Sunday, May 11, 2025

Daily Reads

के काठमाडौँका सडक सुनसान देखिएका हुन् ? ‘कोरोना लहर’ गणनामै मिडियाको अलमल 

Written By Aakash Chhetri
Apr 26, 2022
banner_image

Claim

image

Fact

image

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियो फेला परेको छ । जसमा कोभिड-१९ संक्रमण र आसन्न स्थानीय तहको निर्वाचनलाई काठमाडौँका सडक सुनसान रहेको दाबी गरिएको छ । #ApsaraKhadka नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सडकको दृश्य देखिन्छ । भिडियोको थमनेलमार्फत् काठमाडौँका सडक सुनसान हुन लागेको दाबी गरिएको छ ।

भिडियोको थमनेलमा लेखिएको छ,‘भारतमा कोरोना बढेसँगै नेपालमा पनि जोखिम बढ्यो, कोरोनाको डरले हो कि चुनावको लहरले हो काठमाडौँका सडक सुनसान ।’ दुई दिनअघि सामाजिक संजालमा पोस्ट गरिएको दाबीसहितको यो भिडियोमा प्रयोग गरिएका शब्दहरूले भ्रामक सन्देश दिएका छन् । 

दाबीसहितको भिडियोमा एउटा अडियो पनि सुनिएको छ । उक्त अडियो सबैभन्दा पहिले #pandeychiranjivi नामक टिकटक आइडीमा पोस्ट गरिएको थियो । तीन दिनअघि टिकटकमा भित्रिएको उक्त अडियो  नै माथि उल्लेखित दाबीसहितको अडियोको मूल स्रोत हो । 

समाचार शैलीको उक्त अडियोमा भनिएको छ,‘भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढ्यो, अबको कोरोना संक्रमण तेस्रो लहरकै रुपमा आउने विज्ञको भनाई ।’ यो अडियोसहितको भिडियोमा साढे १८ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ५ सय ५१ प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । 

तथ्य जाँच / प्रमाणीकरण

नेपाल स्थानीय तह निर्वाचन-२०७९ मा होमिएको छ । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेको अवस्थामा ‘काठमाडौँका सडक सुनसान’ भएको दाबीसहितको भिडियो सामाजिक संजालमा भेटिएको हो । 

भिडियोमा गरिएको दाबी घातक नभए पनि यसले ५ वर्षपछि हुन लागेको निर्वाचनलाई थोरै प्रभावित पार्नसक्छ । किनकि कोभिड महामारी फैलिएका कारण मतदाताको मनस्थिति परिवर्तनसमेत हुनसक्छ । त्यसैले न्युजचेकरले उक्त दाबीमाथि यो सामग्री तयार पार्ने जमर्को गरेको हो ।

मुख्यत: भिडियोमा जाँच गर्नैपर्ने दुईवटा दाबी छन् । जसमध्ये पहिलो दाबीमा भनिएजस्तो ‘काठमाडौँका सडक सुनसान’ भएका छन् कि छैनन् भन्ने हो भने अर्को दाबी कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको छ कि छैन भन्ने हो । सबैभन्दा पहिले हामीले दाबीसहितको भिडियोमा प्रस्तुत गरिएको अडियोको मूल स्रोत खोज्नतिर लाग्यौँ ।

दाबीसहितको एउटा टिकटक भिडियोमा NEWS 24 टेलिभिजनको लोगो राखिएका कारण हामीले उक्त टेलिभिजनको युट्युब च्यानल नियाल्नतिर लाग्यौँ । केही बेरको जाँचपछि हामीले मूल भिडियो पत्ता लगायौँ । २२ अप्रिल २०२२ मा उक्त अडियोसहितको भिडियो NEWS 24 मा अपलोड गरिएको पाइयो । 

केही दिनअघि मात्रै पोस्ट गरिएको NEWS 24 को समाचारमा नै कोभिड संक्रमणको तेस्रो लहरको जोखिम औल्याइएको देखिन्छ । तर, नेपालका सबैजसो संचार माध्यम र विज्ञहरूले यसअघि नै भित्रिएको कोभिड संक्रमणको लहरलाई तेस्रो लहरको रुपमा परिचित गराइसकेका थिए ।

२०७८ माघ २ गते इकान्तिपुरमा प्रकाशित समाचारमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनसहितको महामारीलाई तेस्रो लहरको रुपमा परिचित गराएको थियो । त्यस्तै त्यो बेला swasthyakhabar.com (समाचारको लिंक) सहित सबै संचार माध्यमले मन्त्रिपरिषद्ले जारी गरेको ३६ बुँदे निषेध आदेशलाई ‘नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८’का रुपमा प्रस्तुत गरेका थिए । 

 ओमिक्रोनसहितको कोभिड-१९ महामारी नियन्त्रण हुँदै गएपछि अनलाइनखबर ले ‘पार भयो कोरोना महामारीको तेस्रो लहर’ शीर्षकको रिपोर्ट तयार पारेको थियो भने स्वास्थ्य खबरले ‘नेपालमा कोरोनाको तेस्रो लहर ओरालो लागेको हो?’ शीर्षकको समाचार तयार पारेको थियो ।

उल्लेखित समाचार र समाचारमा राखिएका विज्ञहरूको भनाइबाट के पुष्टि हुन्छ भने नेपालले तेस्रो लहरको कोभिड महामारी पार गरिसकेको छ । तर, NEWS 24 ले नेपालमा तेस्रो लहरको कोभिड महामारी भित्रिने जोखिम बढेको दाबीसहितको रिपोर्ट सार्वजकि गर्‍यो । सामाजिक संजाल प्रयोगकर्ताले सोही रिपोर्टमा थप दाबी राखेर भिडियो फैलाएको देखिन्छ । 

नेपाल-भारतबीच खुल्ला सिमाना रहेका कारण भारतमा कोभिड संक्रमण बढेसँगै नेपालमा पनि महामारीको जोखिम बढ्ने गर्दछ । यसलाई कोभिड संक्रमणका पुराना लहरहरूले पनि देखाइसकेका छन् । तर, माथि भिडियोमा दाबी गरेजस्तो निर्वाचनकै मुखमा काठमाडौँमा सडकहरू सुनसान देखिन थालेको दाबी भ्रामक छ । किनकि पछिल्लो समय नेपालमा कोभिड संक्रमढण दर स्थिर देखिन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा आइतबार २१ जनामा मात्रै कोभिड-१९ संक्रमण पुष्टि भएको हो । देशभर ४ हजार ७७५ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी यो अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने आइतबार कोभिड संक्रमणका कारण कसैको मृत्यु भएन । मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा २ सय ७१ सक्रिय  कोभिड संक्रमित रहेका छन् । 

निष्कर्ष : 

सामाजिक संजालमा दाबी गरिएजस्तो काठमाडौँका सडकहरू सुनसान भएका छैनन् । जानकारहरूका अनुसार नेपालले कोभिड संक्रमणको तेस्रो लहर पार गरिसकेको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Ekantipur.com

Onlinekhabar.com

swasthyakhabar.com

News24 Nepal


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage