Wednesday, April 24, 2024
HomeUncategorized‘नेपालमा लकडाउन लागू’ भएको दाबी गर्ने अडियोसहितका भिडियोहरू टिकटकमा छरपस्ट

‘नेपालमा लकडाउन लागू’ भएको दाबी गर्ने अडियोसहितका भिडियोहरू टिकटकमा छरपस्ट

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

सुबोध कोइराला नामक टिकटक प्रयोगकर्ताले मंगलबार पोस्ट गरेको भिडियोमा ‘नेपालमा लकडाउन लागू’ भएको दाबी गरिएकाे छ । भिडियोमा सुनिले अडियोमा भनिएको छ,‘सरकारले जारी गरेको कलडाउनको सूचना मंगलबार बिहान ६ बजेबाट देशैभर लागू, एक सातासम्म घरबाट बाहिर ननिस्कन सरकारको आदेश ।’

भिडियोको थमलेनसमेत राखिएको छ त्यहाँ लेखिएको छ, ‘सरकारले जारी गरेको लकडाउनको सूचना मंगलबार बिहान ६ बजेदेखि देशैभर लागू, फेरि लकडाउन हुन लागेको हो कि के हो ?’

एक दिनमै यो भिडियोलाई एक हजार ४१ प्रयोगकर्ताले सेयर गरिसकेका छन् भने साढे १३ हजार प्रयोगकर्ताले भिडियोमाथि रियाक्ट गरेका छन् । थमनेल र दृश्यहरूले भिडियोमा सहायकको रुपमा भूमिका खेलिरहेका छन् । भिडियोमा अडियोबाट दिइएको सूचना भने महत्वपूर्ण देखिन्छ । 

उक्त अडियोबाट एउटा दुईवटा मात्र होइन, पछिल्लो एक हप्तामा करिब  २ सयवटा भिडियो बनाइएको देखिन्छ । विभिन्न मुलुकहरूमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको खबर आइरहँदा नेपाल फेरि लकडाउन हुन लागेको र भएको दाबी गर्ने भिडियोहरूले सामाजिक संजाल प्रयोगकर्तालाई अलमलमा पारेका छन् । त्यसैले पछिल्लो समय फैलिरहेको अडियोको वास्तविकता जान्न हामीले तथ्यजाँच गरेका छौँ । 

एउटै अडियोबाट तयार पारिएका टिकटकहरू

तथ्य जाँच / प्रमाणीकरण

पछिल्लो एक सातादेखि ‘नेपालमा लकडाउन लागू’ भएको दाबी अडियो टिकटकमा फैलिरहेको छ जसमा केही प्रयोग कर्ताले विभिन्न दृश्यहरू जोडेर राखेका छन्, केहीले आफैले खिचेको भिडियो राखेका छन् भने केही प्रयोगकर्ताले थमनेल राखेर अडियोलाई फैलाइरहेका छन् । 

पछिल्लो दुई सातामा सरकार वा सम्बन्धित निकायले अडियोमा दाबी गरिएको जस्तो ‘लकडाउन’बारे कुनै पनि जानकारी सार्वजनिक गरेको देखिँदैन । त्यसैले यसबाट टिकटक भिडियोहरूमा प्रयोग भएको अडियो अहिलेको होइन भन्ने प्रष्ट हुन्छ । ‘मंगलबार ६ बजेदेखि लागू’ भन्ने वाक्यांशले कोभिड-१९ महामारी सुरु भएपछि नेपालमा पहिलोपटक लकडाउन हुँदाको सूचना जस्तो देखिन्छ । किनकि पहिलोपटक २०७६ चैतमा लकडाउन हुँदा मंगलबार ६ बजेदेखि नै देशैभर मानिसहरूको आवातजावतमा राेक लगाइएको थियो ।

२०७६ चैत ११ गते मंगलबार बिहान ६ बजेबाट सुरु भने लकडाउनका लागि तत्कालीन कोरोनासम्बन्धी उच्चस्तरीय समितिले चैत १० गते बैठक बोलाएर निम्न निर्णय गरेको थियो :

  • औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।
  • अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने
  • सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने
  • स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।
  • औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।
  • व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।
  • संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।
  • संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

यसबारे खोज्दै जाँदा हाम्रो अनुमान सही ठहरियो । उक्त अडियो त्यतिबेला नै तयार पारिएको थियो । उक्त अडियो एउटा समाचार बुलेटिनबाट झिकिएको पाइयो । नेपालमा पहिलो पटक लकडाउन हुँदा नेपाल लाइभ संचार माध्यमले उक्त समाचार बुलेटिन तयार परेको थियो । जहाँ मंगलबारबाट देशैभर लकडाउन लागू भएको जानकारी दिइएको छ ।  

‘नेपाल लाइभ समाचार’ नामक उक्त बुलेटिन २०७६ चैत ११ गते युट्यूमा पोस्ट गरिएको देखिन्छ । अहिले टिकटकमा फैलिरहेको अडियो सोही बुलेटिनको शीर्षक हो । 

यसबाट के प्रष्ट हुन्छ भने पूरानो समाचारको अडियोलाई अहिले केही टिकटक प्रयोगकर्ताले विभिन्न दृश्य र थमनेल राखेर फैलाइरहका छन् जसका कारण सामाजिक संजाल प्रयोगकर्ताहरूसमेत झुक्किएका छन् । अहिलेसम्म सरकारले आधिकारिकरुपमा लकडाउन वा निषेधाज्ञाबारे कुनै जानकारी दिएको छैन ।

निष्कर्ष : 

‘नेपालमा लकडाउन लागू’ भएको दाबी गर्ने अडियो पूरानो हो । त्यसैले उक्त अडियोमार्फत् दिइएको सूचना सत्य भएपनि अहिलेको सन्दर्भमा फैलिँदा भ्रमक बनेको छ ।

नतिजा: भ्रामक

हाम्रा स्रोतहरू :

अनलाइन खबर – लकडाउन समाचार

नेपाल लाइच – भिडियो बुलेटिन


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version