Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Coronavirus
सुबोध कोइराला नामक टिकटक प्रयोगकर्ताले मंगलबार पोस्ट गरेको भिडियोमा ‘नेपालमा लकडाउन लागू’ भएको दाबी गरिएकाे छ । भिडियोमा सुनिले अडियोमा भनिएको छ,‘सरकारले जारी गरेको कलडाउनको सूचना मंगलबार बिहान ६ बजेबाट देशैभर लागू, एक सातासम्म घरबाट बाहिर ननिस्कन सरकारको आदेश ।’
भिडियोको थमलेनसमेत राखिएको छ त्यहाँ लेखिएको छ, ‘सरकारले जारी गरेको लकडाउनको सूचना मंगलबार बिहान ६ बजेदेखि देशैभर लागू, फेरि लकडाउन हुन लागेको हो कि के हो ?’
एक दिनमै यो भिडियोलाई एक हजार ४१ प्रयोगकर्ताले सेयर गरिसकेका छन् भने साढे १३ हजार प्रयोगकर्ताले भिडियोमाथि रियाक्ट गरेका छन् । थमनेल र दृश्यहरूले भिडियोमा सहायकको रुपमा भूमिका खेलिरहेका छन् । भिडियोमा अडियोबाट दिइएको सूचना भने महत्वपूर्ण देखिन्छ ।
उक्त अडियोबाट एउटा दुईवटा मात्र होइन, पछिल्लो एक हप्तामा करिब २ सयवटा भिडियो बनाइएको देखिन्छ । विभिन्न मुलुकहरूमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको खबर आइरहँदा नेपाल फेरि लकडाउन हुन लागेको र भएको दाबी गर्ने भिडियोहरूले सामाजिक संजाल प्रयोगकर्तालाई अलमलमा पारेका छन् । त्यसैले पछिल्लो समय फैलिरहेको अडियोको वास्तविकता जान्न हामीले तथ्यजाँच गरेका छौँ ।
पछिल्लो एक सातादेखि ‘नेपालमा लकडाउन लागू’ भएको दाबी अडियो टिकटकमा फैलिरहेको छ जसमा केही प्रयोग कर्ताले विभिन्न दृश्यहरू जोडेर राखेका छन्, केहीले आफैले खिचेको भिडियो राखेका छन् भने केही प्रयोगकर्ताले थमनेल राखेर अडियोलाई फैलाइरहेका छन् ।
पछिल्लो दुई सातामा सरकार वा सम्बन्धित निकायले अडियोमा दाबी गरिएको जस्तो ‘लकडाउन’बारे कुनै पनि जानकारी सार्वजनिक गरेको देखिँदैन । त्यसैले यसबाट टिकटक भिडियोहरूमा प्रयोग भएको अडियो अहिलेको होइन भन्ने प्रष्ट हुन्छ । ‘मंगलबार ६ बजेदेखि लागू’ भन्ने वाक्यांशले कोभिड-१९ महामारी सुरु भएपछि नेपालमा पहिलोपटक लकडाउन हुँदाको सूचना जस्तो देखिन्छ । किनकि पहिलोपटक २०७६ चैतमा लकडाउन हुँदा मंगलबार ६ बजेदेखि नै देशैभर मानिसहरूको आवातजावतमा राेक लगाइएको थियो ।
२०७६ चैत ११ गते मंगलबार बिहान ६ बजेबाट सुरु भने लकडाउनका लागि तत्कालीन कोरोनासम्बन्धी उच्चस्तरीय समितिले चैत १० गते बैठक बोलाएर निम्न निर्णय गरेको थियो :
यसबारे खोज्दै जाँदा हाम्रो अनुमान सही ठहरियो । उक्त अडियो त्यतिबेला नै तयार पारिएको थियो । उक्त अडियो एउटा समाचार बुलेटिनबाट झिकिएको पाइयो । नेपालमा पहिलो पटक लकडाउन हुँदा नेपाल लाइभ संचार माध्यमले उक्त समाचार बुलेटिन तयार परेको थियो । जहाँ मंगलबारबाट देशैभर लकडाउन लागू भएको जानकारी दिइएको छ ।
‘नेपाल लाइभ समाचार’ नामक उक्त बुलेटिन २०७६ चैत ११ गते युट्यूमा पोस्ट गरिएको देखिन्छ । अहिले टिकटकमा फैलिरहेको अडियो सोही बुलेटिनको शीर्षक हो ।
यसबाट के प्रष्ट हुन्छ भने पूरानो समाचारको अडियोलाई अहिले केही टिकटक प्रयोगकर्ताले विभिन्न दृश्य र थमनेल राखेर फैलाइरहका छन् जसका कारण सामाजिक संजाल प्रयोगकर्ताहरूसमेत झुक्किएका छन् । अहिलेसम्म सरकारले आधिकारिकरुपमा लकडाउन वा निषेधाज्ञाबारे कुनै जानकारी दिएको छैन ।
‘नेपालमा लकडाउन लागू’ भएको दाबी गर्ने अडियो पूरानो हो । त्यसैले उक्त अडियोमार्फत् दिइएको सूचना सत्य भएपनि अहिलेको सन्दर्भमा फैलिँदा भ्रमक बनेको छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
March 12, 2024
Newschecker And THIP Media
June 2, 2023
Aakash Chhetri
March 21, 2022