Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
के चीन र नेपालका कारण उत्तर भारतको बिहार र उत्तर प्रदेश राज्यमा बाढी आएको हो?
भारतका प्रसिद्ध टिभी च्यानल एबीपी न्यूज, आज तक र न्यूज २४ ले भने नेपालले नारायणी (गण्डक) र कोसी जस्ता नदीमा पानी छोडिदिएकोले भारतीय भूभागमा डुबान भएको भनी समाचार प्रसारण गरेका छन्। ती बाढीका कारण नेपालमा पनि कम्तीमा १६ जनाको ज्यान गएको थियो भने कैयौँ बेपत्ता हुनुका साथै धेरै धन सम्पत्तिको क्षति भएको थियो।
त्यति मात्र होइन न्यूज २४ नामक भारतीय टिभी च्यानलले ‘चिनियाँ सहयोगमा’ नेपालले भारतमा ‘पानी हमला’ गरेको आरोप समेत लगायो। पूर्वी नेपाल र बिहारको सीमा नजिकै बनाइएको कोसी बराजमा गएर तयार गरिएको जुन १६, २०२१ मा प्रसारित समाचारमा न्यूज २४ का संवाददाताले चीन र नेपाल मिलेर नेपालको उत्तरी सिन्धुपाल्चोक जिल्लामा ६ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको र तिनका लागि ११ वटा नदीको प्रवाह समेत बदलिएको उल्लेख गरेका छन्।
न्यूज २४ ले प्रसारण गरेको समाचारका भिडिओ क्लिपहरू नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच भाइरल पनि हुन पुगे। जसमा नेपाली प्रयोगकर्ताले असत्य र आधारहीन समाचार प्रसारण गरेको भनी भारतीय न्यूज २४ को आलोचना गरेका छन्। तिनै आलोचना देखिपछि हामीले ती दाबीबारे अनुसन्धान सुरु गरेका हौँ।
के नेपालले जानीजानी नारायणी र कोसी नदीबाट पानी भारततर्फ बगाइदिएको हो त?
न्यूजचेकरले गरेको खोजबिनले जुन १५ तारिख (असार १ गते) र त्यसपछिका दिनमा नेपालको उत्तरी हिमाली तथा पहाडी क्षेत्रमा भएको अविरल वर्षा र पहिरोका कारण विनाशकारी बाढी आएको पुस्टि भएको छ। त्यसपछि सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो क्षति हुन पुग्यो। पश्चिमको स्याङ्जा जिल्लामा असार १ गतेको दिन २१४ मिलिमिटर वर्षा हुन पुग्यो।
हामीले भारतको न्यूज २४ टिभीका दुई वर्ष पुराना भिडिओका स्क्रिनशटहरू पनि सामाजिक सञ्जालमा फैलिरहेको पायौँ। यसमा जुलाई १३ २०२०मा प्रसारित समाचारको भिडिओ क्लिप देख्न सकिन्छ।
गन्डक र कोसी बराज
नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले न्यूजचेकरसँग भने: “नेपाल र भारतबीच विगतमा कोसी र गण्डक बराज निर्माण हुनु पहिले भएका सन्धि अनुसार ती बराजहरुको रेखदेख, मर्मत-सम्भार तथा सञ्चालनको सम्पूर्ण जिम्म्वारी भारतीय पक्षकै हो। ती बराजको ढोका खोल्ने जिम्मेवारी भारतीय अधिकारीहरुकै हो। त्यसमा हाम्रो कुनै हात हुँदेन”
भारतको विहारको जलश्रोत विभागले पनि ती बराजको सञ्चालन भारत आफैँले गर्ने गरेको पुस्टि गरे।
न्यूजचेकरसँग कुरा गर्दै विहार जलसंसाधन विभागका प्रमुख इन्जिनियर राजेश कुमारले कोसी र गण्डक बराजको मर्मत तथा सञ्चालनको जिम्म्वारी आफ्नै विभागको भएको बताए।
हिन्दी समाचार वेबसाइट हिन्दुस्तानले पनि उत्तर प्रदेश नजिकैको महाराजगंजका एक अधिकारी राजिव कपिलको भनाइ उल्लेख गर्दै बाढी आएपछि गण्डक बराजका ३६ वटै ढोका खोलिएको जनाएको छ।
के नेपालले चिनियाँ लगानीका जलविद्युत आयोजनाका लागि ११ वटा नदीको प्रवाह बदलिदिएको हो?
न्यूज २४ ले जुन १६ मा प्रसारण गरेको समाचार सामग्रीले चीनले काठमाडौँ उत्तरको सिन्धुपाल्चोकमा ६ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको र तिनलाई सहज तुल्याउन ११ वटा नदीको प्रवाह बदलिदिएको दाबी गर्दै त्यसै कारण भारतमा बाढी र डुबानको समस्या आएको उल्लेख गरेको छ।
तर न्यूजचेकरको अनुसन्धान र जलस्रोत अधिकारीहरुसँगको अन्तर्वार्ताको क्रममा चीनियाँ कम्पनीले सिन्धुपाल्चोकमा ६ वटा आयोजनामा काम गरिरहेको वा त्यस क्षेत्रका ११ नदीको प्रवाह बदलिएको भन्ने भारतीय दाबीलाई सत्य साबित गर्ने कुनै प्रमाण फेला परेन। “ती दाबी सरासर गलत र झूटा हुन्,” सूचना अधिकारी बाबुराज अधिकारीले भने।
सत्य चाहिँ यस्तो रहेछ। चिनियाँ कम्पनी सिनोहाइड्रोले सिन्धुपाल्चोकमा मेलम्चीको मुहान बनाउने जिम्मेपारी पाएको छ। तर असार १ गतेको बाढी र पहिरो पछि त्यो मुहान क्षतिविक्षत हुन पुगेको छ। बरु सिनोहाइड्रोले दोलखामा माथिल्लो तामाकोसी र लमजुङमा माथिल्लो मर्स्याङ्दीमा केही काम गर्न ठेक्का पाएको रहेछ।
अत: नेपालले ‘चिनियाँ सहयोगमा’ भारतमा ‘पानी हमला’ गरिरहेको भन्ने भारतीय टिभी च्यानल न्यूज २४ को दाबी भ्रामक एवं असत्य पाइएको छ।
नतिजा: भ्रामक एवं असत्य।
हाम्रा स्रोतहरु:
http://mfd.gov.np/content/?id=3138
https://www.moewri.gov.np/storage/listies/May2020/aggrement-on-nepal-and-india-gandak-river-1959.pdf
https://www.internationalwaterlaw.org/documents/regionaldocs/gandak-project.html
https://www.internationalwaterlaw.org/documents/regionaldocs/kosi-river1.html
कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 13, 2024
Aakash Chhetri
August 28, 2023
Aakash Chhetri
July 3, 2023