Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: नेपाल एयरलाइन्स-एयर इन्डियाको जहाज आकाशमै ठोकिनबाट जोगिएको र काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगलागी भएको दाबी, अडियो ।
तथ्य: दाबीसहितको भिडियोमा जोडिएका समाचार अडियोहरुको मूल स्रोत २०७९ मा प्रकाशित पुराना समाचार भएको प्रमाणित भएको छ ।
जहाज दुर्घटनासँग सम्बन्धित भिडियो र जानकारीहरु हालसालै सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता छुट्टाछुट्टै भिडियोमा नेपाल एयरलाइन्स-एयर इन्डियाको जहाज आकाशमै ठोकिनबाट जोगिएको र काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगलागी भएको दाबी गरिएको छ ।
६ फेब्रुअरी २०२६ मा पोस्ट गरिएको टिकटक भिडियोमा नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज आकासमै ठोकिनबाट जोगिएको जानकारी दिइएको छ ।

भिडियोमा जोडिएको समाचार शैलीको अडियोमा भनिएको छ- ‘एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको हो ।’
त्यस्तै अर्को टिकटक भिडियोमा एउटा जहाजमाथि भयानक आगलागी भइरहेको दृश्य देख्न सकिन्छ । साथै ७ फेब्रुअरी २०२६ मा पोस्ट गरिएको भिडियोमा काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगलागी भएको जानकारी दिइएको छ ।
भिडियोसँगै जोडिएको अडियोमा भनिएको छ- ‘काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि जहाजलाई काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराइएको छ ।’ प्रस्तुत दाबीसहितको अडियो भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।

के हालसालै छुट्टाछुट्टै भिडियोमा प्रस्तुत गरिएका जहाज दुर्घटनासँग सम्बन्धित जानकारी वाक्तविक हुन् त? सामाजिक संजालमा फैलिरहेका यी दाबीहरुको हामीले तथ्यजाँच गरेका छौँ ।
सबैभन्दा पहिले हामीले ‘एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज’ ;आकाशमै ठोक्किनबाट बचेका छन्’ लगायतका वाक्यांशलाई जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप onlinekhabar.com र ratopati.com लगायतका संचार माध्यममा प्रकाशित पुराना समाचारहरु फेला परे । १२ चैत २०७९ मा प्रकाशित समाचारमा एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट जोगिएको जानकारी उल्लेख गरिएको छ ।
प्रस्तुत समाचारको लिडलाइनमा लेखिएको छ- ‘एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो ।’

दाबीसहितको अडियोमा सुनिने दुरुस्तै वाक्यांश चैत २०७९ मा नेपाली संचार माध्यमले प्रकाशित गरेको पाइयो । नेपाली आकासमा दुई जहाज ठोक्किने गम्भीर जोखिम उत्पन्न भएको यस पुरानो घटनाको जानकारीलाई सन्दर्भ लुकाएर वर्तमान समयमा पोस्ट गरिएको देखिन्छ ।
त्यस्तै काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगलागी भएको दाबी पनि हालसालै सामाजिक संजालमा फैलिरहेको छ । जाँचका क्रममा हामीले ‘श्री एयरलाइन्सको जहाज’ ‘भैरहवा’ ‘आगलागी’ लगायतका वाक्यांशको जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप annapurnapost.com मा प्रकाशित पुरानो समाचार फेला पर्यो । २५ फागुन २०७९ मा प्रकाशित समाचार अनुसार काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको झिल्को देखिएको थियो । घटनापछि जहाजलाई काठमाडौँमा फर्काएर सकुशल अवतरण गरिएको समाचारमा उल्लेख छ ।
दाबीसहितको अडियोको मुल अंश पत्ता लगाउन पुरानो समाचारमा फेला परेको जानकारीकै आधारमा हामीले थप जाँच गर्यौँ । टिकटक अडियोको जाँचका क्रममा Dainik Nepal नामक फेसबुक पेजमा पोस्ट गरिएको पुरानो भिडियो समाचार फेला पर्यो ।

९ मार्च २०२३ मा पोस्ट गरिएको समाचारको अडियो र टिकटकमा हालसालै पोस्ट गरिएको अडियो एउटै हो । फेला परेको तथ्यबाट के प्रमाणित हुन्छ भने पुराना र फरक सन्दर्भका समाचार अंशलाई सन्दर्भ लुकाएर वर्तमान सयमा पोस्ट गरिएको छ, जसले सामाजिक संजाल प्रयोगकर्तामाझ भ्रामक जानकारी फैलाइएको छ ।
नेपाल एयरलाइन्स-एयर इन्डियाको जहाज आकाशमै ठोकिनबाट जोगिएको र काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगलागी भएको जानकारीले भ्रामक जानकारी फैलाएको छ । दाबीसहितको भिडियोमा जोडिएका समाचार अडियोहरुको मूल स्रोत २०७९ मा प्रकाशित पुराना समाचार भएको प्रमाणित हुन्छ । पुराना समाचार अडियोलाई सन्दर्भ लुकाएर वर्तमान समयमा पोस्ट गरिएको पाइयो ।
समाचार,annapurnapost.com
समाचार,onlinekhabar.com
समाचार, ratopati.com
भिडियो, Dainik Nepal
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
June 21, 2026

Aakash Chhetri
January 24, 2025

Aakash Chhetri
November 15, 2024