नेपालमा आगो लगाएको भन्ने दाबी गरिएको छ । यो दाबीसहितको भिडियोमा कहीँ कतै हाँसीमजाकको संज्ञा दिने इमोजी तथा संकेत राखिएको छैन । तर, भिडियो पोस्ट गर्दा क्याप्सनमा हाँसोको इमोजी प्रयोग गरिएको छ ।
दाबी सहितको भिडियोमा आगो लागेको दृश्य देखाइएकाले उक्त दृश्यबाट हामीले जाँचको सुरुवात गर्यौँ । सुरुमा हामीले पछिल्ला आगलागीका भिडियोहरू नियाल्यौँ र एक साता वरिपरि भएका आगलागीका समाचार खोज्यौँ । त्यसपछि भेटियो तनहुँस्थित दमौलीमा आगलागी ।
नेपाल आगलागी, दमकल, बजार लगायतका किवर्डको मद्दतले ‘दमौलीकाे आगलागी नियन्त्रणका लागि श्रममन्त्री हेलिकाेप्टर लिएर प्रस्थान’ शीर्षकको समाचार भेटियो । गत फागुन २२ गते तनहुँको दमौली चोकमा आगलागी भएको थियो । बिहान १० बजेदेखि सुरु भएको उक्त आगो बजारकै एक हार्डवेयर गोदाममा लागेको थियो ।
माथि टिकटकमा फैलाइएको भिडियो र दमौली बजारको आगलागीको दृश्य मिल्दोजुल्दो भएकाले अन्य भिडियोहरू पनि खोडियो । ADITYA N GURUNG नामक युट्युब च्यानलमा राखिएको भिडियो पनि दमौलीकै हो उक्त भिडियो र टिकटकमा अमेरिकाले नेपालमा आगो लगाएको भन्ने दाबीसहित फैलाइएको उस्तै-उस्तै छ ।
दमौली आगलागी :
यसबाट के पुष्टि हुन्छ भने दमौलीको आगलागीको घटनाको भिडियोमा अमेरिकाले नेपालमा आगो लगाएको भन्ने दाबी जोडेर भ्रामक भिडियो तयार पारिएको छ । साथै एक्त भिडियोमा गोली चलिरहेको आवाज सुनिने अडियोसमेत जोडिएको छ । उक्त अज्ञात अडियो पछिल्लो समय सामाजिक संजालमा भ्रामक दाबीका साथ फैलिरहेको देखिन्छ ।
हार्डवेयर पसलको गोदाममा कसरी आगलागी भयो त ?
प्रहरीलाई उदृत गर्दै इकागज डटकमले लेखेको छ – थाहा हुन नसकेको । आगो सुरु हुनुको कारण थाहा भएको वा नभएको त अधिकांश मिडियाले खुलाएको तर हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टापछि नियन्त्रणमा आएको थियो ।
अमेरिकाले नेपालमा आयो लगायो भन्ने दाबी भ्रामक हो । भिडियोमा देखाइएको आगलागीको दृश्य तनहुँको दमौली चोकस्थित एक पसलको गोदाममा आगलागी भएको हो ।
Nayapatrika : दमौलीकाे आगलागी नियन्त्रणका लागि श्रममन्त्री हेलिकाेप्टर लिएर प्रस्थान
Onlinekhabar : तनहुँको दमौलीमा आगलागी
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]