Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: काठमाडौँ एयरपोर्ट (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा विमान दुर्घटना भएको दाबी (भिडियोसहित)
तथ्य: जहाज दुर्घटना र उद्दार सम्बन्धि संकटकालीन पूर्ण अभ्यास गरिएका बेला फरक सन्दर्भका दृश्यहरुलाई जोडेर भ्रामक दाबी गरियो ।
जहाज दुर्घटनासँग सम्बन्धित दाबीसहितका सामग्री सामाजिक संजालमा फेला परेका छन् । उक्त सामग्रीमा काठमाडौँ एयरपोर्ट (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा विमान दुर्घटना भएको दाबी गरिएको छ ।
Ashoksahani083 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाल एयरलाइन्स लेखिएको जहाज उडिरहेको दृश्य देख्न सकिन्छ, उक्त जहाजमा आगोसमेत निस्किरहेको छ । अर्को दृश्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै धुवाँ मुस्लो निस्किएको तस्बिर जोडिएको छ । साथै एउटा पुरानो जहाजको भिडियोसमेत जोडिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘Kathmandu Airport 2024/6/10’
दुई दिनअघि पोस्ट गरिएको भिडियोमा साढे १७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब ४ सय प्रतिक्रिया आइसकेको भिडियोलाई २ हजार ६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिसकेको छ । यो दाबीको आगामी दिनमा झनै व्यापक हुने संकेत देखिन्छ ।
के हालसालै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको हो त ? सामाजिक संजालमा संजालमा फैलाइएको दाबी र भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
केही दिनअघि (२८ जेठ २०८१) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना र उद्दारसँग सम्बन्धित संकटकालीन पूर्ण अभ्यासको आयोजना गरिएको थियो । केही समयको अन्तरालमा विमानस्थलको ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ एवं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमान दुर्घटना र उद्दार सम्बन्धि संकटकालीन पूर्ण अभ्यास गर्ने गरिन्छ ।
सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको पूर्वपट्टि चौरमा डेमो जहाज भएको र त्यसपछि उद्धारसम्बन्धी पूर्णकालीन अभ्यास गरिएको थियो । जाँचका क्रममा हामीले Fly Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पार्यौँ । उक्त भिडियोमा विमान दुर्घटना र उद्दार सम्बन्धि संकटकालीन पूर्ण अभ्यासका दृश्यहरु देख्न सकिन्छ ।
यही भिडियोमा रहेका केही दृश्यहरुलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । तर, उक्त भिडियोमा देखिएको धुवाँको मुस्लो लगायतका दृश्य वास्तविक नभई अभ्यास प्रयोजनका लागि सृजना गरिएका हुन् ।
अर्कोतर्फ दाबीसहितको सामग्रीमा एउटा पुरानो जहाजको दृश्यसमेत जोडिएको छ । जसको वरिपरि विमानस्थलका कर्मचारी एवं सुरक्षाकर्मीहरुलाई देख्न सकिन्छ । तर, यो दृश्य पनि वास्तविक विमान दुर्घटनासँग सम्बन्धित छन् भनेर पुष्टि गर्न सकिने कुनै तथ्य फेला परेनन् ।
जाँचका क्रममा उक्त दृश्य नेपाल एयरलाइन्सको पुरानो जहाजसँग सम्बन्धित रहेको पाइयो । जो लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ । उक्त जहाजमा फरक नाम टाँसेर समय-सयममा विमानस्थलका कर्मचारी एवं सुरक्षाकर्मीले अभ्यासका लागि प्रयोग गर्ने गरेका छन् ।
दाबीसहितको सामग्रीमा नेपाल एयरलाइन्स लेखिएको जहाजमा आगलागी भएको दृश्यसमेत जोडिएको छ । तर, यो दृश्य वास्तविकतासँग सम्बन्धित छैन । भिडियो गेमका लागि कम्प्युटर प्रविधिको सहायतामा निर्मित काल्पनिक दृश्यलाई दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
पछिल्लो समय काठमाडौँ एयरपोर्ट (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा कुनैपनि किसिमको विमान दुर्घटना भएको छैन । विमानस्थलमा जहाज दुर्घटना र उद्दार सम्बन्धि संकटकालीन पूर्ण अभ्यास गरिएका बेला विभिन्न फरक सन्दर्भका दृश्यहरुलाई जोडेर सामाजिक संजालमा भ्रामक दाबी फैलाइएको पाइयो ।
भिडियो, Fly Nepal
भिडियो, Roman Shrestha
तस्बिर, flickr.com
समाचार, onlineradionepal.gov.np
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021
Aakash Chhetri
January 24, 2025
Aakash Chhetri
November 15, 2024