Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Coronavirus
पछिल्लो समय सामाजिक संजाल टिकटकमा तिहार लगत्तै लकडाउन हुन लागेको दाबी गर्ने भिडियोहरू फैलिरहेका छन्। उक्त भिडियोहरूमा नेपालमा कोभिड-१९ संक्रमण बढेकोभन्दै सरकारले सवारीसाधन संचालनमा रोक लगाउन लागेको दाबी गरिएको छ।
प्रदिप बस्नेत नामक टिकटक प्रयोगकर्ताले आइतबार सडकमा गाडी चलिरहेको भिडियो पोस्ट गरे। भिडियोमा सुनिने अडियोमा नेपालको संघीय राजधानी काठमाडौँमा ‘आज राति ८ बजेदेखि सवारीसाधन चलाउन नपाइने’ दाबी गरिएको छ। भिडियोमा थमनेलसमेत राखिएको छ। भिडियोको थमनेलमा लेखिएको छ,‘तिहार लगत्तै फेरि लकडाउन।’
अहिलेसम्म यो भिडियोमाथि १९ हजार ३ सयभन्दा बढीले रियाक्ट गरिसकेका छन्। त्यस्तै करिब ४ सय टिकटक प्रयोगकर्ताले यो भिडियो सेयर गरिसकेका छन्। भिडियोमाथि आफ्नो मत राख्ने प्रयोगकर्ताको संख्या ६२ छ।
त्यस्तै उही अडियो राखेर आइतबार नै अर्को भिडियो टिकटकमा पोस्ट भएको देखिन्छ। अप्सरा खड्का नामक प्रयोगकर्ताले पोस्ट गरेको यो भिडियोमा हेलिकप्टर उडिरहेको दृष्य देखिन्छ। यो भिडियोमा पनि सवारीसाधन चलाउन रोक लगाइएको दाबी गरिएको सुनिन्छ। यो भिडियोमा करिब ४ हजारले रियाक्ट गरिसकेका छन् भने ८१ जनाले भिडियोलाई सेयर गरिसकेका छन्।
आइतबार राति नै उही दाबी गर्ने अर्को भिडियो टिकटकमा पोस्ट भएको देखिन्छ। यो भिडियो कुनै कोठामा खिचिएको देखिन्छ। तर, माथिका भिडियोहरूमा प्रयोग भएको अडियो नै यो भिडियोमा बजाइएको छ। यो भिडियो टिकटकमा फैलिनेक्रम जारी छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण हेर्ने हो भने पछिल्लो २४ घण्टा थप १४१ जनामा कोभिड-१९ संक्रमण देखिन्छ २ हजार ३३३ जनामा कोभिड परीक्षण संक्रमणको यो तथ्यांक प्राप्त भएको छ। यो तथ्यांकलाई आधार बनाएर हेर्ने हो भने पछिल्लो एक हप्तामा कोभिड संक्रमणदर ह्वात्तै बढेको र घटेको देखिँदैन।
अब रह्यो भिडियोको कुरा, निषेधाज्ञा हुन लागेको दाबी गर्ने भिडियोहरूलाई भ्रामक ढंगले प्रस्तुत गरिएको छ। किनकि सबै भिडियोमा एउटै अडियो राखिएको छ। त्यो अडियो एक टेलिभिजन रिपोर्टको एउटा अंश हो। त्यो पनि अहिलेको होइन, तीन महिना अगाडिको हो।
गत अगस्ट १२ मा न्युज २४ ले तत्कालीन समयमा सवारीसाधन चलाउन रोक लगाइएकोबारे एउटा रिपोर्ट बजाएको थियो। उक्त रिपोर्टमार्फत् कोभिड संक्रमण बढेसँगै राति आठ बजेबाट सवारीसाधन संचालनमा रोक लगाइएको सूचना दिइएको थियो। तर, अहिले त्यतिबेलाको अडियोसहित केही दृष्यहरू राखेर टिकटक बनाइएको छ।
हेर्नुस्, न्युज २४ को त्यो रिपोर्ट :
माथिका तीनवटै टिकटकमा प्रयोग गरिएको अडियो यही समाचारबाट लिइएको हो। तीन महिना अगाडिको यो अडियोलाई तिहारको सन्दर्भ बनाएर फैलाउन कोसिस गरिएको देखिन्छ।
तीन महिनाअघि महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपिएको थियो। अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने त्यतिबेलाको नयाँ निषेध आदेशमा उल्लेख गरिएको छ।
अलग सन्दर्भको अडियोलाई आफ्नो भिडियोमा जोडेर टिकटकमार्फत् भ्रामक सूचना फैलाउन खोजिएको छ। भिडियोहरूमा दाबी गरेजस्तो ‘काठमाडौँ उपत्यकामा आज राति ८ बजेबाट सवारीसाधन चलाउनमा रोक’ लगाइएको छैन। नेपाल सरकारको कुनै पनि निकायले भिडियोमा दाबी गरेजस्तो पछिल्लो समय सवारीसाधन चलाउन नपाइने नियम बनाएको छैन। त्यसैले सामाजिक संजालमा फैलिरहेका यस्ता भिडियोहरू भ्रामक छन्।
टिकटक बनाइएको ‘ओर्जिनल साउन्ड’
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
March 12, 2024
Newschecker And THIP Media
June 2, 2023
Newschecker And THIP Media
September 23, 2022