Saturday, April 20, 2024
Saturday, April 20, 2024

HomeUncategorizedसेनासँग जोडिएका केही भ्रामक सामग्रीहरू, नेपालले अमेरिकासँग युद्धको तयारी गरेको दाबी

सेनासँग जोडिएका केही भ्रामक सामग्रीहरू, नेपालले अमेरिकासँग युद्धको तयारी गरेको दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा दाबी गरिएका थप सामग्रीहरू सामाजिक संजालमा फेला परेका छन् । विभिन्न दाबीसहित फैलिरहेका ती सामग्रीहरू केही हालसालै पोस्ट गरिएका छन् भने केही सामग्रीहरू अगाडि नै पोस्ट पोस्ट गरिएको देखिन्छ । तर, दुबै किसिमका सामग्रीहरू एमसिसी विवाद चर्किएका बेला फैलाउन खोजिएको छ ।     

केश-१ : #ridamacharya नामक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपालले अमेरिकासँग युद्धको तयारी गरिरहेको दाबी गरिएको छ । भिडियोको थमलेनमा उक्त दाबी गरिएको देखिन्छ । ‘अमेरिकासँग युद्धको तयारी गर्दै नेपाल’ भन्ने थमलेन राखिएको उक्त भिडियोमा २१ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । 

केश-२ : ‘#internetकोदुनियाँ’ नामक टिकटक आइडीमा पहिलोपटक पोस्ट गरिएको यो टिकटक अडियोमा नेपाली सेनाले बालुवाटार घेर्ने योजना बनाएको दाबी गरिएको छ । टिकटकमा फैलिएका यो अडियोसहितका भिडियोहरूमा एमसिसीविरुद्ध नेपाली सेनाको एक समूह बख्तरबन्दसहित बालुवाटार घेर्ने योजनामा रहेको जानकारी दिइएको छ । भिडियोमा जोडिएको अडियोमा भनिएको छ,‘एमसिसीविरुद्ध नेपाली सेनाको एक खत्रा सन् बख्तरबन्दसहित एकाएक बालुवाटार घेर्ने योजना बनाउँदै, नेपालहरूलाई ज्यान जोगाउँन भागाभाग हुने निश्चित ।’ 

उक्त अडियोबाट अहिलेसम्म १२वटा भिडियो पुन:निर्माण भइरहेका छन् र ती भिडियोहरू फैलिनेक्रम जारी छ ।

केश-३ : #Raaz नामक टिकटक आइडीमा पोस्ट गरिएको यो भिडियोमा एमसिसी पास हुने भएकाले देशभर सेना खटाउन गृहमन्त्रीले आदेश दिएको दाबी गरिएको छ । टिकटकमा दाबीसहितको उक्त अडियो केही समय अगाडि नै पोस्ट भएको देखिन्छ तर एमसिसी विवाद चर्किरहेका बेला यो अडियो सामाजिक संजालमा फेरि फैलिन थालेको हो । अडियोमा भनिएको छ,’एमसिसी पास हुने भएकाले देशभर सेना खटाउन गृहमन्त्रीको आदेश, देश संकटमा फस्दै ।’

यो अडियोबाट अहिलेसम्म ३ वटा भिडियो पुन:निर्माण भइरहेका छन् र ती भिडियोहरू फैलिनेक्रम जारी छ ।

तथ्यजाँच प्रमाणिकरण

एमसिसीका विषयमा फैलिएका भ्रामक सूचनाको न्युजचेकरले नियमित रुपमा तथ्यजाँच  गरिरहेको छ । यही क्रममा एमसिसीबारे भ्रामक सूचना फैलिनेक्रम रोकिएको छैन । त्यसैले हामीले एमसिसी सम्बन्धी दाबी गरिएका अन्य सामग्रीमा पनि तथ्यजाँच गर्ने निर्णय गरेका हौँ ।

केश-१ मा राखिएको भिडियोमा नेपालले अमेरिकासँग युद्धको तयारी गरिरहेको दाबी गरिएको छ । तर यो दाबी भ्रामक छ । किनकि नेपाल सरकारको नीति अमेरिकासँग पारस्परिक सम्बन्ध कायम राख्ने नै छ । भिडियोमा देखाइएको विमान र विमानस्थन चितवनस्थित मेघौलीको हो । मेघौली विमानस्थलमा नेपाली वायुसेनाले नियमित रुपमा अभ्यास गर्ने गरेको छ । भिडियोमा देखाइएको विमानको नाम स्काइ ट्रक हो । 

चितवनस्थित मेघौली विमानस्थल

केश-२ मा एमसिसीविरुद्ध बख्तरबन्दसहित सेनाको एक समूहले बालुवाटार घेर्ने योजना बनाएको दाबी गरिएको छ । यो सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको दाबीमा कुनै सत्यता भने छैन । एमसिसीसँग जोड्दै गरिएको यो दाबी पूरानै भएका हो तर एमसिसी विवाद उत्कर्षमा पुगेका बेला यो दाबी पुन: फैलिएको देखिन्छ । तर, उक्त दाबी सत्य भने छैन । भिडियोमा सनसनीपूर्ण ढंगले विषयलाई तोडमोड गरेर प्रस्तुत गरेको छ । दाबी गरेजस्तो अहिलेसम्म नेपाली सेनाले कुनै योजना बनाएको खबर संचार माध्यममा आएको छैन । 

केश-३ मा एमसिसी पास हुने भएकाले देशभर सेना खटाउन गृहमन्त्रीले आदेश दिएको दाबी गरिएको छ । सनसनीपूर्ण ढंगको दाबी गरिएको यो सामग्री पनि भ्रामक छ । एमसिसीका विरुद्ध काठमाडौँमा प्रदर्शन भइरहेपनि गृहमन्त्रालयले सेना परिचालन गरेको छैन । 

यो भिडियोको मूल स्रोत एक युट्युब सामग्री हो । Greater Nepal TV नामक युट्युब च्यालनले पोस्ट गरेको मूल भिडियोसमेत भ्रामक देखिन्छ । केन्द्रीय सुक्षा परिषाद् बैठकको प्रसंग निकाल्दै उक्त भिडियोमा सनसनीपूर्ण र भ्रामक शीर्षकहरू बाचन गरिएको देखिन्छ । उक्त भिडियोको शीर्षकमा लेखिएको छ,’ओ माइ गड एमसिसीविरुद्वको आन्दोलन रोक्न सेना खटाइँदै ।’

निष्कर्ष : 

माथिका केशहरूमा गरिएका दाबी भ्रामक छ । तथ्यलाई बङ्ग्याएर ती दाबीहरू प्रस्तुत गरिएको छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Desh Nepal : Nepal Army Parajump At Meghauli Airport, Chitwan.

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular