Sunday, May 18, 2025

Fact Check

Fact Check: के जहाज दुर्घटनाको भिडियो रवि लामिछानेसँग सम्बन्धित छ? 

Written By Aakash Chhetri
Nov 15, 2024
banner_image

दाबी: ‘रवि लामिछानेलाई लिएर उडेको जहाज भैरहवा नपुग्दै के भयो?’, दुर्घटनाका दृश्यहरु । 
तथ्य: रवि लामिछानेसँग असम्बन्धित भिडियोलाई तोडमोड गरी अतिरंजित बनाइएको छ ।    

प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा ‘रवि लामिछानेलाई लिएर उडेको जहाज भैरहवा नपुग्दै के भयो?’ भन्दै केही दृश्यहरु जोडिएको छ ।

It’s News Time नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा धुवा उडेको दृश्य जोडिएको छ । साथै उक्त दृश्यमा जहाज दुर्घटनाग्रस्त भएको स्थल देख्न सकिन्छ । 

१३ नोभेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘एकाएक भर्खरै पोखरा एयरपोर्टबाट रवि लामिछानेलाई लिएर उडेको जहाज भैरहवा नपुग्दै एक्कासी के भयो? यात्रुहरुको चल्यो प्लेनभित्रै रुवाबासी ।’ 

दाबीसहितको सामग्रीलाई करिब ४ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब २ सय पटक सेयर भइसकेको सामग्रीबाट अन्य भिडियोहरु पनि पुनर्उत्पादन गरिएको छ । यस तथ्यांकले के प्रष्ट पार्छ भने आगामी दिनमा दाबीसहितको सामग्रीको फैलावट झनै तिब्र हुनेछ । 

के दाबीसहितको सामग्रीमा जोडिएको दृश्य प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित छ त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने २ कात्तिक २०८१ मा पक्राउ परेका थिए । सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा करिब साढे तीन सातादेखि प्रहरी हिरासतमा रहेका लामिछानेमाथि अनुसन्धान भइरहेको छ । 

अनुसन्धानकै क्रममा रवि लमिछानेलाई कात्तिक २७ (२०२४) मा हवाई मार्गबाट कास्कीको पोखरादेखि रुपन्देही पुर्‍याइएको थियो । सहकारीमा जम्मा भएको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मार्फत् अपचलन गरेको आरोपमा नेपाल प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

यही सन्दर्भमा ‘रवि लामिछानेलाई लिएर उडेको जहाज भैरहवा नपुग्दै के भयो?’ भन्दै केही संवेदनशील दृश्यहरु पोस्ट गरिएको छ । के दाबीसहितको विवरणमा जोडिएका दृश्यहरु रवि लामिछानेसँग सम्बन्धित छन् त ? वास्तविकता पत्ता लगाउन हामीले गुगल लेन्समा रिभर्स इमेज सर्च गर्‍यौँ । 

जाँचको नतिजास्वरुप Everest Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । १५ जनवरी २०२३ मा प्रकाशित उक्त भिडियोमा कास्कीस्थित पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको जानकारी दिइएको छ । फेला परेको भिडियो र रवि लामिछानेलाई जोड्दै सामाजिक संजालमा फैलाइएको दृश्यमा धेरै समानता देख्न सकिन्छ ।   

अर्कोतर्फ ANC 24/7 नामक युट्युब च्यानलमा पोस्ट गरिएको समाचारमा पनि उस्तै दृश्य जोडिएको छ । १६ जनवरी २०२३ मा प्रकाशित उक्त भिडियोको शिर्षकमा लेखिएको छ- ‘Worst aviation disaster in decades’: 68 dead, 4 missing in Nepal plane crash’

फेला परेका तथ्यहरुबाट के प्रमाणित भएको छ भने ‘रवि लामिछानेलाई लिएर उडेको जहाज भैरहवा नपुग्दै के भयो?’ भन्दै केही दृश्यहरु पुराना र फरक सन्दर्भका हुन् । रवि लामिछानेसँग असम्बन्धित दृश्यहरुलाई वर्तमान समयसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । 

निष्कर्ष

२०२३ जनवरीमा कास्कीस्थित पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना हुँदा खिचिएका दृश्यहरुलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो । रवि लामिछानेसँग सम्बन्धित नै नरहेको भिडियोलाई तोडमोड गरी अतिरंजित पारिएको देखियो ।    

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, bbc.com/nepali
भिडियो, Everest Nepal
भिडियो,  ANC 24/7


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage