Tuesday, May 13, 2025

Fact Check

Fact Check: काल्पनिक दृश्यलाई ‘हृदयविदारक’ भन्दै सामाजिक संजालमा पोस्ट गरियो 

Written By Aakash Chhetri
Jan 24, 2025
banner_image

Claim

image

Fact

image

दाबी: हृदयविदारक घटनाका रुपमा प्रस्तुत गरिएको जहाजको भिडियो ।
तथ्य: कम्प्युटर प्रविधिबाट बनाइएको काल्पनिक दृश्यलाई वास्तविक दुर्घटना जसरी सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।

जहाज दुर्घटनाग्रस्त भएको दृश्यसहितको सामग्री सामाजिक संजालमा फेला गरेको छ । उक्त दृश्यलाई दुर्घटनाको हृदयविदारक घटनाका रुपमा प्रस्तुत गरिएको छ ।

Kishor Kc नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा ‘क्वीन अफ स्काई’का रुपमा परिचित बोइङ ७४७ जहाज अवतरण भएको दृश्य जोडिएको छ । साथै उक्त जहाज विमानस्थनमा अनियन्त्रित भइरहेको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘दुर्घटनाको हृदयविदारक भिडियो । एयरपोर्टमा यस्तो अनकन्ट्रोल ।’

प्रस्तुत गरिएको भिडियोलाई १ लाख १४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् । २ हजार ६ सयभन्दा बढी प्रतिक्रिया आइसकेको सामग्री सामाजिक संजालमा फैलिरहेको छ ।

हृदयविदारक घटनाका भन्दै पोस्ट गरिएको भिडियोको वाक्तविकता के हो ? भिडियोको मुल सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

दुर्घटनाको हृदयविदारक भिडियो लेखेर पोस्ट गरिएको दृश्यमा ‘क्वीन अफ स्काई’का रुपमा परिचित बोइङ ७४७ जहाज देख्न सकिन्छ । यही आधारमा हामीले सबैभन्दा पहिले ‘Boeing 747, Emergency Airport Footage’ लगायतका वाक्यांश जाँच गर्‍यौँ । 

जाँचको नतिजास्वरुप थुप्रै भिडियोहरु फेला परे । जसमध्ये bopbibun नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा हाम्रो नजर गयो । १० डिसेम्बर २०२४ मा पोस्ट गरिएको भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा समानता देखिन्छ । तर, फेला परेको भिडियो वास्तविक दुर्घटना भने होइन । 

फेला परेको युट्युब च्यानलमा उडानका सिमुलेशन दृश्यहरु पोस्ट गर्ने गरिन्छ । यस्ता भिडियोहरु कम्प्युटर प्रविधिबाट बनाइएको काल्पनिक दृश्यहरु मात्र हुन् । वास्तविक घटना होइनन् । सोही उडान सिमुलेशनको एउटा दृश्यलाई वास्तविक घटनाजसरी सामाजिक संजालमा पोस्ट गरिएको छ । 

निष्कर्ष

दुर्घटनाको हृदयविदारक घटनाका रुपमा प्रस्तुत गर्दै पोस्ट गरिएको भिडियो वास्तविक दुर्घटना होइन । कम्प्युटर प्रविधिबाट बनाइएको काल्पनिक दृश्यलाई वास्तविक दुर्घटना जसरी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

भिडियो, bopbibun


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage