Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: भद्रपुर विमानस्थलका लागि उडेको विमान आज दुर्घटनामा परेको दाबी, ‘झापामा बुद्ध एयरलाइन्सको एयरप्लेन यसरी दुर्घटना भएको थियो…’ लेखिएको भिडियो ।
तथ्य: झापामा ८ साउन २०८३ मा (आज) कुनैपनि विमान दुर्घटना भएको अभिलेख सार्वजनिक भएको छैन । पुरानो जानकारीलाई एआईबाट तोडमोड गरिएको दृश्यसँग जोडेर भ्रामक सामग्री फैलाइएको देखियो ।
‘झापामा बुद्ध एयरलाइन्सको एयरप्लेन यसरी दुर्घटना भएको थियो…’ लेखिएको भिडियो सामाजिक संजालमा फैलिरहेका छ । यस्ता पोस्टहरुमा काठमाडौँबाट भद्रपुर विमानस्थलका लागि उडेको विमान आज दुर्घटनामा परेको दाबी गरिएको छ ।
Kripa22ks नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा दुर्घटनाग्रस्त क्षेत्रको दृश्य देख्न सकिन्छ । उक्त दृश्यमा आगोको धुवाँ उडिरहेको र सुरक्षाकर्मीहरुले उद्दार गरिरहेका छन् ।

२४ जुलाई २०२६ मा पोस्ट गरिएको भिडियोमा लेखिएको छ- ‘नेपालमा आज प्लेन दुर्घटना भएको छ…काठमाडौँबाट भद्रपुर विमानस्थलका लागि उडेको बुद्ध एयरको विमान आज करिब साढे ९ बजे भद्रपुरमा ल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परेको हो । प्लेन ल्यान्डिङ गर्ने क्रममा रन वेबाट बाहिरिएको र चिप्लिएर दुर्घटना भएको हो । र त्यस जहाजमा रहेका ५१ जना यात्रु..।’
पोस्ट भएको चार घण्टामै दाबीसहितको सामग्रीमा ५३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा ३ हजार ५ सयभन्दा बढी पटक सेयर भइसकेको भिडियोलाई १० लाखले हेरिसकेका छन् ।
त्यसैगरी दाबीसहितको सोही सामग्री Jitendra Kumar Yadav र Bhærat Tiruwæ लगायतका फेसबुक आइडीमा पनि पोस्ट गरिएको पाइयो । यसबाट के पुष्टि हुन्छ भने पोस्ट गरेको केही घण्टामै दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।

के आज झापामा बुद्ध एयरको विमान दुर्घटना भएको दाबी सत्य हो त? सामाजिक संजालमा फैलिरहेको भिडियोको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
भिडियोको वास्तविकता पत्ता लगाउन सबैभन्दा पहिले दृश्यको जाँच गरियो । यसका लागि दृश्यहरुका विभिन्न सक्रिनसटहरुलाई रिभर्स इमेज जाँच गर्यौँ । तर, जाँचबाट कुनैपनि भरपर्दो नतिजा फेला परेन ।
थप जाँचका क्रममा भिडियोको एआई परीक्षण गर्यौँ । भिडियोलाई Hive Moderation को एआई डिटेक्सन टुलमा जाँच गर्दा एआई जनरेटेडको नतिजा देखियो । दाबीसहितको भिडियोमा प्रयोग गरिएका दृश्यहरु एआईबाट निर्माण गरिएको र तोडमोड गरिएको पाइयो ।

डिटेक्सन टुलको नतिजा अनुसार काठमाडौँबाट भद्रपुर विमानस्थलका लागि उडेको विमान आज दुर्घटनामा परेको दाबीसहित पोस्ट गरिएको दृश्य ९७ प्रतिशन एआई एआई जनरेटेड भएको पुष्टि हुन्छ ।
अर्कोतर्फ के आज झापामा बुद्ध एयरको विमान दुर्घटना भएको हो त? दाबीको जाँचका क्रममा ‘बुद्ध एयरको विमान दुर्घटना’, ‘काठमाडौँबाट भद्रपुर विमानस्थलका लागि उडेको विमान’ ‘दुर्घटना’ ‘५१ जना यात्रु’ लगायतका वाक्यांशलाई जाँच गरियो ।
जाँचका क्रममा हालसालै झापामा बुद्ध एयरको विमान दुर्घटना भएको कुनैपनि आधिकारिक जानकारी फेला परेन । यद्यपी, १८ पुस २०८२ मा झापास्थित भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना परेको थियो ।

काठमाडौँ विमानस्थलबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुरमा अवतरण गर्दा चिप्लिएको थियो । सो विमानमा सवार ५१ जना यात्रु र चारजना चालक दलका सदस्य थिए । उक्त दुर्घटनामा कुनै मानवीय क्षति भएको थिएन, दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका थिए ।
तर, ‘झापामा बुद्ध एयरलाइन्सको एयरप्लेन यसरी दुर्घटना भएको थियो…’ लेखिएको भिडियो भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान चिप्लिएको दुर्घटनासँग सम्बन्धित छैन ।
अर्कोतर्फ आज (८ साउन २०८३) कुनैपनि विमान दुर्घटना भएको अभिलेख सार्वजनिक भएको छैन । पुरानो जानकारीलाई गरेर एआईबाट तोडमोड गरिएको दृश्यसँग जोडेर भ्रामक सामग्री फैलाइएको देखियो ।
‘झापामा बुद्ध एयरलाइन्सको विमान दुर्घटना भएको’ जानकारीसँगै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो भ्रामक छ । भिडियोको एआई परीक्षणले ती दृश्यहरू करिब ९७ प्रतिशत एआई–जनरेटेड भएको देखायो । साथै, दाबीमा भनिएजस्तो आज (८ साउन २०८३) झापामा वा काठमाडौँ–भद्रपुर उडानमा बुद्ध एयरको कुनै विमान दुर्घटना भएको आधिकारिक अभिलेख फेला परेन ।
भद्रपुर बुद्ध एअर दुर्घटना, bbc.com/nepali
समाचार, thehimalayantimes.com
समाचार, nagariknews.nagariknetwork.com
भिडियो, Deshsanchar
एआई डिटेक्सन, Hive Moderation
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
June 21, 2026

Aakash Chhetri
February 12, 2026

Aakash Chhetri
January 16, 2026