Monday, May 12, 2025

Fact Check

Fact Check: नेपालमा लकडाउन हुने संकेत देखिएको हो? सामाजिक संजालमा फैलियो भ्रामक दाबी

Written By Aakash Chhetri
Mar 12, 2024
banner_image

Claim

image

Fact

image

दाबी: कक्षा ८, १० र १२ का परीक्षार्थीका लागि महत्वपूर्ण जानकारी आएको र नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको दाबी ।
तथ्य: फरक सन्दर्भको पूरानो अडियोलाई वर्तमान सन्दर्भसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको र नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको दाबी कुनैपनि तथ्य-स्रोतबाट प्रमाणित भएन ।

सामाजिक संजालमा कक्षा ८, १० र १२ को परीक्षासँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा कक्षा ८, १० र १२ का परीक्षार्थीका लागि महत्वपूर्ण जानकारी आएको र नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको दाबी गरिएको छ । 

Bishesh नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाली सडकको दृश्य जोडिएको छ । साथै उक्त भिडियोको थमनेल र अडियोमा दाबी पेश गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘Good News for 8, 10, 12 Students’ । 

त्यसैगरी प्रस्तुत भिडियोमा जोडिएको अडियोमा भनिएको छ- ‘नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको छ । नेपालमा ओमिक्रोन भाइरस सामुदायमै पुगिसकेको तथ्य बाहिरिएपछि चेन ब्रेकका लागि नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको हो ।’

दुई दिनअघि अर्थात् ९ मार्च २०२४ मा पोस्ट गरिएको दाबीसहितको सामग्री कक्षा ८, १० र १२ को परीक्षा दिने तयारीमा रहेका परीक्षार्थी तथा परीक्षकका लागि अत्यन्तै महत्वपूर्ण देखिन्छ । त्यसैले प्रस्तुत दाबीसहितको भिडियोमाथि तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई/कक्षा १०)  परीक्षा र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को समय तालिका सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिएको समय तालिका अनुसार २०८१ वैशाख १४ गतेदेखि कक्षा १२ को अन्तिम परीक्षा सुरु हुँदैछ र उक्त परीक्षा बैशाख २६ गते सकिनेछ ।

त्यसैगरी माध्यमिक शिक्षा (एसईई/कक्षा १०)  चैत १५ गतेदेखि चैत २७ गतेसम्म संचालन हुने कार्यतालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएर परीक्षाको तयारी गरिरहेको समाचार संचाल माध्यममा प्रकाशित भएका छन् ।

अर्कोतर्फ २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन हुँदै आएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको तयारी पनि पूरा भइसकेको छ । यसअघि जिल्लास्तरीय परीक्षाको रुपमा सञ्चालन गरी प्रमाणीकरणको कार्य जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको थियो । 

तर, स्थानीय सरकार सञ्चालन ऐन २०६४  लाई कार्यान्वयन गरेका स्थानीय तहहरुले नै कक्षा आठको अन्तिम परीक्षा सञ्चालन, व्यवस्थापन तथा प्रमाणीकरण गरिरहेका छन् । त्यसैले शैक्षिक सत्र २०८० मा संचालन हुने कक्षा आठको परीक्षा स्थानीय तहको समय तालिका अनुसार सुरु हुँदैछन् ।

विद्यार्थीहरु परीक्षाको तयारीमा होमिएको समयमा कक्षा ८, १० र १२ का परीक्षार्थीका लागि महत्वपूर्ण जानकारी आएको र नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको दाबी गरिएको छ ।

दाबीसहितको सामग्रीका विषयमा हामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीलाई जानकारी माग्यौँ । उनले कक्षा १० र १२ को परीक्षा स्थगनको बारेमा कुनै छलफल नभएको र सामाजिक संजालमा फैलिएको भिडियो कुनैपनि परीक्षासँग सम्बन्धित नरहेको जानकारी थिए । 

त्यसैगरी वर्तमान समय नेपालमा ओमिक्रोन भाइरसको फैलावटबारे हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी जानकारी माग्यौँ । उनले वर्तमान समय नेपालमा ओमिक्रोन भाइरसको फैलावट शून्यजस्तै रहेको बताए । साथै लकडाउन हुने अवस्थाबारे गरिएको चर्चा वर्तमान समयसँग सम्बन्धित नरहेको प्रष्ट पारे ।

नेपालमा ओमिक्रोन भाइरसको फैलावट नरहेको र कक्षा ८, १० र १२ को परीक्षा स्थगन गर्ने विषयमा कुनै छलफल नभएको पुष्टि भएपछि हामीले दाबीसहितको सामग्रीमा जोडिएको जानकारीबारे थप जाँच गर्‍यौँ । सन्दर्भ जाँचका क्रममा २० मंसिर २०७८ मा प्रकाशित समाचार फेला पर्‍यो, जसमा कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन)का संक्रमित नेपालमा लकडाउनलाई लिएर धरैले चासो व्यक्त गरेको जानकारी दिइएको छ ।

९ जनवरी २०२२ मा बीबीसी नेपाली सेवाको वेबसाइटमा प्रकाशित समाचार अनुसार अत्यधिक संक्रामक भनिएको ओमिक्रोन भेरियन्ट नेपालमा फैलिन थालेपछि कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सरकारलाई  विद्यालयहरू बन्द गर्न सिफारिस गरेको थियो ।

नेपालमा कोभिड-१९ को ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला तयार पारिएको समाचार अडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । साथै कक्षा ८, १० र १२ का परीक्षार्थीका लागि महत्वपूर्ण जानकारी आएको र नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको दाबी वर्तमान सन्दर्भसँग मेल खाँदैन ।

निष्कर्ष

कक्षा ८, १० र १२ का परीक्षार्थीका लागि महत्वपूर्ण जानकारी आएको र नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको दाबी भ्रामक छ । फरक सन्दर्भको पूरानो अडियोलाई वर्तमान सन्दर्भसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको दाबी कुनैपनि तथ्य-स्रोतबाट प्रमाणित भएन ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

राष्ट्रिय परीक्षा बोर्ड, neb.gov.np
समाचार, nepalpress.com
समाचार, deshsanchar.com
समाचार, bbc.com
समाचार, nepallive.com
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सु.अ., mohp.gov.np


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage